३३ भाषाको साझा ‘किरात सिरिजङ्गा लिपि’ वर्णमाला

कुब्जोङ किरात
कुब्जोङ किरात८ मंसिर २०८०, शुक्रवार
३३ भाषाको साझा ‘किरात सिरिजङ्गा लिपि’ वर्णमाला

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले हरेक वर्ष आदिवासी जनजाति सम्बन्धी विभिन्न किताब प्रकाशन गर्दै आएको छ । त्यसमा एउटा किताबको नाम हो– ‘किरात सिरिजङ्गा लिपि समायोजना कार्यदलको प्रतिवेदनको सारांश र वर्णमाला, २०८०’। नेपालमा किरात जातिभित्र बोलिने विभिन्न भाषाहरू लेखनमा यो लिपि प्रचलन हुँदै आएको छ । तत्कालका निम्ति ३६ भाषाको प्रतिनिधित्व गर्ने यस किताबमा उल्लेख छ ।

‘लिपि’ भनेको अक्षर लेख्ने प्रणाली हो । अक्षरको लेखाइ हो । चित्रकला, रेखाङ्कन हो । ‘अक्षर’ भनेको व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह हो । एउटै प्रयासमा उच्चरित हुने, प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिंगो वर्ण वा वर्ण समूह हो । नेपालीमा लिपि शब्दले भाषालार्ई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिन्हहरू हुन् । यसलाई अंग्रेजीमा स्क्रिप्ट भनिन्छ । लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो । संसारमा प्रचलनमा रहेका अधिकांश लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् । त्यसपछि क्रमशः भावात्मक लिपि, आक्षरिक लिपि र वार्णिक लिपि विकसित भएको विज्ञहरूको मत छ । जसले गर्दा लिपिको सहायताले मान्छेले भाषालाई देशकालको सीमाभन्दा बाहिर ल्याउन सकेका हुन् । संसारमा ६ हजार जति भाषा बोलिन्छन् । ती सबै भाषाका अलग लिपि छैनन् । संसारमा चार सय जति लिपि रहेका छन् । इ.पू. ४००० तिर लिपिको विकास भई प्रयोग भएको मानिन्छन् । 

‘लिपि’ भनेको अक्षर लेख्ने प्रणाली हो । अक्षरको लेखाइ हो । चित्रकला, रेखाङ्कन हो । ‘अक्षर’ भनेको व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह हो । एउटै प्रयासमा उच्चरित हुने, प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिंगो वर्ण वा वर्ण समूह हो ।

नेपालको सन्दर्भमा ब्राह्मी लिपिबाट अघि बढेको पाइन्छ । ब्राहमी लिपिको दुई हाँगा विस्तार भएको थिए– गुप्ता  र पूर्वलिच्छवि । त्यसपछि पूर्वलिच्छविबाट उत्तरलिच्छवि हुँदै नेपाललिपि (रञ्जना, भुजिमोलसहित)को विकास भएको मानिएको छ । त्यसैगरी गुप्ताबाट दुई हाँगा देखिए– कुटिला र तिब्बती । कुटिलाबाट देवनागरी, मैथिली विकसित भए । तिब्बती लिपि सातौं शताब्दीमा विकास भएको मानिन्छ । तिब्बतीबाट कैथी, किराती, रोङ लिपिको विकास भएको भन्ने पाइएको छ । किरातलिपि अठारौं शताब्दी र रोङ उन्नाइसौं शताब्दीमा विकास भएको उल्लेख छ । किरात भाषा भोट–बर्मेली भाषा परिवारअन्र्तगत पर्छन् । आजभोलि अन्तर–हिमाली भाषाका रूपमा समेत चिन्ने गरिन्छ ।

