विश्व शेर्पा दिवस मनाईने

Admin
Admin१७ असोज २०८०, बुधवार
विश्व शेर्पा दिवस मनाईने

विश्व शेर्पा दिवस मनाउने तयारी पुरा भएको छ । हरेक वर्षको अक्टुवर ८ तारिखका दिन मनाउने विश्व शेर्पा दिवससंगै विश्व शेर्पा संघको अधिवेशनको तयारी पुरा भएको आयोजकले जानकारी दिईएको छ ।

संघको आयोजनामा यहि असोज २१ गते देखि २३ गतेसम्म  मनाउने भएको होे । कार्यक्रम चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना हुन गईरहेको संघका अध्यक्ष आङ दोर्जी शेर्पाले बुधबार एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । शेर्पाले संघको औपचारिक कार्यक्रमको उद्घाटन र शेर्पा वल्र्ड एपको सार्वजनिक क्याब्जे ठुल्सिक ह्याङ्सी रिम्पोक्षेबाट हुने बताउनुभयो ।

अधिवेशनमा विश्वभर विभिन्न देशमा छरिएर रहेको शेर्पा प्रतिनिधिहरुको अनलाईन भर्चुअल मार्फत र भौतिकरुपमै उपस्थित हुने बताउनुभयो । कार्यक्रममा करिब १७ देशका प्रतिनिधि र भौतिक रुपमा १० देशका प्रतिनिधिहरुको उपस्थित रहने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँले जोड्नुहुँदै विश्व शेर्पा संघले विश्वभर विभिन्न देशमा बसोबास शेर्पा समुदायलाई सांस्कृतिक, भाषिक, धार्मिक रुपले एकरुपता ल्याउन संघले महत्वपुर्ण भुमिका खेल्ने भनाई राख्नुभयो ।

नयाँ नेतृत्व चयन पछि शेर्पाहरुको सघन बासोबास रहेको सिन्धुपाल्चोको भोटेकोशी ४ सलाङकट्टीको दुई दिने भ्रमणको कार्यक्रम रहेको नेपाल शेर्पा संघका उपाध्यक्ष तथा कार्यक्रम व्यवस्थापन संयोजक च्येङा शेर्पा ९साहिल० ले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया