बागमती प्रदेशले राख्यो तामाङ र नेपाल भाषाको अनुवादक, भाषा ऐन कार्यन्वयन गर्दे जाने 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ भदौ २०८१, आइतवार
बागमती प्रदेशले राख्यो तामाङ र नेपाल भाषाको अनुवादक, भाषा ऐन कार्यन्वयन गर्दे जाने 

बागमती प्रदेशले पारित गरेको भाषा ऐन कार्यन्वयन गर्न प्रदेश संसदमा भाषा अनुवादकको व्यवस्था गरेको छ ।  बागमती प्रदेश सरकारले पहिलो चरणमा संसदीय गतिविधिलाई तामाङ र नेपाल भाषामा समेत अनुवाद गर्न अनुवादकको व्यबस्था गरेको हो  

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तामाङ पत्रकार संघले राजधानीमा आयोजना गरेको तामाङ मिडिया अवार्ड वितरण समारोहलाईं सम्बोधन गर्दै सो जानकारी दिनु भएको हो । बागमती प्रदेश सभाले पारित गरेको भाषा ऐन २०८१ बैशाख २४ गतेबाट लागु भएपछि सो विधेयक कार्यन्वयनका क्रममा बागमती प्रदेश सरकारले सो व्यबस्था गरेको हो । 

बागमती प्रदेशले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाउन गरी भाषा ऐन जारी गरी अहिले कार्यन्वयनको चरणमा रहेको छ । 

नेपाली भाषा बाहेक प्रदेश भित्र बहुसंख्यंक जनताले बोल्ने भाषाको संरक्षण, सम्बद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउने उद्देश्यका साथ सो ऐन ल्याइएको हो ।

बागमती प्रदेशले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाउन गरी भाषा ऐन जारी गरी अहिले कार्यन्वयनको चरणमा रहेको छ । 

सो भाषा ऐन अनुसार बागमती प्रदेश सरकारको नियमन क्षेत्रभित्र रहेका सरकारी निकाय, सार्वजनिक संस्था तथा प्रतिष्ठान लगायतमा सो भाषालाई सरकारी कामकाजमा प्रयोग हुनेछ । 

यो ऐन कार्यन्वयनमा आए पछि प्रदेश भित्रका सबै सरकारी दस्तावेजहरु तामाङ र नेपाल भाषामा अनुवाद गरी अभिलेखिकरण र दस्तावेजीकरण गरिनु पर्ने व्यवस्था गरिएको छ ।  

प्रदेश सरकारले राजपत्र प्रकासित गर्दा नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषामा समेत प्रकासन गर्नू पर्ने यो ऐनमा उल्लेख छ । 

प्रदेश सभाबाट पारित विधेयकका अनुसार अव सरकारले तामाङ र नेपाल भाषाको व्यवारिक र प्रभावकारी बनाउन भाषा संरक्षण र प्रबद्र्धनका कार्यक्रम सन्चालन हुने छन् । यसका साथै भाषा प्रयोग गर्नका लागि मानकीकरण, स्तरीकरण, आधुनिकीकरण र व्यबस्थित बनाउन कम्प्युटर प्रोग्राम, उपकरण तथा भाषा अनुवादजस्ता प्रविधि र उन्त्रको समेत व्यबस्था गर्नू पर्ने हुन्छ । 

प्रदेश सकारले भाषाको प्रयोगलाई बढाउन विज्ञ समूह गठन गर्नू पर्नेमा त्यस्तो समिति भने गठन गरिएको छैन । 

तामाङ सञ्चारकर्मीहरुको संस्था तामाङ पत्रकार संघले सञ्चारकर्मी द्वय राजु स्याङ्तान र शान्ति लामा वाइवालाई २०८१को तामाङ मिडिया अवार्ड प्रदान गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री लामाले राजधानीमा आयोजित एक कार्यक्रमका बीच सो अवार्ड प्रदान गर्नू भएको हो । 

नयाँ पत्रिका दैनिकमा समाचार सम्पादक स्याङतानले आदिवासी तामाङको पक्षमा लेख रचना तथा कविता र नाटक लेखन मार्फत समुदायलाई बिशिष्ट योगदान दिएको हुँदा सो पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक लक्ष्मी रुम्वाले जानकारी दिनु भएको छ ।  

प्रदेश सभाबाट पारित विधेयकका अनुसार अव सरकारले तामाङ र नेपाल भाषाको व्यवारिक र प्रभावकारी बनाउन भाषा संरक्षण र प्रबद्र्धनका कार्यक्रम सन्चालन हुने छन् ।

यसै गरी नेपाल टेलिभिजनमा कार्यरत शान्ति लामा वाइवा एक जुझारु र समूदाय प्रति प्रतिबद्ध पत्रकार रहेकाल े छनौट गरिएको बताइएको छ ।  दुवैलाई नगद पुरस्कार सहित अवार्ड प्रदान गरिएको छ ।

अवार्ड ग्रहण पछि सन्चारकर्मी स्याङतानले अवार्ड प्राप्तीले आफूलाई प्रोत्साहन भएको विचार राख्नु भयो । 

सोही समारोहमा मूख्य मन्त्री लामालाई तामाङ पत्रकार संघले अभिनन्दन गरेको छ । नेपालको शासकीय संरचनामा मूख्यमन्त्री हुने पहिलो व्यक्तिका रुपमा बहादुर सिंह लामा नियुक्त भएकोमा खुशी व्यक्त गर्दे संघले सो अभिनन्दन गरेको हो । 

अभिनन्दन पछि तामाङ भाषामा बोल्नु भएका मूख्यमन्त्री लामाले संघीय तहमा अवसर पाउन कठिन रहेको बिचार राख्दै प्रदेश तहको जिम्मेवारीबाट तामाङ लगायत आदिवासी समुदायमा आएको उत्साह सुखद भएको बताउनु भयो । 

उहाँले कतिपय आदिवासी जनजाति र तामाङ समुदायका प्रतिनिधिहरु आफुलाई भेटन आएको बताउँदै उहाँहरुको कुरा सुनेर आफनो आँशु झरेको कथा पनि सुनाउनु भएको थियो । 
आफनो सम्बोधनका क्रममा उहाँले यो अवसरलाई सफल बनाउन समुदायको सहयोगको अपील पनि गर्नू भयो । 

तामाङ पत्रकार संघका अध्यक्ष सुवास योन्जनले अध्यक्षताको आसनबाट  नवनियुक्त मुख्य मन्त्रीको कार्यकालको सफलताको कामना गर्दै संघको कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया