शेर्पा पर्यटन व्यवसायी संघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

Admin
Admin६ असोज २०८०, शनिवार
शेर्पा पर्यटन व्यवसायी संघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

शेर्पा पर्यटन व्यवसायी संघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिबार  सिद्धार्थ बुटिक होटलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।
साधारण सभा कार्यक्रमको उद्घाटन बागमती प्रदेशका पुर्व मन्त्री निमा लामाले गर्नुभएको थियो । उहाँले सो अवसरमा संबोधन गर्नुहुँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

साधारण सभाकै अवसरमा शेर्पा पर्यटन व्यवसायि संघले ४ जना पर्यटन विटका पत्रकार सम्मान गरिएको छ। सम्मानित हुनेमा राईजिङ नेपालका बलराम मणि दाहाल, द हिमालयनस टाईमका राजन पोख्रेल र करपोरेट नेपालका फुर्वा शेर्पा र गोरखापत्र अनलाइनका छेटु शेर्पा हुनुहुन्छ।

कार्यक्रममा बोल्नु हुँदै माउन्टेन ऐकेडेमीका पुर्व अध्यक्ष लाक्पुटी शेर्पाले सरकारले हिमाली भेगमा बसोबास शेर्पा समुदायको सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको खस्कदो अवस्थालाई उजागर गर्दै राज्यले पर्यटन व्यवसायमा आवद्ध शेर्पाहरुलाई उचित सम्मान गर्ननसके भविष्यमा संकट बेहोर्नु पर्ने चेतावनी दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले राज्यको विभेदकारी नीति व्यवस्थाले परापुर्वकाल देखि गर्दै आईरहेको चौरी पालनमा कर लगाउने खर्क बनजङगल सबै निकुञ्जको दायरामा ल्याउदा अनेकन समस्या झेल्नुपर्ने बताउनुभयो । यसकारण शेर्पा समुदाय बिस्तारै आफ्नो व्यवसाय त्यागेर विदेश पलायन भईरहेको जोडनुभयो । उहाँले भन्नुभयो ‘व्यापापर व्यवसाय गर्न, राजनीतिमा अगि बढन पनि आदिवासी जनजातिलाई गाह्रो छ, म धेरै बोल्दा मेरो व्यवसायमा हानी पु¥याउने कोशिस गर्छ ।’

एनफाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पर्यटन व्यवसायलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पर्यटन व्यवसायमा आवद्ध चिनेका आफ्न्ताका छोराछोरी सब युरोप अमेरिका तिर देख्छु, हाम्रोमा नयाँ पुस्तालाई आफ्नो व्यवसाय सिप हस्तान्तरण भएको छैन यसले गर्दा पर्यटन व्यवसायमा हाम्रा नयाँ पुस्ता नदेखिने चिन्ता छ।’

यसैगरि नेपाल आदिवासी जनजाति पर्यटन व्यवसायी संघका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले शेर्पा पर्यटन व्यवसायी संघ शेर्पा समुदायको लागि मात्र नभई समग्र पर्यटन व्यवसायीको हक हितको लागि स्थापना भएको धारणा राख्नुभयो ।

कार्यक्रममा संघको आजिवन सदस्य बन्नुभएका पर्यटन व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो । संघका अध्यक्ष संगम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पा, संविधान सभा सदस्य आङ्दावा शेर्पा लगायतले शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया