सञ्चारकर्मी मायालु र सन्तवीरलाई तामाङ अवार्ड 

Admin
Admin१ भदौ २०८०, शुक्रवार
सञ्चारकर्मी मायालु र सन्तवीरलाई तामाङ अवार्ड 

तामाङ मिडिया अवार्डबाट दुई जना तामाङ पत्रकारहरु सम्मानित हुनु भएकोछ । इन्डिजिनियस टेलिभिजनबाट प्रसारण भईरहेको दुईला म्हेन्दो कार्यक्रमका प्रस्तोता मायालु ङ्यासुर तामाङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ किरात लिम्बुवान प्रदेशका अध्यक्ष सन्तबीर लामा तामाङ सम्मानित हुनुभएको हो । 

तामाङ पत्रकार संघले हरेक वर्षको भादौ १ गते तामाङ प्रसारण दिवस मनाउने गरिन्छ ।

नेपाल पर्यटन बोर्डमा तामाङ पत्रकार संघले २९ औँ तामाङ प्रसारण दिवसको अवसर पारेर सम्मान गरेको हो । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तिर्थबहादुर लामाले तामाङ पत्रकारद्वयलाई नगद राशीसहित प्रमाण पत्र नगद पुरस्कारद्धारा सम्मान गरिएको हो । 

उहाँले कार्यक्रममा सम्बोधन गर्नुहुँदै राज्यको हरेक तहमा तामाङ जातिलाई जनसंख्याको आधारमा समावेशी सहभागिता गर्नु पर्ने बताउनुभयो । उहाँले तामाङ र नेवार भाषालाई  बागमती प्रदेको सरकारी कामकाजी भाषाका लागि प्रदेशले पारित गरेको पनि जानकारी दिनुभयो ।  

तामाङ पत्रकार संघका अध्यक्ष सुवास योञ्जन तामाङको अध्यक्षतामा भएको  र्काक्रममा भाषा आयोगका सदस्य अमृत योन्जन, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, मानवशास्त्री डा. मुक्तसिं लामा, नेपाल टेलिभिजनका महापबन्धक फुलमान बल लगायतले सम्बोधन गर्नु भएको थियो । तामाङ पत्रकार संघले हरेक वर्षको भादौ १ गते तामाङ प्रसारण दिवस मनाउने गरिन्छ ।

 

प्रतिक्रिया