नेपालस्थित अमेरिकी राजदुतावाससमेतको सम्लग्नतामा आदिवासी सम्बन्धि काठमाडौमा अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संयुक्त राज्य अमेरिका विदेश विभागसंगको सहकार्यमा आयोजित सम्मेलनको आयोजकमा नेपालस्थित अमेरकी राजदुतावास, आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड),र काठमाडौ विश्वविद्यालय स्कूल अफ एजुकेशन थिए ।
“आदिवाासीको अगुवाइमा अनुसन्धान तथा विकास विषयक अन्तराष्ट्रिय सम्मेलन”विषयक दुई दिवशीय अन्तराष्टिय सम्मेलन तथा कार्यशाला गोष्ठी ९ अशोजमा सुरु भएर १० अशोजमा समापन भएको थियो । सम्मेलनमा नेपाल लगायत एशिया प्यासेफिक क्षेत्रका मुलुकका प्रतिनिधिहरु, संयुक्त राज्य अमेरिक, बेलायतलगायतका विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, शैक्षिक क्षेत्रका ज्ञाताहरु तथा सरकारी र गैह्रसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदुत संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थोम्प्सन् तथा अमेरिकस्थित ह्वाइटहावसका वातावरण न्याय सम्बन्धि सल्लाहकार परिषदका सदस्य तथा मिचिगन विश्वविद्यालयका प्राध्यापक डा.क्याले ह्वाइट सहभागी हुनु हुन्थ्यो । ह्वाइटहावसका प्रतिनिधि डा. क्यालेले कार्यक्रमको सहजीकरण गर्नू भएको थियो ।
जलवायु परिवर्तन, जैविक विविधता दिगो विकासको क्षेत्रमा आदिवासी ज्ञान र अभ्यासको महत्व विश्वव्यापिरुपमा वढेको सन्र्दभमा नेपालमा पनि आदिवासी ज्ञान, अभ्यास र मुल्यमान्यतामा आधारित अध्ययान र अनुसन्धान बढवा दिने उदेश्यले यो अन्र्तराष्टिय सम्मेलन तथा कार्यशाला गोष्ठी आयोजना गरिएको सम्मेलन पछि आयोजित पत्रकार भेटघाटमा डा. क्याले ह्वाइटले बताउनु भयो ।
विश्वका करिव ९० देशमा बसोबास गर्ने ४७ करोड आदिवासीहरुको अधिकार, भाषा, ज्ञान, अभ्यास, इतिहासका साथै आदिवासी जनजातिका समसामयिक मुद्धालाई विश्वका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा अनुसन्धानक्षेत्रमा कार्यरत संस्थाहरुले पश्चिमा ज्ञान र विधी अपनाउँदा आदिवासीको क्षेत्रमा सहि र तथ्यपरक अध्ययान र अनुसन्धान हुन नसकेको कार्यक्रमका बक्ताहरुको भनाइ थियो । तसर्थ आदिवासीहरुद्वारा, उनीहरुको अफनै मौलिक विधि अपनाएर अनुसन्धान र आदिवासीमैत्री शिक्षा प्रदान गर्नू पर्ने उहाँहरुले जोड दिनु भएको थियो ।
कार्यक्रममा आदिवासीको विधी र ज्ञानमा आधारित विश्वका विभिन्न विश्वविद्यालय र संघसंस्थाले गरेको अभ्यास र अनुसन्धानबारे गहन छलफल भएको आयोजक मध्येका एक आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले बताउनु भयो ।
