विश्व आदिवासी दिवस नेपालमा भब्यरुपमा मनाइँदै

Admin
Admin२४ साउन २०८०, बुधवार
विश्व आदिवासी दिवस नेपालमा भब्यरुपमा मनाइँदै

नेपालका आदिवासी जनजातीहरुले २९ औं विश्व आदिवासी दिवस संयुक्त रुपमा भव्यताका साथ मनाएका छन् ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा नेपालका आदिवासी जनजातीहरुका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाँकी रयाली निकालेका हुन् ।

विभिन्न मौलिक जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञाप्रतिष्ठानसम्म झाँकी ¥यालीसहित प्रदर्शन गरेका थिए । 

यस्तै देशभर आदिवासी जनजातिहरूले आदिवासी जनजाति महासंघको प्रदेश र जिल्लास्तरीय संघसंस्थाहरुको नेतृत्वमा विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

विश्वभरका करिव ९० देशमा बसोबास गर्ने करिव ४८ करोड आदिवासीहरुले हरेक वर्ष अगष्ट महिनाको ९ तारिकका दिन अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा विश्वभर मनाउँदै आएका छन् । सन् १९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८२ मा संयुक्त राष्ट्रसंघले विश्वका आदिवासीकोलागि गठन गरेको कार्यगत समूहले औपचारिक रुपमा बैठक बसेको पहिलो दिनलाई सम्झनारुपमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप विभिन्न नाराकासाथ यो दिन विशेष कार्यक्रमहरु आयोजना गरि विश्वभरका आदिवासीहरुले मनाउने गर्दछन् । 

यो वर्षको विश्व आदिवासी दिवशको मूल नारा–“आत्मनिर्णयको अधिकारकालागि परिवर्तनका सम्वाहक आदिवासी युवा” रहेको छ । यद्यपी आदिवासी जनजाति महासंघले भने, पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी होऔं । परम्परागत ज्ञान, सिपको प्रर्वद्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्किृतिको संरक्षण गर्रौ भन्ने नारा तय गरेको छ । 
 
आज राजधानीमा झाँकी ¥यालीसहित प्रदर्शन गर्नेक्रममा ईन्डिजिनियस भ्वाईससँग बोल्नुहुदै,  आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले भन्नुभयो ‘हामी आदिवासी जनजाती समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, पनि हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले आजको यो विश्व आदिवासी दिवस हामीले हाम्रो माग राज्यलाई सुनाउन उत्सवको रुपमा मनाउँदैछौ । यही उत्सव मार्फत हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं ।’  

विश्व आदिवासी दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम आयोजना गरिरहेको छ । प्रधानमन्त्री पुस्पकमल दहाल प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको छ । 

त्यसैगरी दिवसको अवसर पारेर महासंघसँग सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजाती आवद्ध संघसंस्थाहरुको अगुवाइमा साताव्यापि विभिन्न कार्यक्रमहरु भएका छन् । 

आदिवासी जनजाति महासंघले आयोजना गरेको मूल समारोह इन्डिजिनियस टेलिभिजनबाट लाईभ गरिएको छ । 

हेर्नुहोस तस्वीरहरूः

प्रतिक्रिया