पोखरामा ‘आदिवासी ज्ञान र एशियाली जनता’ बिषयक सम्मेलन सुरु, दश मुलुकका प्रतिनिधिहरु सहभागी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ असोज २०८१, मङ्गलवार
पोखरामा ‘आदिवासी ज्ञान र एशियाली जनता’ बिषयक सम्मेलन सुरु, दश मुलुकका प्रतिनिधिहरु सहभागी

एशियाली आदिवासी जनजातिको साझा संस्था (एआइपीपी) र नेपाल आदिवासी जनजाति महासंघ समेतको संयुक्त आयोजनामा जलवायु परिवर्तन, जैविक विविधता र आदिवासी अधिकार सम्बन्धी चार दिवशीय ‘आदिवासी ज्ञान र एशियाली जनता’ नामक सम्मेलन पोखरामा सुरु भएको छ । 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले उद्घाटन गर्नू भएको कार्यक्रममा  नेपाल लगायत बंगलादेश, कम्वोडिया, भारत, इन्डोनेशिया मलेशिया, म्यानमार, फिलिपिन, ताइवान, म्यानमार, भियतनाम र थाइलेन्ड सहितका १० मुलुकका आदिवासी संस्थाका प्रतिनिधिहरु र अभियानकर्ताहरु सहभागी हुनु हुन्छ । 

कार्यक्रमको उद्घाटन सत्रमा एआइपीपीका अध्यक्ष कितीसाक रत्नाक्रजनश्रीले स्वागत गर्दै आदिवासीहरुले जैविक विविधताको प्रबद्र्धनमा दिदै आएको योगदानका सम्बन्धमा क्षेत्रीय रुपमा अनुभवको आदान प्रदान हुने बिश्वास व्यक्त गर्नू भयो । उहाँले  जलवायु परिवर्तनका लागि राष्टिय निधारित योगदान, जैविक विविधता सम्बन्धी कार्ययोजना, जलवायु परिवर्तन सम्बन्धी नीतिहरुको समीक्षा र पुनरावोलोकनमा सम्मेलन केन्द्रीत हुने जानकारी दिनु भयो । 

उद्घाटन सत्रमा नै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले एआइप्ीपीको यो सम्मेलनले आदिवासीहरुका संस्थाहरु बीच सहकार्य गर्न सहज हुने बताउनु भयो । उहाँले जैविक विविधता र आदिवासी जनजाति बीचको सम्बन्ध अन्यानाश्रित रहेको टिप्पणी गर्दै धेरै एशियाका सबै आदिवासीको ज्ञान समान भएको बिचार राख्नु भयो । 

कार्यक्रममा एआइएपीपी वातावरण संयोजक लाक्पानुरी शेर्पाले कार्यक्रमको सहजीकरण गर्दै एशियाका आदिवासीहरुका संस्थाहरुले नीति तथा दस्तावेजहरुको निर्माण गर्दै आफनो अधिकारको दावी गरिरहेको बताउनु भयो । 

एआईपीपीका वातावरण अधिकृत पीरवान वोङनिथिस्थापोर्नले जैविक विविधता  रणनीति र कार्ययोजना, राष्टिय निधारित योगदान (एनडिसी) महत्वपूण हुने बिचार राख्नु भयो । 

त्यसै गरी एआइपीपीकै आदिवासी महिला संयोजक सुस्मिता लामाले आदिवासी ज्ञानका सूचकहरु र  कुमिङ मोन्ट्रेयल जैविक विविधता सम्बन्धी विश्वव्यापी  खाकाको अनुगमन प्रणालीका बारे आफनो प्रस्तुति राख्नु भएको थियो । 

चार दिन सम्म जारीरहने सम्मेलनमा  आदिवासीको भूमि, भूभाग र भूक्षेत्रमा भएका स्रोतहरुमा आदिवासीको अधिकार र दावी लगायतका विषयमा संरक्षणविद, वातावरणकर्मीहरु र आदिवासीहरु अधिकारकर्मीहरु बीच गहन सम्वाद भई एक निश्कर्ष निस्कने एआइपीका वातावरण अधिकृत प्रेमसिंह थारुले जानकारी दिनु भयो । 

कार्यक्रममा संरक्षणविद् कमल साम्पाङ राई, बुद्ध घर्ती भूजेज, तुङगभद्रा राइ समेतको प्रस्तुति रहने कार्यक्रम रहेको छ । कार्यक्रमकै क्रममा कास्कीको धम्पुसको सामुहिक भ्रमण गरेर प्रथाजन्य परम्पराका बारे जानकारी लिने कार्यक्रम रहेको छ । 

 

प्रतिक्रिया