नब्बे दिनमा नै पुस्तक तयार गर्ने बालप्रतिभा आकासलाई जयपृथ्वी सम्मान, गायनमा विक पुरस्कृत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ भदौ २०८१, आइतवार
नब्बे दिनमा नै पुस्तक तयार गर्ने बालप्रतिभा आकासलाई जयपृथ्वी सम्मान, गायनमा विक पुरस्कृत

राष्टिय विभूति जयपृथ्वीबहादुर सिंहको १४८औ जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा समाजका संस्थापक प्रा. रामकुमार पाँडेलाई नेपाल बाल साहित्य समाज जयपृथ्वी सम्मान–२०८०“ रामेछापका आकास सुनुवारलाई रसुर्खेतकी प्रिति विकलाई पनि पुरस्कृत गरिएको थियो । 

रामेछाप जिल्लाउमाकुण्ड गाउँपालिका वडानम्बर ४ स्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत आकास सुनुवारको सफलताको कथा नामक कथा र कविता संग्रह प्रकासित रहेको छ । तीन महिनाको अवधिमा १६ कथा र १० कविता रचना गर्न सफल सुनुवारको कथासंग्रह सामाजिक रुपान्तरण नेपाल नामक संस्थाले उमाकुण्ड बाल साहित्य महोत्सवका अवसरमा प्रकासित गरेको थियो । 

यसै गरी सुर्खेत पञ्चपुरीकी कक्षा ४की  प्रिती बिकलाई  गायन तर्फकाृ जयपृथ्वी बालप्रतिभा पुरस्कार समर्पण गरिएको हो ।

पुरस्कार अन्तर्गत जनही नगद  ५ हजार रुपैया  रहेको छ ।  सोही कार्यक्रममा गेहेन्द्रभूषण  पोखरेलीलाई गत वर्ष प्रदान गरिएको  नेपाल बाल साहित्य समाज मुकेश–जनक बालविज्ञान पुरस्कार पनि उहाँकी सुपुत्री प्रतिमा ढुङ्गानालाई हस्तान्तरण गरिएको थियो । 

सो पुरस्कारमा नगद रू १५ हजार पनि रहेकोे छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, समाजका संस्थापक अध्यक्ष प्रा. डा. चूडामणि बन्धु र समाजका अध्यक्ष प्रमोद प्रधानले ती सम्मान र पुरस्कार अन्तर्गतका सम्मान पत्र, दोसल्ला, खादा, माला र नगद समर्पण गर्नुभएको थियो। कार्यक्रममा हिमरश्मि विद्यालयकी छात्रा अपेक्षा बास्तोलाको कथाकृति 'भयको तस्बिर'को लोकार्पण पनि गरिएको थियो । उनी कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । 

कार्यक्रममा कुलपति भूपाल राईले नेपाल बालसाहित्य समाज र प्रज्ञा प्रतिष्ठान मिलेर गत वर्षदेखि रचनात्मक कामहरू भैरहेको बताउनुभयो । उहाँले बालबालिकाका लागि साहित्य क्षेत्रबाट अझै महत्त्वपूर्ण काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, समाजका संस्थापक अध्यक्ष डा. चूडामणि बन्धु, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र समाजका कार्यसमिति सदस्य सुशीला प्रधानाङ्गले जयपृथ्वीबहादुर सिंहको योगदानको चर्चा गर्नुभएको थियो । 

नेपाल बालसाहित्य समाजका उपाध्यक्ष डा. यादेवी ढकालले सम्मानित व्यक्तित्व एवम् पुरस्कृत बालप्रतिभाहरूबारे जानकारी दिनुभएको थियो ।

नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले संचालन गर्नुभएको कार्यक्रममा समाजका सचिव डा. विष्णु केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत बालप्रतिभा आकाश सुनुवारले कविता र प्रीति विकले गीत प्रस्तुत गर्नू भएको थियो । 

प्रतिक्रिया