जनजाति प्रतिष्ठानका पदाधिकारी राउटेलाई भेट्न दैलेख पुगे

Admin
Admin१८ असोज २०८०, बिहिवार
जनजाति प्रतिष्ठानका पदाधिकारी राउटेलाई भेट्न दैलेख पुगे

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले  लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ । प्रतिष्ठानले दैलेखको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा बसोबास राउटे समुदायलाई गाउँमा पुगेर खाध्यान्न, दाल, चामल, लता कपडा  लगायतका राहत सामग्री वितरण गरेका छन । 

राहत वितरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासंघका  महासचिव दिवश राई, स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रमलाई सहजीकरण गर्दै डम्मर गरङ्जा मगरले लोपोउन्मुख राउटे समुदाय संकटबाट गुज्रिरहेको जानकारी भएपश्चात् उनीहरूको दैनिक जीवनयापनमा सहज होस भन्नका लागि राहत वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उहाँले भन्नुभयो अब चिसो समय सुरू हुन लागिसकेको छ । जंगलमा बसिरहेका समुदायलाई चिसोबाट बच्नका लागि न्यानो कपडा हस्तान्तरण गरेका छौँ।

त्यस अवसरमा भैरवी गाउँपालिका दैलेखका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकामा बसोबास गरिरहेका र संकटबाट गुज्रिरहेका राउटे समुदायलाई दैनिक जीवन सहजीकरणका लागि सहयोग गर्ने प्रतिष्ठान र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया