नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ शेर्पाको उम्मेदवारी

Admin
Admin१६ फागुन २०८०, बुधवार
नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ शेर्पाको उम्मेदवारी

नेपाल  शेर्पा विद्यार्थी संघको १४ औं राष्ट्रिय महाधिवेशन यहि मिति २०८० चैत्र १० गते सम्पन्न हुनगइरहेको छ । शेर्पा विद्यार्थीहरुको साझा संगठन नेपाल शेर्पा विद्यार्थी संघको १४ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारमा रहनुभएका छिरिङ शेर्पा आफ्नो  एजेन्डा र घोषणापत्र सार्वजनिक गर्नुभएको छ । 

टशिदेले, म छिरिङ शेर्पा ,नेपाल शेर्पा विद्यार्थी संघ १४ औं राष्ट्रिय महाधिवेशन मुल आयोजक कमिटि सह–संयोजक एवं संगठन विस्तार प्रमुख हुँ । म यस संस्थामा तीन कार्यकालदेखि सदस्य , सचिव हुँदै उपाध्यक्ष भई निरन्तर रुपमा शक्रिय छु । साथै यहि चैत्र १० गते हुनगइरहेको १४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दछु । 
मेरो विवरण :
नाम: छिरिङ शेर्पा  
स्थायी ठेगाना: पाँचपोखरी थाङ्पाल गा.पा–०२, बरुवा,रिपार,सिन्धुपाल्चोक  
अध्ययन: 𝐵𝐴𝑆𝑊 स्नातक तेश्रो वर्षमा अध्ययनरत  

संघका श्रद्वेय अध्यक्ष श्री पासाङ शेर्पा ज्यूले युके प्रस्थान संगै मलाई कार्यबाहक दिनुभएपछि कार्यसमितिले गरेका सफल कार्यक्रमहरुः 

१) समानन्तर कमिटिद्वारा जिल्ला प्रशासन कार्यलय र  त्यहाँबाट सम्बोधन नभएपछि उच्च अदालत पाटनमा संघ ,संघका अध्यक्ष पासाङ शेर्पा र सम्पूर्ण निर्वाचन मन्डलका सदस्यहरु विरुद्व दायर गरिएको मुद्वा डिफेन्सको लागि अहोरात्र खटाइपछि झन्डै ६ महिना भन्दा बडि समय र उर्जा खर्च गरि रिट खारेज गर्न सफल र संघलाई दुर्घटना बाट जोगाउन सफल भएको । 

२)ल्होसार साँझ २०७९ मास्टर डिग्री सम्मान सहित भब्यताका साथ सम्पन्न गरीएको । 

३) बैशाख १ गते नयाँ वर्षको अवसरमा पुरानो लुङ्ता ब्यबस्थापन ,नयाँ लुङ्ता अर्पण र वातावरण सरसफाई कार्यक्रम  सफलतापुर्बक आयोजना गरिएको ।

४) संघको आधिकारिक वेभसाइट www.sherpastudentassociation.org निर्माण गरिएको । 

५) साका दावाको अवसरमा बौद्व परिसरमा धर्मवालम्बीहरुको लागि निशुल्क जुस तथा पानी वितरण गरिएको । 

६) See Felicitation, ±2 &Bachelor Motivation, Career Counselling 2080 | Smart Presentation सहित डिजिटलाइज गरि सम्पन्न गरिएको ।

७) ३ दिने निशुल्क शेर्पा सिलि नृत्य प्रशिक्षण सम्पन्न गरिएको । 

८)  जोरपाटी स्थित बुद्व एकेडेमीमा अध्ययनरत  हिमाली दुर्गम क्षेत्रका बालबालिकाहरुलाई खाद्यान्न समस्या भइ सहयोगको अपिल आएपछि खाद्यान्न सहयोग गरिएको । 

९) शेर्पा समुदायको इतिहासमाथी धावा बोल्ने सांसद मा.रघुजि पन्तको गलत अभिव्यक्तिको विरोध एवं माइतीघर मन्डलामा शेर्पा समुदायको बृहत्  भेला गरि विरोध सभा आयोजना गरेको । 

१०) Climate Change & Its Impact in the Himalayan Region of Nepal विषयमा अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको । 
११) इत्यादि .....