किरात सिरिजङ्गा लिपि 

समुदायमा किरात लिपि भनिए पनि लिम्बू लिपि वा याक्थुङ लिपि भनिदैआएको छ । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०५० सालमा यो लिपिलाई ‘किरात–सिरिजङगा लिपि’ नामाकरण गर्ने औपचारिक निर्णय गरेको थियो । त्यसयता लिम्बू भाषाको अनौपचारिक र औपचारिक शिक्षा यही लिपि प्रचलनमा छ । किरात समन्वय समिति (किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत किरातजन्य जातीय संस्थाहरूको समन्वयकारी संस्था)ले २०७८ असोज ११ गते भाषाशास्त्री डा. तारामणि राईको संयोजकत्वमा ‘किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञहरूको कार्यदल’ गठन गर्ने निर्णय ग¥यो । उक्त कार्यदललाई ३ बुँदे जिम्मेवारी दिइएको थियो । जसमा, १) किरात सिरिजङ्गा लिपिलाई साझा रूपमा लेखन पद्धतिमा प्रयोग हुने गरी अध्ययन गर्ने । २) सम्बन्धित भाषाहरूको लेखनको लागि वर्ण निर्धारण गरी वर्णहरूसँग लिपि समायोजन गर्न तालमेल गर्ने । ३) वर्ण तथा लिपि समायोजन पश्चात् थप्नु पर्ने नयाँ ध्वनि चिन्हको लिपि प्रतिवेदन तयार गर्ने । चुम्लुङलगायत अन्य किरातजन्य संस्थाहरूले औपचारिक निर्णयअनुसार किरात सिरिजङ्गा लिपि प्रयोगमा सकारात्मक ढंगले अघि बढेको पाइन्छ ।
यस किताबमा समेटिएका सामग्रीलाई ४ अध्यायमा विभाजन गरिएका छन् । अध्याय–१ मा किरात सिरिजङ्गा लिपिको परिचय, अध्याय–२ मा किरत भाषा परिवारका भाषाहरूमा उपलब्ध वर्णका आधारमा लिपि समायोजन, अध्याय–३ मा किरात सिरिजङ्गा लिपिमा किरात भाषा परिवारका भाषाहरू र अध्याय–४ निष्कर्ष र सुझाव रहेको छ । 

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०५० सालमा यो लिपिलाई ‘किरात–सिरिजङगा लिपि’ नामाकरण गर्ने औपचारिक निर्णय गरेको थियो । त्यसयता लिम्बू भाषाको अनौपचारिक र औपचारिक शिक्षा यही लिपि प्रचलनमा छ ।

यो किताबको तेस्रो अध्यायमा याक्थुङ÷लिम्बू भाषाको व्यञ्जन वर्ण र स्वर वर्ण दिइएको छ । राई समूहभित्र करिब २६ वटा भाषा रहेका छन् । त्यसअन्तर्गतका आठपहरिया, कुलुङ, कोयी, खालिङ, चाम्लिङ, छिन्ताङ, छिलिङ, जेरुङ, तिलुङ, थुलुङ, दुङमाली, देवास,  दुमी, नाछिरिङ, पुमा, फाङ्दुवाली, बान्तावा, बायुङ, बेलहारे, मेवाहाङ, लुङ्खिम, लोहोरुङ, वाम्बुले, याम्फु र साम्पाङ भाषाको व्यञ्जन वर्ण र स्वर वर्ण दिइएका छन् ।

यसैगरी याक्खाभित्र याक्खा र मारेक–याक्खा भाषा रहेको र त्यसको दुवै वर्ण किरात सिरिजङ्गा लिपि उल्लेख गरिएका छन् । यसैगरी काँेइच–सुनुवार भाषाको व्यञ्जन वर्ण र स्वर वर्ण दिइएको छ । जिरेल, हायू, सुरेल, थामी भाषाको व्यञ्जन वर्ण र स्वर वर्ण उल्लेख गरिएका छन् । कार्यदलका सदस्य भाषाशास्त्री डा. लाल श्या“कारेलु रापचाका अनुसार समाजको आवश्यकताअनुसार भाषाशास्त्रीय मूल्यमान्यतामा रहेर किराती भाषाहरूको विशेषता केलाएर लिपि समायोजन प्रस्ताव गरिएका छन् । भाषाशास्त्री रापचाको कथन छ, ‘लिम्बू भाषामा प्रयोग गरिदैआएका चिन्हहरू जस्ताको तस्तै राखी अन्य किराती भाषाहरूको लागि आवश्यक चिन्ह, उपचिन्हहरू थपिएको छ । कुनै नया“ लिपि थपिएको छैन । प्रचलनमा रहेकैलाई समायोजन गरिएको छ ।’

