कुलुङ भाषाको गीत लेखन प्रतियोगिता संचालन हुँदै

Admin
Admin१४ जेठ २०८१, सोमवार
कुलुङ भाषाको गीत लेखन प्रतियोगिता संचालन हुँदै

कुलुङ भाषाको गीत लेखन प्रतियोगिता संचालन हुने भएको छ । किराँती पर्व उभौलीको अवसरमा गीत लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

किराँत कुलुङ समाज दक्षिण कोरियाको आयोजनामा हुनगईरहेको प्रतियोगितामा भाग लिनका लागि रचनाकारहरुले लेखेको गीतको शब्द एक प्रति र सो गीत वाचन गरिएको भिडियो ईमेल वा वाट्स एपबाट आयोजकलाई पठाउनु पर्नेछ ।

आयोजकको फेसबुकमा राखिएको गीतको भिडियोमा दर्शकले दिएको मतलाई पनि मान्यता दिने गरि तयारी गरिएको कुलुङ समाज दक्षिण कोरियाका अध्यक्ष मानुहाङ किराँतीले जानकारी दिनुभयो । उहाँले दर्शकले दिएको भ्युजलाई ३० पुर्णाङ्क र बाँकी ७० प्रतिशत निर्णायकहरुको मुल्याङ्कनको आधारमा नतिजा तयार गरिने बताउनुभयो । 

गीत २०८१ असार १८ गतेसम्ममा पठाईसक्नु उल्लेख गरिएको छ ।प्रतियोगीतामा पहिलो हुनेले प्रमाणपत्र सहित नगद ५० हजार, दोश्रो हुनेले ३० हजार, तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरस्कार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin