संयुक्त राष्ट्रसंघमा आदिवासी आयोगका अध्यक्ष थापाको सम्बोधन 

Admin
Admin२९ असार २०८१, शुक्रवार
संयुक्त राष्ट्रसंघमा आदिवासी आयोगका अध्यक्ष थापाको सम्बोधन 

आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले नेपालको शासन प्रणाली उदार रहे पनि राज्य संयन्त्रमा आदिवासी जनजातिको प्रतिनिधित्व अपेक्षित हुन नसकेको बताउनु भएको छ । जेनेभामा जारी रहेको आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय विज्ञ समूहको १७ औ सभामा नेपालको तर्फबाट सम्बोधन गर्दे थापाले सो धारणा राख्नु भएको हो । 

उहाँले आदिवासी जनजातिका लागि विशेष, स्वायत्त र संरक्षित क्षेत्रका लागि सर्वोच्च अदालतले कानुन बनाउन निर्देशात्मक आदेश दिए पनि कार्यन्वयन हुन नसकेको बताउनु भयो । यसैकारण राज्य संयन्त्रमा आदिवासी जनजातिको प्रतिनिधित्वमा उल्लेखनीय प्रगति हुन नसकेको उहाँको भनाइ थियो । 

नेपालमा समावेशी नीतिहरू प्रभावकारी हुन नसकेको बताउँदै, आदिवासी जनजातिको स्वायत्त क्षेत्रको अधिकार सुनिश्चित गर्न, उनीहरूको अधिकारको ज्ञानमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघबाट सहयोगको अपेक्षा दोहो¥याउनु भयो । 

अध्यक्ष थापाले संयुक्त राष्ट्र संघका विभिन्नसंयन्त्रहरूमा आदिवासी जनजातिहरूको सहभागिता सुनिश्चित गर्ने उपायहरू खोज्न पर्ने सुझाव पनि दिनु भएको छ । 

उहाँले संयुक्त राष्ट्रसंघीय विज्ञ संयन्त्रले अन्तर–क्षेत्रीय आदिवासी जनजाति आयोगका प्रतिनिधिहरूको ककस गठन गर्ने सम्भावनाको अध्ययन गर्न सकिने र यसबाट संयुक्त राष्ट्र र यसको प्रणालीमा आदिवासीहरुको सहभागिता सुनिश्चित गर्न सकिने बताउनु भएको छ । 

उहाँले आदिवासी जनजातिहरूको लामो सङ्घर्षपछि  प्राप्त भएको नेपालको संविधानले आदिवासी जनजातिको अधिकारको संरक्षण र प्रबद्र्धधनका लागि आदिवासी जनजाति आयोग गठन भएको र आयोगको संविधान, अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणापत्रद्वारा प्रचलित आदिवासी जनजातिको अधिकारको कार्यान्वयन स्थितिको अनुगमन गर्ने र तिनको उचित कार्यान्वयन सुनिश्चित गर्न तीनै तहका सरकारहरूलाई दबाब दिने कार्यदेश भएको स्मरण गराउनु भएको छ ।

आदिवासी जनजातिको अधिकारको कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक नीति, कानून र नियमावली तर्जुमा गर्न सरकारलाई सिफारिस गर्ने, र आदिवासी जनजातिको सर्वाङ्गीण विकासका लागि कार्यक्रम र कार्ययोजनाको तर्जुमा र त्यसलाई समावेश गर्न सरकारलाई सल्लाह दिने काम रहेको धारणा राख्नु भएको छ । 


 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin