सरकारी प्रक्रियाले व्यवस्थापनमा ढिलाइ, उधौली चार र पूजा नजिकिदै गर्दा पनि सुधार हुन सकेको छैन
ललितपुर– किरात जातिको उधौली पूजा तिथिमिति अब दुई साता बाँकी छ । काठमाडौं उपत्यकामा रहेका किरातीहरूले सामुहिक रूपमा भेला भएर पुजा गर्ने थलो सानो हात्तीवनस्थित पूजास्थल किरात माङहिम (देवस्थल) क्षेत्र पहिरोले क्षतिग्रस्त छ । गत असोज दोस्रो साता गएको पहिरो अहिलेसम्म व्यवस्थापन गर्ने काम हुन सकेको छैन ।
उधौली चाड नजिकिएसँगै सरोकारवाला समुदायका प्रतिनिधिहरू संस्थागत रूपमा श्रमदानमा जुट्न आह्वान गरेका छन् । वन कार्यालयले धमाधम ढलापडा रुखहरूको विवरण तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । ललितपुर महानगरपालिका २३ वडा कार्यालयले व्यवस्थापनको पहल सुरु गरेको छ ।
यो धार्मिक वन क्षेत्र २ दशमल ३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । किरात समुदायको मागअनुसार नेपाल सरकारले २०५८ सालमा ‘किरात धार्मिक वन’ घोषणा गरेको छ । यस क्षेत्रफललाई चौघेरा पर्खालले घेरिएको छ । धेरे प्रजातिका रुखबिरुवाहरू रहेका छन् । यस थुम्कोमाथि किरात जातिका माङहिम (देवघर) रहेको छ ।
किरात माङहिम व्यवस्थापन समितिले यस क्षेत्रको व्यवस्थापन गर्दै आएको छ । थुम्कोमाथि माङपुजारी बस्ने घर तथा कार्यालय भवन, आफन्तजनका सम्झनामा बनाइएका श्रद्धालु बस्ने फलैचा, चौताराहरू (प्रतिक्षालयहरू) रहेका छन् । थुम्कोमुनि राई जातिको साकेला थान, लिब्जु थान, लिम्बु जातिको तङसिङ सेलाउने थान, सुनुवार जातिको श्याँदर थान, याक्खा जातिको चासुवा थान रहेका छन् ।
थुम्कोमुनि पश्चिम–उत्तरतर्फ मच्छिन्द्रनाथ सवडिभिजन वन कार्यालय रहेको छ । यही कार्यालय र वन क्षेत्र हुँदै सातदोबाटो–गोदावरी सडक मार्ग फैलिएको छ । धार्मिक वन दक्षिणतर्फ निजी घरहरू, अपार्टमेन्टहरू रहेका छन् । सडकको उत्तरतर्फ लिटिल एन्जेल्स स्कुल तथा कलेज रहेको छ ।
गत असोज १० गतेदेखि १२ गतेभित्र देशभरि परेको अविरल वर्षाद् गएको बाढी, पहिरोबाट सानो हात्तीवन क्षेत्र विच्छेद तुल्याएको छ । थुम्कोमाथि रहेका माङहिम वरिपरिका कम्पाण्ड वालका रूपमा बनेका दक्षिणतर्फका प्रतिक्षालयहरू पहिरोले बगाएको छ । उत्तरतर्फ पहिरोले रुखहरू ढालेर सडक अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध आधाजसो रुख र ढुङ्गामाटो पन्छाएर सडक सुचारु राखिएको छ भने वनक्षेत्रको रुख, पहिरो व्यवस्थापन गरिएको छैन । यसैगरी बिजुली, टेलिफोन, इन्टनेटका तारहरू बाटोमै थुप्रिएका छन् ।
वन कार्यालयकी अधिकृत दुर्गा कार्कीका अनुसार यस क्षेत्रको करिब २ हेक्टर क्षेत्रफल क्षतिग्रस्त भएका छन् । चौतर्फी पहिरो गएको छ । यहाँका ६१ वटा ठूला र अग्ला रुखहरू ढलेका छन् । ‘खासगरी आकस्मिक बजेटको अभावले गर्दा ढलापडा रुखहरू र अन्य व्यवस्थापनमा ढिलाइ भइरहेको छ,’ अधिकृत कार्कीले भन्नुभयो, ‘वडा कार्यालयसँग समन्वय गरी डिभिजन कार्यालयमार्फत् प्रदेश मन्त्रालयसम्म प्रक्रिया बढायौं । अहिले गोलिया बनाउने र लगत लिने काम भइरहेको छ । त्यसपछि अब टेण्डर प्रक्रियामा जानुपर्छ । कानुनी प्रक्रिया नपु¥याइ ठूला रुखहरू हटाउन र उठाउन मिल्दैन । त्यसैले केही ढिलाइ भएको हो ।’
वनका कर्मचारीहरू ढलेका रुखहरूको अभिलेखहरू लिइरहेका छन् । मिस्त्रीहरूले रुखको कटान सुरु गरेका छन् ।