आदिवासी ज्ञानको प्रयोगबाट प्राकृतिक स्रोतको उचित उपयोग, संरक्षण र प्रभावकारी व्यवस्थापन उपयोगी सिद्ध छ । नेपालमा पनि आदिवासीको ज्ञानमा आधारित शिक्षा तथा सार्वजानिक सेवा, राजनैतिक तथा नीति निर्माणमा पहुँचलाई सहज बनाउने विविध विधी र प्रविधिहरु रहेको बिषय पनि कार्यक्रममा छलफल भएको थियो । त्यस क्रममा राज्यको नीति, कथित आधुनिक शैक्षिक तथा अनुसन्धान प्रणालीका कारण ती आदिवासी ज्ञान, अभ्यास, मुल्यमान्यताहरु लोप हुन लागेकोमा चिन्ता व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागी रहनु भएका अधिकाँश अनुसन्धानकर्ताहरुले आदिवासीहरुको अभ्यास, चालचलन, मुल्यमान्यता, जीवन दृष्टीकोणलाई आदिवासी विधिबाट अध्ययान तथा अनुसन्धान गरेर दस्तावेजीकरण हुनु पर्नेमा जोड दिएका थिए ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी जनजातिहरुको ज्ञान, मूर्त र अमूर्त संस्कृति, भाषाहरु राज्यको नीतिका कारण लोपोन्मुक अवस्थामा पुगेको बताउनुहुनै आदिवासी मैत्री र आदिवासीहरुको मौलिक विधिको माध्यमबाट गरिएको अध्यान अनुसन्धानले पुःन उत्थान गर्न मद्धन पुग्ने बनाउनुभयो ।
सम्मेलनमा बोल्नुहुदै, आदिवासी जनजाति राष्टिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले, प्रतिष्ठानले, ५०० भन्दावढी अनुसन्धानकृति, ५०० भन्दावढी आदिवासीको पुस्तकहरु, झण्डै ३० भन्दावढी आदिवासीहरुको जातिय चिनारी तथा ५१ आदिवासीहरुको इथ्नोग्राफिक स्टडिज गरेको जानकारी गराउँदै, नेपालका आदिवासीको क्षेत्रमा अनुसन्धान गर्न चहाने अनुसन्धानकर्ता र विश्वविद्यालयहरुसँग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।
सम्मेलनमा नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थोम्प्सन्, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापालगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, थाइल्याण्ड, क्यानाडा, बंगलादेश, फिजि, क्यमरुन र नेपालका विश्वविद्यालयक प्राध्यापकहरु, सरकारी तथा गैह्रसरकारी निकायका प्रतिनिधिहरु, अनुसन्धानकर्ताहरुले प्रस्तुति राख्दै अनुसन्धानमा आदिवासीको नेतृत्व स्थापित गर्ने विषयमा बिचार राख्नु भएको थियो ।
पहिलो दिन आदिवासी अनुसन्धान र शिक्षा र विकासका सवालमा विश्वव्यापी अभ्यास, नेपालको अनुभव र विभिन्न विकास साझेदारहरुसंग अनुसन्धान र शिक्षामा गरिने लगानीका सम्बन्धमा फरक फरक प्यानल बहसका भएको थियो ।
बहसका क्रममा वक्ताहरुले आदिवासीका सवालमा गरिने कुनै पनि अनुसन्धान तथा विकासमा आदिवासीकै नेतृत्व र सहभागीतालाई जोड दिनु भएको थियो । “हामी विनाको हाम्रा कुरा स्वीकार्य हुँदेन” भन्ने मान्यताका आधारमा आदिवासीको अधिकार, आत्मसम्मान, आकाँक्षा, पहिचान, संस्कृति जीवनशैली, स्वायत्तता, र प्राकृतिक स्रोत र साधानमा आश्रीत आदिवासीको जीवन पद्धतिलाई ध्यान दिएर मात्र अनुसन्धान र विकास गर्नु पर्ने उहाँहरुको निचोड थियो ।
कार्यक्रमको दोस्रो दिन आदिवासी ज्ञान प्रणाली, जलवायू परिवर्तनका संकटहरु र अधिकारमा आधरित पकृतिक सेतको संरषणमा बेग्ला बेग्लै समूह कार्य र प्रस्तुति भएको थियो । आदिवासीको सवाललाई लिएर अनुसन्धान र विकास विषयको अन्तराष्टिय सम्मेलन यो पहिलो पटक आयोजना भएको हो । यो सम्मेलनले नेपाल लगायत विश्वका नीति निर्माताहरुलाई सकारात्मक मार्गदर्शन दिने आयोजकहरुले बिश्वास लिएको छ ।