शेर्पा भाषाको एप्स सार्वजनिक

Admin
Admin२३ असोज २०७९, आइतवार
 शेर्पा भाषाको एप्स सार्वजनिक

विश्व शेर्पा संघले ५ औँ विश्व शेर्पा दिवसको अवसरमा ‘शेर्पा भाषाको एप्स’ सार्वजनिक गरेको छ ।

नेपाली र अंग्रेजी भाषाबाट शेर्पा भाषामा  अनुवाद गर्न सहज बनाउने उद्देश्यले यो एप्स निर्माण गरिएको हो ।   एप्सको औपचारिक रुपममा धर्मगुरु सेन्डाक टुल्कु रेन्पोक्षेले सार्वजनिक गर्नुभएको थियो । शनिबार चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसमा एक कार्यक्रमका विच सर्वाजनिक गर्नुभएको हो । 

एप्सको माध्यमबाट बालबालिका र युवाहरूलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषाशैलीमा एकरुपता ल्याउन सहयोग पुग्ने विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले बताउनुभयो । उहाँले एप्समा विशेषगरि बालबालिकालाई केन्द्रीत गरेर आगामी दिनमा कार्टुनहरु समावेश गर्ने पनि बताउनुभयो । 

यसैगरि  अदिवासी जनाजति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले युवापुस्तामा शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि एप्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

दिवसको अवसरमा विश्वभरका विभन्न देशमा बसोबास रहेका शेर्पाहरु जुममार्फत जोडिएका थिए । यसैगरि कार्यक्रममा संविधान सभा सदस्य आङ् दावा शेर्पा, पुर्व राजदुत ल्हकी शेर्पा, पुर्व मन्त्री याङ्कीला शेर्पा लगायतको उपस्थिति रहेको छ । 

विश्व शेर्पा संघले सन् २०१७ देखि अक्टुबर ८ तारिखमा विश्व शेर्पा दिवस मनाउँदै आएको छ । 

 

 

प्रतिक्रिया