१४ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिँदै गर्दा मेरो एजेन्डाहरुः

१) महाधिवेशन पश्चात  प्रशिक्षण कार्यक्रम, वर्कशप, क्षमता विकास तालिम
जिल्ला कार्यसमिति र इकाई समितिसँग छलफल गर्दा प्रशिक्षण र तालिमको अभावक कारण  कार्सयमिति कृयशिल हुन नसकेको कुरालाई मध्यनजर गर्दै केन्द्रिय महाधिवेशन पश्चात पहिलो कार्यक्रम प्रशिक्षण तालिम  गरिनेछ जसमा संस्थागत विषयबस्तु, बैठक सञ्चालन ,माइनुट लेखन , प्रस्तावना लेखन, प्रतिवेदन लेखन , औपचारीक कार्यक्रम सञ्चालन गर्ने तरिका, स्थानीय सरकारका विभिन्न शिर्षकका बजेटमा कसरी पहुँच बडाउने तरिका, ब्यक्तित्व विकास, टिम बिल्डिङ एक्टिभिटी , इत्यादी । यसको लागी प्रत्येक जिल्लाबाट अध्यक्ष ,कोषाध्यक्ष , सचिव र २ जना सदस्य गरि ५ जना प्रत्येक जिल्लाबाट र क्याम्पस इकाई गरि १५० जना शेर्पा विद्यार्थीहरुलाई काठमाडौंमा आमन्त्रण गरिनेछ । साथै आवत जावत गाडी भाडा सहित खाना बस्नको ब्यबस्था गरिनेछ । 

२) नेपाल शेर्पा विद्यार्थी संघको नाममा ३ करोडको अक्षयकोष खडा गर्ने 
नेपाल शेर्पा विद्यार्थी संघको हरेक गतिविधि एवं कार्यक्रमहरु प्रभावकारी ढङ्गले दिगोरुपमा सञ्चालन गर्न र संघलाई आत्मनिर्भर बनाउन ६ महिना भित्र ३ करोडको अक्षयकोष खडा गर्ने । अक्षयकोष निर्माणको लागी संघका पुर्व अध्यक्ष,पदाधिकारी ,सल्लाहकार र समुदायका अभिभावकज्यूहरुसंग सहकार्य गर्ने । 

अक्षयकोषको ब्याज रकमको ६०% लोकसेवा सम्बन्धि कार्यक्रम र लोकसेवा पड्ने विद्यार्थीहरुको लागि लगानी गरिनेछ  भने ४०% ब्याज सिपमुलक तालिम जस्तै बारिष्टा(कफि मेकिङ), बेसिक एडबान्स कम्प्युटर कोर्स, मोबाइल मर्मत तालिम, मोटरसाइकल ड्राइभिङ ,ट्याक्सि ड्राइभिङ, ग्राफिक डिजाइनिङ कोर्स, इलेक्ट्रिसियन, प्लम्बिङ, बिउटिसियन,Rj/VJ, फोटोग्राफि, भिडियो इडिटिङ, कुक लगायत अन्य तालिममा लगानी गरिनेछ । 

लोकसेवा सम्बन्धि सचेतनाको लहर कार्यक्रम पुर्वदेखि पश्चिम र तराई देखि हिमाल सम्मका  शेर्पाको बसोबास रहेका प्रत्येक  जिल्ला भित्रका प्रत्येक स्थानीय तह भित्रका प्रत्येक वार्ड भित्रका प्रत्येक टोल–टोेलमा पुर्याउने ।

३) खेलको माध्यमबाट शेर्पा विद्यार्थीहरु संगठित गर्ने ,विभिन्न इनडोर र आउटडोर खेल प्रतियोगिताहरु आयोजना गर्ने र शेर्पा खेलाडीहरुलाइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने । 

४) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छात्रवृत्तिको लागि विभिन्न निकायमा पहल गरि शेर्पा विद्यार्थीहरुुलाइ शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने ।

५) NeSSA Podcast सञ्चालन गर्ने जसमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका शेर्पा विद्यार्थी, युवा, ब्यबसायी, उद्योगी, बौद्विक ब्यक्तित्व इत्यादीको अनुभव र कथालाई समेटिने र जगरुक र उदाउँदो युवा , विद्यार्थी एवं प्रतिभालाई समेत प्रोत्साहन गरिनेछ । 

६) शेर्पा विद्यार्थी संघको  वेभसाइटलाई  थप ब्यबस्थित गरि सुचना आदानप्रदानलाई थप शक्रिय बनाइनेछ । साथै जागिर खोजिरहेका शेर्पा विद्यार्थी र शेर्पा उद्योगपति /ब्यबसायीलाई जोड्नको लागी वेभसाइटमा “ Job Bank “ राखिनेछ । 

७) केन्द्र देखि, प्रदेश देखि, जिल्ला देखि, स्थानीय तह देखि,वडा देखि, टोल–टोल सम्म, संगठन विस्तार गरिनेछ ।

८) विज्ञहरुसंग सहकार्य गरि ILO 169, आदिवासी अधिकार ,शेर्पा लुङ ,लगायतका विभिन्न विषयबस्तु उपर गोष्ठी , छलफल एवं अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिनेछ । 

