३० औँ विश्व आदिवासी दिवसको मूल समारोहमा प्रधानमन्त्री ओली सरिक नहुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ साउन २०८१, सोमवार
३० औँ विश्व आदिवासी दिवसको मूल समारोहमा प्रधानमन्त्री ओली सरिक नहुने

३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिने मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुननसक्ने  भएको छ । कार्यव्यस्थताका कारण समारोहमा सरिक हुन नसकेको खबर प्राप्त भएको नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राइले बताउनु भयो । तर नेपाल सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरु भने मूल समारोहमा प्रमूख बक्ताका रुपमा सहभागी हुने महासचिव राइले जानकारी दिनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघले साउन २५ गते अर्थात अगस्ट ९ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मूल समारोह आयोजना गर्ने गरी तयारी पुरा गरेको छ ।  कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्व गुरुङ, रक्षा मन्त्री मान वहादुर राई लगायतको सहभागिता हुने सुनिश्चित भएको महासचिव राइले बताउनु भयो ।

सोमबार महासंघको संघिय कार्यलयमा आयोजित पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको तयारी लगभग पुरा भएको बताउनु भएको छ । उहाँले कार्यक्रमको रुपरेखाबारे जानकारी दिदै साँस्कृतिक झाँकी सहितको र्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मूल समरोहमा परिणत हुने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघले ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष, संरक्षित र स्वायत्त क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मुल नाराका  सहित सप्ताव्यापी कार्यक्रमको समेत तालिका सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनकै क्रममा संबोधन गर्नुहुँदै महासंघका अध्यक्ष गेल्जे शेर्पाले यस वर्षको विश्व आदिवासी दिवस संविधानप्रद्धत्त आदिवासीका अधिकार प्राप्तीका लागि मनाउने बताउनुभयो । उहाँले महासंघले स्थानिय, प्रदेश र संघमा समेत संविधानमा भएका आदिवासीका अधिकारहरु ऐन बनाई लागु गर्न दबाव दिने बताउनु भयो ।

सोही अवसरमा बोल्नुहुँदै महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले संयुक्त राष्ट संघले घोषणा गरेको भाषा दशकका सम्बन्धमा महासंघ लगायत आदिवासी जनजाति अयोग, भाषा आयोग र विभिन्न भाषासम्बन्धि काम गरिरहेका संघसंस्थाको समन्वयमा सरकारलाई कार्ययोजना बनाउन झक्झकाई रहेको जानकारी दिनुभयो । संयुक्त राष्ट संघले सन् २०२२ देखि २०३२ सम्मलाई आदिवासीको भाषा दशकको रुपमा घोषणा गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले सरकार आदिवासी मातृभाषाका सम्बन्धमा कार्ययोजना बनाउन बेवास्ता गरिरहेका कारण भाषा दशकको दुईवर्ष पुग्दा समेत कामकार्य अगाडी बढाउन कठिनाई भएको बताउनुभयो । भाषा दशकका सम्बन्धमा महासंघले सरकारमा पहल गरिरहेने उहाँले जोड्नुभयो ।

आदिवासी दिवस हरेक वर्षको अगस्ट ९ मा विश्वभरका आदिवासी समुदायले  भव्यताका साथ मनाउने गरिन्छ ।  संयुक्त राष्ट्रसंघले ९ अगस्ट १९९४, का दिनलाई विश्व आदिवासी दिवस घोषणा गरेबाट विश्वभरका आदिवासीले यो दिवश मनाउँदै आएको हुन् ।

संयुक्त राष्ट्र संघले भने Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact अर्थात ‘स्वेच्छीक रुपमा राज्यबाट अलग  र प्रारम्भिक सम्पर्कमा रहेका आदिवासी जनजातिको अधिकारको संरक्षण’ भन्ने नारा अघि सारेको छ ।  

 

प्रतिक्रिया