व्यबसायिक थाङ्का लेखनको गुणस्तर खस्कदो 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ चैत २०७८, बिहिवार
व्यबसायिक थाङ्का लेखनको गुणस्तर खस्कदो 


बौद्ध धर्ममा पुजनीय बस्तुका रुपमा मानिने थाङ्काकोे व्यबसायिक उत्पादन हुन थाले पछि यसको गुणस्तर खस्कदै गएको छ । कुनै समयमा धार्मिक प्रयोजनको लागि तयार गरिने थाङ्का लेखन अहिले व्यबसायिक रुपमा पेशागत रुपमा तयार गरिन्छ । यसरी व्यबसायिक रुपमा उत्पादन गरिने थाङ्काहरुले प्राचिन सभ्यता, परम्परा र दर्शनलाई बोक्न नसक्ने यसका अभियन्ताहरुको भनाइ रहेको छ । 
कुनै समयमा बौद्ध अध्येता लामागुरुहरुबाट मात्र थाङ्का लेखन हुने गर्दथ्यो । तर अहिले व्यबसायिक रुपमा नै केही तालीम प्राप्त पेशेवर व्यक्तिहरुबाट थाङ्का तयार गर्न थालिएको छ । यसरी व्यबसायिक रुपमा थाङ्का उत्पादन गर्ने कार्यमा युवाहरु सम्लग्न भएका छन् । यसबाट उनीहरुको गुजारा चल्ने मात्र नभएर राम्रो आम्दानी गर्ने पनि गर्ने गरेको पाइएको छ ।  
यस व्यबसायमा लागेका व्यबसायीको  मासिक आम्दानी १० देखि २० हजारसम्म रहेको उनीहरुले बताएका छन् । थाङ्का पेसामा लागेर आफ्ना घर परिवार चलाउन सक्षम रहेको उनीहरुको अनुभव छ । थाङ्का व्यबसायले हजारौं युवायुवतीहरुलाई रोजगार दिन सफल भएको छ ।  
सामन्य अर्थमा कपडामा लेखिएको बौद्ध चित्रकला नै थाङ्का हो । यस्तो कला मार्फत विभिन्न बौद्ध देवीदेवताको आकृतिहरु प्रतिकात्मक रुपमा कपडामा उतार्ने काम हुन्छ । यस्तो चित्रमा बौद्ध देवी देवताको आकृति देखि मन्डलाका बिभिन्न स्वरुपहरु उतारिन्छ ।  
थाङ्का कला नेपाल, तिब्बत, भुटान, सिकिमदेखि युरोप लगायत अमेरिकासम्म प्रसिद्ध छ । थाङ्काको बास्तविक नाम तिब्बती भाषाको थाङ्कु भन्ने शब्दबाट आएको हो । नेपाली भाषामा थाङ्कालाई पौभा भनिन्छ । हिमालीबौद्ध परम्परामा थाङ्कालाई गुम्बा, घरको पूजाकोठामा राखी पूजा गर्न, ध्यान, अभ्यास गर्न, अभिषेक गर्न, मृतकको नाममा चढाउन र विभिन्न समारोहहरुमा प्रदर्शन गरिन्छ । 
बौद्ध चित्रकलाको सुरुवात बुद्धकालीन समयदेखि नै भएको भने तापनि थाङ्का चित्रकलाको थालनी भने भगवान बुद्धको महापरिनिर्वाण भएको ८ सय वर्षपछि मात्र भएको काठमाडौ बौद्धस्थित सेचेन गुम्वाका थाङ्का प्रशिक्षक सोनाम डोल्माको भनाइ छ । नेपालमा थाङ्का चित्रकलाको सुरुवात कहिलेदेखि भयो भन्ने यकिनका साथ भन्न सकिने अवस्था नभए पनि  ५ सय वर्ष अगाडिको गुम्वाहरुमा देखिएको आकृतिहरुलाई आधार मान्ने हो भने १०औं शताब्दीतिर थाङ्काचित्रको विकास भएको मान्न सकिन्छ ।
थाङ्का लेखनमा सम्लग्नता
थाङ्का लेखनमा कुनै जाति विशेषको पेशा भन्न सकिन्न । यो पेशामा सबै जात जातिको सम्लग्नता पाइन्छ । आदिबासी जनजाति तामाङहरुले बौद्ध धर्म मान्न थालेबाट नै थाङ्का लेखनमा सम्लग्न भएको अनुमान गर्न सकिन्छ । तामाङहरुको मुख्य पेशा  खेतीपाती भए पनि थाङ्का लेखनमा पनि सम्लग्न छन् । तामाङहरुले थाङ्का लेख्ने कलाकारलाई  खाइबा भन्ने गरेबाट उनीहरुको परम्परागत सम्लग्नता भएको अनुमान गर्न सकिन्छ । यस्ता खाइवाहरु बौद्ध दर्शनमा केन्द्रीत भएर थाङ्का लेख्ने परम्परा भए पनि अहिले धार्मिक आस्था भन्दा पनि आथिक उपार्जन गर्ने उद्देश्यले थाङ्का लेख्ने गरेको छन् । जसले गर्दा थाङ्काको गुणात्मकतामा ह्रास आएको टिप्पणी हुने गरेको छ  । लामो समयदेखि थाङ्काको व्यवसायमा संलग्न हजारसिं लामाका अनुसार नेपाली बजारमा थाङ्काको बिक्रि गर्दा गुणस्तरीय एवं महंगो थाङ्काको तुलनामा सस्तो थाङ्काको माग बढी रहेका कारण यस्तो भएको हो । 

