आन्दोलन नेपालको चक्रपथमा पहिचान यात्रा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ फागुन २०७१, शुक्रवार

a3

फागुन २२, काठमाडौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले शुक्रबार काठमडौंको चक्रपथमा पहिचान यात्रा गरेको छ । पहिचानसहितको संघीयता र संघियतासहितको नया संविधान निमार्णका लागि दबबा दिने उदेश्यले आन्दोलन नेपालले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार पहिचान यात्रा गरेको हो ।

पहिचान यात्रा राजधानीको सातदोबाटोदेखि कोटेश्वर, कोटेश्वर–गौशला, गौशला–चाबहिल, चावहिल–चक्रपथ, चक्रपथ– गोगंबुसम्म, नयॉबानेश्वर–स्वयम्भू, बल्खु–सातदोबाटो लगायतका क्षेत्रमा भएको आन्दोलन नेपालका प्रबक्ता ओम गुरुङले जानकारी दिनुभयो । अनुसार दिउसो १ बजेबाट चक्रपथका विभिन्न स्थानबाट यात्रा शुरु भएका थिए । जस अनुसार बल्खुबाट सात दोबाटो सम्म प्रस्तावित लिम्बुवानले, सातादोबाटोबाट तिनकनुे सम्म नेवाले नेतृत्व गरेका थिए ।

त्यस्तै कोटेश्वर तिनकुने बाट चाबहिल सम्म किराँत, चाबहिलबाट नारायाणगोपाल चोक सम्म शेर्पा र नारायणगोपाल चोकबाट बालाजु सम्म ताम्सालिङले यात्रामा यात्रामा सहभागिता जनाएका थिए । त्यसैगरी बालुजु माझापोखरीबाट स्वयंभु सम्म तमुवान, स्वयम्भुबाट कलंकी सम्म मगरातले पहिचान यात्राको नेतृत्व गरे ।

आन्दोलन नेपालले पुर्वदेखि पश्चिम सम्म पहिचान यात्रा भने फागुन २७ गतेबाट शुरु गर्ने जनाएको छ । पुर्वाको झापा बिर्तामोडबाट शुरु गर्ने पहिचान यात्रा विभिन्न स्थानमा सभा गर्दै चितवनको नारायणगढमा पुगेर समापन हुनेछ । पहिचान यात्रका क्रममा मोरङको उर्लाबारी, धरान, सर्लाहीको लालबन्दि, बुटवल, धनगढि, हेटौडामा पहिचान सभा गरिनेछ भने चितवनमा पुगेर सकिनेछ ।  

प्रतिक्रिया