तामाङ घेदुङको आठौं महाधिवेसनको तयारी अन्तिम चरणमा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ वैशाख २०७२, सोमवार

jpg

 

बैशाख ८, काठमण्डौं । तामाङहरुको साझा समाजिक संस्था नेपाल तामाङ घेदुङको आठौं महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । घेदुङले सोमबार राजधानिमा पत्रकार सम्मेलन आयोजना गरि सम्मेलनको तयारी अन्तिम चरण पुगेको जानकारी दिएको हो ।


‘नेपाल तामाङ घेदङको आठौं राष्ट्रिय महाधिवेसन भब्यताका साथ सफल पारौं, ताम्सालिङ सहितको संघिय संविधान निमार्णका लागि दबाब सिर्जना गरौं ’ भन्ने नाराकासाथ महाधिवेसन यहि बैशाख १२, १३ र १४ गते चितवनमा हुदैछ । १२ गते बृहत सांस्कृतिक झाँकिसहितको र्याली चितवनको नारायणगटबाट निकालिने र विरेन्द्र बहुमुखि क्याम्पसको प्रांगनमा उद्घाटन समारोह हुने घेदुङका महासचिव कुमार ब्लोनले जानकारि दिनुभयो । उद्घाटन समारोहलाई देश तथा विदेशबाट आउने विभिन्न नेता तथा अतिथीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


त्यस्तै १३ र १४ गते भने बन्द सत्र चल्नेछ । टाँडिमा हुने बन्दसत्रमा देशभरका ५२ जिल्लाका र भातृसंगठननका गरी ३ सय ९४ जना प्रतिनिधि कार्यवेक्षकहरु सहभागि हुनेछन् । केन्द्रिय पदाधिकारी, विदेशमा रहेका संगठनकाहरु गरी करिब ५ सय ४६ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा महासचिव ब्लोनले जानकारी दिनुभयो । बन्द सन्त्रले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
यसैबिच नेपालको पाँचौं ठुलो जनसंख्या रहेको तामाङ समुदायको साझा संस्था तामाङ घेदुङको अबको नीति र नेतृत्वको विषयमा बहस चर्केको छ । तामाङहरुको मुक्ति ताम्सालिङ प्राप्त नभइ नहुने जोडमा रहेको घेदुङले अहिलेको राजनैतिक अवस्थाको विश्लेषणसहित थप नितीहरु स्पष्ट पार्दै जानुपर्ने आवाजहरु उठेको छ । घेदुङको सांठानिक संरचना संघियताका आधारमा बन्नुपर्ने, संघियता प्राप्त भइसकेपछि घेदुङको भुमिका कस्तो हुने लगायतका विषयमा गम्भिर छलफल हुनुपर्ने तामाङ बुद्धिजिवीहरुको भनाई छ ।


पछिल्लो चरणमा भएका आन्दोलनहरुमा घेदुङको भुमिका कामजोर भएको र अबको नेतृत्वले त्यो कुरालाई ध्यानमा लिएर जानुपर्ने आवाज बाक्लो छ । नेतृत्वको विषयमा अहिले घेदुङमा पहिचानवादी र पहिचान विरोधी भनेर दुइ खेमा देखा परेको छ । पहिचान विरोधी दलमा आस्था राख्नेहरुले घेदुङको नेतृत्व लियो भने तामाङ आन्दोलन अझ कमजोर भएर जाने पहिचानवादीहरुको तर्क छ । नयाँ नेतृत्वमा को ल्याउने भन्नेमा विभिन्न ढांगले कसरत भइरहेको बताइएको छ । पहिचानवादीहरुले नयाँ नेतृत्वमा सोमबहादुर घले, मिना तामाङ, बेलि तामाङ, बाबुघिसिङ, कुमार घिसिङ, मोहोन गोले, काजिमान तामाङ लगायतको नाम चर्चामा ल्याएका छन् ।


यसैबिच हालका महासचिव कुमार ब्लोनले आफु नै घेदुङको अबको अध्यक्षको दावेदार रहेको बताउनु भएको छ । उहाँले विभिन्न दलगत चलखेल हुँदा आफु पनि अब लाइन स्पष्ट पार्दै सबैमाझ आउने खुलासा गर्नुभयो ।

प्रतिक्रिया