किरात माङहिम व्यवस्थापन समितिका अध्यक्ष भिम तावा लिम्बुले वन कार्यालयले कानुनी प्रक्रिया पु¥याउन भनेकाले धार्मिक क्षेत्र व्यवस्थापनमा ढिलाइ भएको बताउनु भयो । ‘धार्मिक क्षेत्रको संरचनाहरू भत्किएका छन् र त्यसलाई पुनःनिर्माण तथा व्यवस्थापन गर्न रुखहरू काट्न, हटाउनु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर वन कार्यालयले कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भन्यो । वडा कार्यालयसँग पनि समन्वय गरेर अघि बढ्ने कोशिसमा छौं ।’
यसैगरी आठवटा किराती जातिको किरात समन्वय समिति रहेको छ । समन्वय समितिको तर्फबाट पहिरोबाट क्षतिग्रस्त धार्मिक क्षेत्र पुनःस्थापनाका निम्ति किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ लिम्बुलाई जिम्मेवारी दिएको छ । ‘बजेटको अभावले तत्काल श्रमदानबाट धार्मिक क्षेत्रको सरसफाइ गर्ने निधो भएको छ,’ सामाजिक संस्थामार्फत् श्रमदानको सूचना जारी गरिएको उल्लेख गर्दै उपाध्यक्ष आङबुङले भन्नुभयो, ‘महानगरसँग बजेटको माग गरेका छौं तर ढिलो हुने भएकाले अहिलेका निम्ति श्रमदानमात्र उपाय रहेको छ ।’
उहाँका अनुसार वन कार्यालयले धार्मिक क्षेत्रका अग्ला रुखहरू सबै काट्ने प्रस्ताव गरेको छ । ‘तर हामीले अग्लालाई आधा–आधामात्र काट्ने, साना रुखबिरुवाहरूको संरक्षण गर्ने भनेका छौं,’ आङबुङले भन्नुभयो । यही मंसिर ३० गते पर्ने उधौली पूजाका निम्ति भने विगतजस्तो धेरै श्रद्धालु र सर्वसाधारणको भिड लाग्न नमिल्ने स्थिति रहेको उहाँको कथन छ ।
सानो हात्तीवनको धार्मिक पृष्ठभूमि
ललितपुर महानगरपालिका वडा नं.२३ कोड्खुखोला नजिकै जंगलले घरिएको सानो थुम्कोलाई सानो हात्तीवन भनिन्छ । सातदोबाटोबाट करिब एक किलोमिटर पूर्वतर्फ रहेको छ । इतिहाविद् मञ्जुल याक्थुम्बाले ‘किरात तीर्थस्थल सानो हात्तीवन’ कृतिमा उल्लेख गर्नुभएअनुसार विसं.१९०५ देखि यहाँ भैरबनाथ पल्टनका किरातीले य?वा अर्थात् उभौलीलगायत अन्य पुजाआजाको सुरुवात गरेका थिए । त्यसयता निरन्तर रूपमा उधौली, उधौली र अन्य अवसरमा समेत पूजाआजा हुने गरेको छ ।
किराती जातिले वैशाख पूर्णिमा उभौली र मंसिरे पूर्णिमालाई उधौली मनाउने गर्दछन् । चाडलाई आ–आफ्नो भाषामा साकेला, चासोक, फोलस्यादर, चासोक तङ्नाम भन्द छन् । वर्षाद् लागस“गै लगाइने नया“ अन्नबाली सप्रियोस् । प्रकृति र पर्यावरण अनुकुल बनोस भनेर प्रकृतिको पूजा गर्दछन् । त्यसैगरी घर–घरमा कुलपित्रीको पूजासमेत गर्दछन् । त्यसैगरी गरी नया“ अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा उधौली चाड मनाउ“दछन् ।
सरकारले २०५८ सालदेखि मंसिरेपूर्णिमा तिथिलाई ‘किरात चाड’ भनेर घोषणा गरेस“गै सम्बन्धित समुदायलाई विदा दिने चलन बसाएको थियो । अघिल्लो गणतान्त्रिक सरकारले विभिन्न चाड कटौती गरेका थियो भने यो पटक पुनः सार्वजनिक विदा घोषणा भएको छ ।
यो संस्कृतिको विशेषता भनेकै सामुहिक स्थलमा भेला भएर नाच प्रदर्शन गर्नु हो । लिम्बूले च्याब्रुङ बजाएर केलाङ नाच्छन् । राईले साकेला नाच्छन् । सुनुवारले श्या“दर सिल नाच्छन् । याक्खाले केलाक्मा नाच्छन् । ढोल, झ्याम्टा, च्याब्रुङ बजाउँदै हात, गोडा, शरीरको हाउभाउ अभिनय गरेर नाचिने नाच अर्थपूर्ण रहेको संस्कृतिविद् तीर्थराज मुकारुङ राई बताउ“नु हुन्छ । ‘हाम्रा पितापुर्खाले सुरु गरेको प्रकृति र पुर्खालाई मुन्दुम विधिअनुसार मानमनितो गर्ने महत्वपूर्ण र अर्थपूर्ण चाड हो,’ उहाँ भन्नुहुन्छ । खोरिया फा“ड्ने, कोदालोले भस्मे खन्ने, अन्नको बिउ छर्ने, माटोले छोप्ने त्यसपछि बिउ उम्रिन्छ । अब गोडमेल गर्ने र पाकेपछि त्यसलाई पितृलाई चढाएर आशिर्वाद माग्ने जस्ता कृषि युगको अभिनय गर्ने गरिन्छ ।
सबै तस्बिरः गणेश राई