९)  नेपाल शेर्पा विद्यार्थी संघको फेसबुक ,इन्स्टाग्राम ,युट्युब र वेभसाइट प्रयोग गरि NeSSA Bulletin प्रकाशनमा ल्याउने । 

१०) राष्ट्रिय अन्तरास्ट्रिय विभिन्न फाउन्डेसन र एन.जि.ओ संग सहकार्य गरि कार्यक्रम आयोजना गर्ने । 

११) आर्थिक साक्षरता र आर्थिक स्वतन्त्रता सम्बन्धि तालिम सञ्चालन गर्ने जस्तै  शेयर मार्केटमा लगानी  लगायतको विषय समेटि बित्तीय साक्षरता सम्बन्धी सचेतना ।

१२) महङ्गिदै  गइरहेको शेर्पा संस्स्कार, संस्कृति बारे विभिन्न शेर्पा संघसंस्था, किदुगहरुसंग छलफल,गोष्ठी आयोजना गर्ने । 

१३) शेर्पा विद्यार्थी संघले समुदायका, जिल्लास्तरीय,पालिका स्तरिय,वडा स्तरिय एवं टोल स्तरिय,प्रवास स्तरिय  विभिन्न संघसंस्था एवं किदुग संग प्रगाड सम्बन्ध स्थापित गरि सहकार्यमा कार्यक्रमहरु गर्ने । 

१४) प्रवास सम्पर्क समितिलाई थप विस्तार गर्दै विभिन्न देशमा उच्च शिक्षाका लागि जाने शेर्पा विद्यार्थीहरुलाई आइपर्ने समस्या समाधान गर्न  थप कृयाशिल बनाउने ।

१५) केन्द्रीय कार्यलय दैनिक रुपमा सञ्चालनमा ल्याउने । विद्यार्थीहरुलाई अनलाइन फारम, लोकसेवा फारम भर्न ,  आवश्यक सिफारिस प्रदान गर्न कृयशिल रहने । 

१६) संघको केन्द्रीय कार्यलय नारायणटार अफिस बाहिर सुझाव पेटिका र एचयदझि द्यबलप राख्ने र विद्यार्थीहरुको समस्या बुझि समाधानको लागि प्रयत्न गर्ने । 

१७) मानसिक स्वास्थ्य, मोटिभेशन, स्ट्रेस रिलिफ सम्बन्धि वर्कशपहरु आयोजना गर्ने । 

१८) शेर्पा विद्यार्थी र युवाहरुको महिनामा कम्तिमा २ चोटी अन्तरक्रिया छलफल, आइडिया र अनुभव साटासाट गर्नको लागी 
"Sherpa Social Club"  को अवधारणा अगाडि सार्ने ।  सोको लागि संघले चिया, खाप्सेको ब्यबस्था गर्ने र स्थानको लागि नेपाल शेर्पा संघको हलको लागि संघसंग सहकार्य गर्ने । 

१९) “Sherpa Idea Bank" को अवधारणा अगाडि सारी शेर्पा लगानिकर्ता र उद्दमि बन्न चाहाने शेर्पा युवा / विद्यार्थीलाई एकै मन्चमा उतारी आवश्यक सहयोग गर्ने । 

२०) देशमा र विभिन्न  मुलुकमा छरिएर रहेका शेर्पा समुदाय र विद्यार्थीहरुको तथ्यांक संकलन गर्ने ।

२१) नेपाल शेर्पा विद्यार्थी संघको केन्द्र ,जिल्ला, विश्वविद्यालय कमिटि ,अन्य इकाईका संस्थापकज्यूहरु, पुर्व कार्यसमिति,पदाधिकारीहरु, सदस्यहरुलाई एकताको सुत्रमा बाँध्न “Nepal Sherpa Student Association Alumni“ गठन गर्ने । 

२२) लोक सेवा आयोग पास गरि विभिन्न सेवामा रहेका शेर्पाहरुलाई संगठित गर्नको लागि फोरम निर्माण गर्ने । 
क्रमश तपाईहरुको सुझावहरु.....
नेपाल शेर्पा विद्यार्थी संघ सम्पूर्ण शेर्पा विद्यार्थीहरुको छाता संगठन हो । शेर्पा विद्यार्थी ,युवा ,समुदायलाई कुन दिशातर्फ डोर्याउने भन्ने कुरा अबको नेतृत्वमा निर्भर छ ।
नेपाल शेर्पा विद्यार्थी संघ सिक्षित ,सक्षम, इमानदार, दूरदर्शी ,त्यागी, जिम्मेवार, आशावादी, साहसी , परिश्रमी ,शालीन,धैर्यवान,उर्जाशिल एवं लगनशील नेतृत्वको पर्खाइमा । थुजिछे ।

प्रतिक्रिया