कार्ययोजना सहित बिषयगत विज्ञ समिति बनाउँदै अन्तराष्ट्रिय तामाङ भेला सकियो 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ कार्तिक २०८१, सोमवार
कार्ययोजना सहित बिषयगत विज्ञ समिति बनाउँदै अन्तराष्ट्रिय तामाङ भेला सकियो 

विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने तामाङ जातिको उत्थानका लागि गठन भएको अन्तराष्टिय तामाङ परिषदको बिषयगत विज्ञभेला सम्पन्न भएको छ । भेलाले विभिन्न छ वटा विषयगत समिति र समितिको आवधिक कार्ययोजना निर्माण गरेको छ । 

भेलाको समापन समारोहमा जानकारी दिए अनुसार परिषद अन्तर्गत  डा. संग्रामसिंह लामा ल्वोनको संयोकत्वमा साँस्कृतिक पुनउत्थान समिति गठन भएको छ भने दिनेश लो तामाङको संयोजकत्वमा तामाङ साहित्य, कला, संस्कृति तथा इतिहास लेखन समिति बनेको छ । त्यसै गरी अधिवक्ता सोम घलेको संयोकत्वमा तामाङ मानवअधिकार प्रबद्र्धन समिति, अजितमान तामाङको संयोजकत्वमा भाषा, लिपी तथा शिक्षा प्रवद्र्धन समिति, सुदीपा तामाङको संयोजकत्वमा अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र खेन्पो सोनाम ग्युर्मे तामाङको संयोकत्वमा अन्तरराष्ट्रिय तामाङ पञ्चाङ्ग समिति बनेको छ । 

समितिले तामाङ समाजको उन्नयनका लागि आफ्नो - आफ्नो  आवधिक कार्ययोजना पनि निर्माण गरेको छ । कार्ययोजना भेलाले पारित गरेको छ । पारित भएको नीति तथा कार्ययोजना विषयगत समितिले कार्यन्वयनमा लैजानेछ । 

भेलाले तामाङ समाजमा देखिएका कतिपय विवादहरु समाधान गरेको दावी गरेको छ । खास गरेर तामाङ समाजमा भाषा, लिपी तथा धर्मका सवालमा भिन्न भिन्न मत थिए । ती मतहरुलाई एकीकृत गरी साझा र सामुहिक निर्णय गरेको छ । ती निर्णयहरु सबैले पालना गर्नु पर्ने हुन्छ । 

बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्घाटन गर्नू भएको बिषयगत भेला कात्तिक २४ शनिवार सुरु भई आइतबार समापन भएको हो । 

भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले भेलाको निर्णयबाट तामाङ संस्कृति, भाषा, सभ्यता र इतिहासलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नू भएको थियो । उहाँले बागमती प्रदेशले निर्माण गरेको भाषा ऐन कार्यन्वयनको क्रममा रहेको पनि जानकारी दिनु भयो । 

भाषाका कारण तामाङ समाज पछि परेको बताउँदै अव तामाङ भाषा सरकारी कामकाजको पनि भाषा भएकाले अरु समुदायले पनि जान्न आवश्यक रहेको बताउनु भयोे । उहाँले बागमती प्रदेश सभामा तामाङ भाषा अनुवादकको व्इबस्था गरेको जानकारी दिनु हुँदै अन्य सरकारी कार्यलयमा पनि यस्तो व्यबस्था गर्दै लैजाने बताउनु भयो । 

भेलामा नेपाल, भारत, भुटान, बर्मा, संयुक्त राज्य अमेरिका लगायत ९ राष्ट्रका प्रतिनिधिहरुको उपस्थिति थियो भने अन्य १० मुलुकका र परिषदमा सम्बन्धन प्राप्त संस्थाका प्रतिनिधिहरु भर्चुअलमा सहभागी हुनु भएको थियो । 

भेलालाई सम्बोधन गर्दै पूर्ब राजदुत डा. गणेश योन्जनले योजना मात्र बनाएर नपुग्ने बताउँदै तामाङ पहिचानको सवालमा भएका नीतिहरु कार्यन्वयनमा लैजानु पर्नेमा जोड दिनु भयो । 

यसै गरी अन्तराष्टिय तामाङ परिषदका पूर्व अध्यक्ष  परशुराम तामाङले भेलाबाट भएको निर्णय तामाङ समाजले मान्नु पर्ने बताउनु भयो । तामाङहरुको साझा सवालमा भएको सामुहिक निर्णयको उल्लघन भएमा तामाङ समाजको प्रगतिमा ठेस लाग्न सक्ने बताउनु भयो । 

उद्घाटन सत्रमा तामाङ समाज पोर्चुगलका  सल्लाहाकार कुमार तामाङ, अमेरिका न्युयोर्कका अध्यष बुद्धिमान तामाङ, जापानका गिरी बहादुर तामाङ, अखिल भारत बौद्ध संघका सल्लाहाकार राजकुमार तामाङ, मलेसियाका जगत दोङ, यसएइका निशान लामा लगायतले शुभकाना मन्तव्य राख्नु भएको थियो । 

उद्घाटन सत्रमा तामाङ परम्परा अनुसार लामा, बोन्वो र ताम्वाहरुले फरक फरक विधिबाट साङसेरकेम गर्नू भएको थियो । 

नेपाल तामाङ घेदुङका कार्यबहाक अध्यक्ष सन्चु व्लोनको अध्यक्षतामा भएको कार्यक्रममा ल्वोनले स्वागत मन्तव्य राख्नु भएको थियो । 

नेपाल तामाङ घेदुङको व्यबस्थापनमा भएको कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामाले सन्चालन गर्नू भएको थियो । 

प्रतिक्रिया