भोजपुर शेर्पा समाज किदुग र स्तुपा अस्पतालबीच सम्झौता

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ साउन २०८१, बुधवार
भोजपुर शेर्पा समाज किदुग र स्तुपा अस्पतालबीच सम्झौता

भोजपुर शेर्पा समाज किदुग र चुच्चेपाटीमा रहेको स्तुपा अस्पतालबीच सम्झौता भएको छ । बुधबार किदुग र अस्पतालबीच सम्झौता गर्दै अस्पतालमा शेर्पा समाज किदुगको सदस्य तथा भोजपुर जिल्लाबाट बिरामी भई उपचारका लागि काठमाण्डौँ आउने विरामीहरुले विशेष छुटको साथ उपचार गर्न पाउने उल्लेख गरेको छ ।

स्तुपा अस्पतालमा उपचारका लागि किदुगका सदस्य र उनीहरुको परिवार तथा किदुकको सिफारिसमा भोजपुर जिल्लाबाट राजधानी आएको बिरामीको केही प्रतिशत छुट सहित उपचार हुने छ ।

स्तुपा सामुदायिक अस्पतालमा सेवा लिन आउने भोजपुर जिल्लाका  बिरामीहरु र किदुगका सदस्यहहरुले किदुगबाट दिएको सदस्य कार्डमार्फत विभिन्न सेवामा विशेष छुट पाउने किदुगका अध्यक्ष वाङचु शेर्पाले जानकारी दिनुभयो ।

किदुकको अध्यक्ष वाङचु शेर्पा  र स्तुपा सामुदायिक अस्पतालको निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गर्नुभएको करारनामामा  ओ. पि. डि. २५% , Investigation  २५%Surgery and other Procedures  १५% र  बेड चार्ज २५% छुट सहति उपचार सेवा लिन पाउने भएको हो ।

आर्थिक अवस्था कमजोर भएका जो कोहीले पनि सहुलिय दरमा उपचार गर्न पाउनु पर्छ भन्ने उद्देश्यले यो सम्झौता गरेको स्तुपा सामुदायिक अस्पतालको निर्देशक डा. पेम्बा लामाले बताउनुभयो ।

भोजपुर शेर्पा समाज किदुकको सदस्यहरु बिशेष गरेर काठमाडौंको बौद्ध, जोरपाटी, चाबहिल र कपन आसपासका क्षेत्रहरुमा बसोबास गर्ने र स्तुपा सामुदायिक अस्पताल यी स्थानहरुमा बसोबास गर्ने सदस्यहरुको लागि पायक पर्ने स्थानमा रहेको  हुनाले पनि यो स्तुपासंग सहकार्य गरेर अगाडी बढेको किदुगका सचिव प्रजिना चौहान शेर्पाले बताउनुभयोे । 

भोजपुर जिल्लाबाट राजधानी आई बसोबस गरेको शेर्पा समुदायले सुख दुखमा साथ दिने उदेश्य सहित स्थापना भएको यस किदुगले शेर्पा समुदायमा विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ ।

प्रतिक्रिया