लिपिको इतिहास

लिम्बू भाषाको लेखन परम्पराको इतिहास सबैभन्दा लामो छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति मुन्धुमविद् बैरागी काइ“लाका अनुसार ब्राइन हटन हज्सनले संकलन गरेको लन्डनको ब्रिटिस इन्डिया अफिस लाइब्रेरीमा किरात लिपिमा लेखिएको ‘मुन्धुम साप्ला’ पाण्डुलिपि रहेको छ । सबैभन्दा पुरानो मानिएको उक्त पाण्डुलिपि सिरिजङ्गा सिङथेबेले (१७०४ई.) लेखेको काइ“लाको आ“कलन छ । 
इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार राजा सिरिजङ्गाले आफ्नो ईश्वर भक्ति र तपस्याका बलले यो लिपि आविस्कार गरेका हुन् । यसलाई किरात लिपि भनियो । प्रथम सिरिजङ्गा राजाको शेषपछि लगभग एक हजार वर्षसम्म लोप भएसरह थियो । इसाको अठारौं शताब्दीमा वर्तमान पूर्वी नेपाल ताप्लेजुङ जिल्ला लिम्बुवानको सिनाम तेल्लोक गाउ“मा थेबे कुलवंशभित्र सिङ्थेबे थरका प्रतिभाशाली ज्ञानी र गुणी महापुरुष (१७०४–१७४१) जन्मिए । उनले लिपिलाई पुनर्जीवन दिएर फेरि प्रचलनमा ल्याए । उनलाई प्रथम राजा सिरिजङ्गाको अवतार मानेर तेअङ्सी सिरिजङ्गा तथा दोस्रो सिरिजङ्गा भनिएको हो ।
मुन्धुमविद् काइ“लाले उल्लेख गरेअनुसार सिरिजङ्गा (किरात लिम्बू) लिपिको प्रचार गर्दै उनी (तेअङ्सी सिरिजङ्गा) उति बेलाको सिक्किम देश (वर्तमान सिक्किम राज्य भारत)मा पुगे । उतिखेर सिक्किमका पा“चौं राजा फुन्छयोग् नामग्यालको शासनकाल थियो । धुमधामसाथ लिपिको प्रचार गरे । त्यसो गर्दा तिब्बती लिपि सिकेर बौद्धधर्ममा दीक्षित हुन गइरहेका किरातवंशी लिम्बूहरूमा आफ्नो धर्म, भाषा र लिपि प्रतिको चेतना जाग्यो । तिब्बती लिपि पढ्ने र बुद्धधर्ममा लाग्ने लिम्बूहरूको संख्यामा कमी आउन थाल्यो । यिनै कुराले गर्दा भोटे लामाहरू उनीस“ग औधि क्रोधित भएका थिए । उनी पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूका षडयन्त्रबाट पश्चिम सिक्किमको मार्ताममा क्रूरतापूर्वक मारिए ।

इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार राजा सिरिजङ्गाले आफ्नो ईश्वर भक्ति र तपस्याका बलले यो लिपि आविस्कार गरेका हुन् । यसलाई किरात लिपि भनियो । प्रथम सिरिजङ्गा राजाको शेषपछि लगभग एक हजार वर्षसम्म लोप भएसरह थियो ।