थाङ्का लेखन तथा उत्पादन र व्यबसाियक कार्यमा  शेर्पा, नेवार, तामाङ, ह्योल्मो आदिको सम्लग्नता देखिन्छ । पछिल्लो समयमा तराइ मूलका यादव र केही मात्रामा क्षेत्री समुदायले पनि थाङ्का लेख्ने देखि व्यापार गर्ने गरेका छन् ।  सर्लाही स्थायी घर भइ हाल स्वयम्भूमा रहेका दिनेश चौधरी भन्छन् ‘विगत १५ वर्षदेखि थाङका पेशामा संलग्न छु । हामीलाई बौद्ध दर्शनको बारेमा खासै थाहा छैन, अरुले गरेको काम देखेर थाङ्का चित्र कोर्न थालेको हुँ । यो  पेशा गरेको हुनाले बौद्ध देवीदेवता भने सजिलै चिन्दछु । र यही आधारमा थाङ्का लेख्न र बेच्न सजिलो भएको र यस पेशासबाट राम्रो आम्दानी समेत भएको छ ।’

थाङ्का लेखन तथा उत्पादन र व्यबसाियक कार्यमा  शेर्पा, नेवार, तामाङ, ह्योल्मो आदिको सम्लग्नता देखिन्छ । पछिल्लो समयमा तराइ मूलका यादव र केही मात्रामा क्षेत्री समुदायले पनि थाङ्का लेख्ने देखि व्यापार गर्ने गरेका छन् ।  सर्लाही स्थायी घर भइ हाल स्वयम्भूमा रहेका दिनेश चौधरी भन्छन् ‘विगत १५ वर्षदेखि थाङका पेशामा संलग्न छु । हामीलाई बौद्ध दर्शनको बारेमा खासै थाहा छैन, अरुले गरेको काम देखेर थाङ्का चित्र कोर्न थालेको हुँ । यो  पेशा गरेको हुनाले बौद्ध देवीदेवता भने सजिलै चिन्दछु । र यही आधारमा थाङ्का लेख्न र बेच्न सजिलो भएको र यस पेशासबाट राम्रो आम्दानी समेत भएको छ ।’

थाङका पेशामा महिलाको आकर्षण 
थाङ्का चित्रकलाप्रति महिलाहरुको पनि सहभागिता त्यतिकै छ । यो कला पुरुष तथा महिला जोकोहिले लेख्न सक्ने भएको हुनाले यो पेशामा दुबैको उतिकै आकर्षण पाइन्छ ।  विशेषगरी यस पेशामा तामाङ महिलाहरुको आकर्षण बढ्दो देखिन्छ । तामाङ महिलाहरुको सहभागीत ३० देखि ४० प्रतिशतसम्म रहेको अनुमान रहेको छ । काठमाडौको डल्लुस्थित डोल्मा थाङ्का आर्ट ग्यालरीका शान्ति लामा आफ्नो अनुभव यसरी सुनाउँछिन्– ‘थाङ्का लेखनलाई पेशाको रुपमा अंगालेर नै मास्टरसम्मको अध्ययन गरेको र यस पेशामा कुनै किसिमको मानसिक तथा शारीरिक दबाब हुँदैन ।’ त्यसैगरी थाङ्का पेशामा नै संलग्न पेमा लामा पनि यस पेशामा लागेकोमा खुशी व्यक्त गर्छिन् । उनको कथन छ  ‘छोराछोरीलाई स्कुल पठाएर बाँकी रहेको समयमा थाङका लेख्छु, थाङ्का पेशा गरेर रोजगारी पनि हुने र आम्दानी पनि राम्रो रहेको छ ।‘ 
वैकल्पीक थाङ्का पेशा 
उच्चशिक्षा अध्ययनका लागि राजधानी काठमाडौंमा आउने युवाहरु अध्ययन सँगैसँगै थाङ्का पेशामा सहभागी हुने गरेको पाइन्छ ।  तर अध्ययन सके पछि भने उनीहरु यो पेशाबाट पलायन हुने गर्दछन् । विगत ५ वर्षदेखि थाङ्का लेखन पेशामा संलग्न रही उच्चशिक्षा हाशिल गर्न सफल तेर्साङ लामा अहिले थाङ्का पेशा छोडेर शिक्षण पेशामा आवद्ध छन्, । थाङ्का कलाकार पिर्तिमान तामाङको भनाइमा थाङ्का पेशा गर्नेले भन्दापनि व्यवसाय गर्नेले  कमाउने गरेका छन्, तर थाङ्का कलाकारले भने उचित मूल्य पाउन सकेका छैनन् । यस पेशामा पनि बिचौलीयाको ठूलो विगविगी रहेको छ ।  जसले गर्दा पनि युवाहरु यो पेशाबाट पलायन हुने गर्दछन् । 
थाङका पुजनीय वस्तु 
बौद्ध धर्मावलम्बीहरुका लागि थाङ्का पुजनीय बस्तु हो ।  जुन सुकै धार्मिक कार्य गर्दा थाङ्काको प्रयोग गर्ने बौद्ध परम्परा छ । यसकार बुद्ध धर्ममा थाङ्कालाई भतिmभावले हेर्ने गरिन्छ । थाङ्का बौद्ध दर्शनमा आधारित भइ लेखिने चित्रकला हो । जसले भगवान बुद्धको उपदेशलाई प्रतिनिधित्व गरेको हुन्छ । थाङकालाई बौद्ध धर्मावलम्बीहरुले बडो आदारका साथी लिइने गरिन्छ र यसको पूजा गरेमा पून्य प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । तर यस्तो मान्इतामा हरेक दिन खिया लाग्दै जानु दुखद् कुरा हो । 

प्रतिक्रिया