सम्पादक विष्णु तामाङसहित ६ जना पत्रकारलाई फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ साउन २०८१, बुधवार
सम्पादक विष्णु तामाङसहित ६ जना पत्रकारलाई फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले स्थापना दिवसको अवसर पारेर आदिवासी जनजाति पत्रकारलाई सम्मान र पुरस्कार वितरण गर्ने भएको छ । 

फोनिजले हरेक बर्ष श्रावण २७ गते स्थापना दिवसका दिन पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष फोनिज स्थापनाको २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत बर्ष समारोहमा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ छनौट सम्बन्धी निर्णय सार्वजनिक गरिएको छ । 

फोनिजले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट  छापा पत्रकारिता तर्फ प्रभाव दैनिकका सम्पादक विष्णु तामाङलाई पुरस्कृत गर्ने बताएको छ । त्यसैगरि अनलाईन, रेडियो र टेलिभिजनमा कार्यरत पत्रकारहरुमध्यबाट कास्कीका गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ र ईलामका सटेन्द्र जबेगुलाई दिने निर्णय भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का कार्यवहाक महासचिव समिर बलामीले जानकारी दिनुभएको छ । 

यसैगरि राष्ट्रिय पत्रकारिता सम्मानबाट विजयरत्न तुलाधारलाई र नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई सम्मनित हुने भएको छ । फोनिज मातृभाषा पत्रकारिता दाङबाट प्रकाशन हुने थारुभाषाका साप्ताहिक पत्रिका लौव अग्रासनलाई सम्मान गर्ने भएको छ । 

फोनिज राष्ट्रिय पत्रकारिता सम्मानमा नगद राशी पुरस्कार रु. २५,०००।– (पच्चिस हजार) र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारमा नगद राशि रु. २०,०००।– (बीस हजार) रहेको छ । 

प्रतिक्रिया