‘उनलाई (तेअङ्सी सिरिजङ्गा) रुखमा बा“धी विषालु का“ड प्रहार गरेर मारियो र त्यसपछि उनको लासलाई छालाको धोक्रोमा हाली रंगित खोलामा बगाई दिइयो,’ काइ“लाले उल्लेख गर्दै भनेका छन्, ‘शिक्षा, भाषा, लिपि, धर्म र संस्कृतिको प्रचारप्रसारका क्रममा भाषा र लिपिका लागि लिम्बू इतिहासमा नै पहिलो सहिद (सन् १७४१) हुने तेअङ्सी सिरिजङ्गा लिम्बू जातिको पा“च सहिदहरूमा एक थिए । त्यसैले उनलाई श्रद्धापूर्वक सिरिजङ्गा दोस्रो अर्थात् तेअङ्सी भनेर अवतारी सिरिजङ्गा मानिन्छ ।’ 

उनै सिरिजङ्गाको योगदान स्वरूप यो लिपिलाई साझा रूपमा किरात सिरिजङ्गा नामाकरण गरिएको जनाइएको छ । संस्कृति मन्त्रालयअन्तर्गत राष्ट्रिय अभिलेखालयबाट प्रकाशित ‘लिपि विकास तालिका’मा भने ‘किरात लिपि’ उल्लेख रहेको पाइन्छ । 

यस किताबको अन्तमा ३ बुँदे सुझाव रहेको छ

क) यो अध्ययन प्रतिवेदनमा किरात भाषा परिवारका भाषाहरूमा पाइने आधारभूत स्वनिम वर्णहरूलाई किरात सिरिजङ्गा लिपिमा समायोजन गरी साझा किरात स्वनिम वर्णमाला विकास गरिएको छ । त्यसैले हिज्जे प्रणालीलाई व्यवस्थित गर्ने विषय थप अध्ययनको विषय हुन जानेछ साथै लेखनशैली निर्देशिकाको कामलाई समेत आगामी दिनमा अगाडि बढाउनु पर्नेछ । 

ख) लिपि समायोजनलाई सैद्धान्तिक हिसाबले मात्र सुझाव वा सिफारिस गरिएको कारणले यसलाई प्राविधिक रूपमा समायोजना गर्दा केही तलमाथि हुने कुरालाई सहजता साथ लिंदै सोही अनुरूप अनुकुलन गर्दै लानुपर्ने छ । 

ग) अध्ययन नितान्त द्वितीयक स्रोतमा आधारित भएकाले किरात भाषा परिवारका भाषाहरूमा हुने आगामी अध्ययन अनुसन्धानले स्वनिम वर्णको संख्यामा नै तलमाथि हुनपुगे तिनलाई समेत समायोजन गर्दै किरात सिरिजङ्गा लिपिलाई समय अनुकुल परिमार्जन गर्दै लानु पर्ने छ ।

अब यो कार्यले किरात एकतालाई बलियो बनाउने आधारका रूपमा लिइएको छ । किरात सिरिजङ्गा लिपिको साझा प्रयोगले प्रदेश–१ को पहिचानलाई थप उजागर गर्नेछ । लिपि साँस्कृतिक वैभवको प्रतीक त हुन् नै त्यो भन्दा बढी संविधानले किटान गरेअनुसार मुलुकमा बोलिने राष्ट्रभाषाहरू र ती भाषामा प्रयोग गरिने लिपिलाई उजागर गर्नु महत्वपूर्ण पक्ष हो । तर त्यो वातावरण बन्न सकेको छ । त्यसनिम्ति समुदाय सचेत भएर अघि बढ्न जरुरी छ । किताबमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीको शुभकामना मन्तव्य रहेको छ । यस्तै किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खाको शुभकमना समेटिएका छन् । किरात समन्वय समितिको संयोजनमा प्रकाशित १०८ पृष्ठको किताबको प्रबन्ध सम्पादक सरीना गुरुङ र भाषा सम्पादक पदम राई रहेका छन् । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात