भोजपुर शेर्पा समाज(किदुक)को अध्यक्षमा वाङ्चु शेर्पा सर्वसम्मत

Admin
Admin३० मंसिर २०८०, शनिवार
भोजपुर शेर्पा समाज(किदुक)को अध्यक्षमा वाङ्चु शेर्पा सर्वसम्मत

भोजपुर शेर्पा समाजको छैठौं अदिबेशन तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । पूर्व संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न किदुगको अध्यक्ष पर्यटन व्यवसायी तथा समाजसेवी वाङ्चु शेर्पा सर्वसम्मत चयन भएको हो । अदिवेशनमा नेपाल शेर्पा संघका पुर्व अध्यक्ष पेमा छिरी शेर्पा विषिष्ठ आतिथ्यमा रहनु भएको थियो ।

भोजपुर शेर्पा समाजका सल्लाहकार, आजिवन तथा संरक्षक सद्स्य, साधारण सदस्य लगायतको उपस्थिति रहेको अदिवेशनले अध्यक्षमा वाङ्चु शेर्पा, उपाध्यक्ष श्रीमती मिना शेर्पा, उपाध्यक्ष श्री पासाङ शेर्पा, महासचिव श्री लाक्पा शेर्पा, सचिव श्रीमती प्रजिना शेर्पा र कोषाध्यक्ष श्रीमती पेमदिकी शेर्पा लगायत १३ सदस्यीय निर्बाचित भएको निवर्तमान अध्यक्ष फुर्वा तेन्जिङ शेर्पाले जानकारी दिनु भयो ।

प्रतिक्रिया