आज एका विहानै जयनन्द लामाको देहान्तको खबर फेसबुक वालमा देखेँ। निशब्द! मैले सुनिश्चित हुन खोजेँ। आफन्तजनलाई फोन गरेँ। सूचना गलत भइदिएन।
नेपाली कलाकारिताको क्षेत्रमा उचाइँमा रहेका कलाकार उनी निरन्तर पाँच दसकसम्म कला क्षेत्रमा विशेष गरी लोकगायन र अभिनयको क्षेत्रमा जमी रहे। जीवनको अन्तिम दिन र क्षणसम्म पनि उनीले कलाक्षेत्रमा नै सक्रिय जीवन बिताए। उनी निर्देशक र कलाकारहरूसँगै हिजो राती अबेर रातीसम्म पनि सुटिङको लागि पोखरा जाने योजना बनाउदै थिएँ। नयाँ कलाकारलाई निर्देशकहरूलाई परिचय गराउँदै थिए। सत्र वर्षकै उमेरमा उनी नेपाली फिल्मको क्षेत्रमा प्रवेश गरेका थिए- मनको बाँध (२०३०)बाट।
गीत लेखन, गायन, सङ्गीत, अभिनयको क्षेत्रमा उनी सदा समर्पित कलाकार हुन्। लोकगायनबाट उनी कलाकारिताको क्षेत्रमा प्रवेश गरेका थिए र यसै विधामा उनी शिखरमा पुगेका थिए।
गीत लेखन, गायन, सङ्गीत, अभिनयको क्षेत्रमा उनी सदा समर्पित कलाकार हुन्। लोकगायनबाट उनी कलाकारिताको क्षेत्रमा प्रवेश गरेका थिए र यसै विधामा उनी शिखरमा पुगेका थिए।
सेमरि छोर्ङान (मनमा सचेतना) निर्माण गरेर उनले तामाङ फिल्मको शुभारम्भ गरेका थिए। सो फिल्मको एउटा गीत ‘ङाला डाम्फु’ (मेरो डम्फु)मा उनले तामाङ संस्कृतिप्रति अगाध माया प्रदर्शन गरेका छन्। वास्तवमा नै डम्फु तामाङ साङ्गीतिक बाजा हो र तामाङ मौलिक संस्कृति सम्पन्न गर्न यो बाजा अनिवार्य हुन्छ। उनीले नै संगीतकार तथा गायक गोपाल योन्जनलाई यस गीत मार्फत् तामाङ समाजमा भित्र्याएका हुन्। तामाङ भाषी समुदायले गोपाल योन्जनलाई चिन्ने वा सम्झिने यो गीत मात्र हो। यस फिल्मको सेन्सर बोर्डमा बसेर मैले फिल्म ओके गरेको थिएँ। यो पहिलो तामाङ फिल्म भएता पनि यसको दाँजोमा पछिल्ला फिल्महरू पुग्न सकेका छैनन् भन्ने मेरो दावी हो। उनले तामाङ भाषामा एउटा एल्बम पनि निकालका छन्- बर्दो। तामाङ सङ्गीतको बारेका पनि एउटा पुस्तक प्रकाशित गरेका छन्- “नेपाली सङ्गीत वर्णमाला र तामाङ सङ्गीत अनुसन्धान”।
उनीसँग मेरो भेट वि.सं. २०४० तिरै भएको हुनु पर्दछ। छयालीस सालपछि भने हामी निकै नजिक भयो। डिबी लामालाई सामाजिकीकरण हामीले नै गरेका हौं। एक दिन उनी मकहाँ (म्हेंपी, नयाँबजार) आएर डिबी लामा जेलबाट छुटेको धेरै भइसक्यो, कसैलाई थाहा छैन र आफ्नतजनले पनि वास्ता पनि गरेको छैन भने पछि हामीले उनलाई सार्वजनीकरण गर्ने विचार गर्यौं। तामाङको सन्तान हुनाले हामीले एउटा समारोह गरेर उनीलाई महेन्द्र पुलिस क्लबमा उभ्यायौँ। सो गरे बापत बामपन्थी नेता सीताराम तामाङ लगायतका हामीहरू आलोचनाका पात्र भयौं। तत्कालीन पत्रपत्रिकाले हाम्रो खेदो खन्यो। पछि डिबी लामा तामाङ डम्फु समुहमा प्रवेश गरेर अध्यक्ष पनि भए (छयालीसमा यस संस्थाको स्थापना भएको थियो)। राजनीतिमा प्रवेश गर्दै उनी सांसद र मन्त्री पनि भए। यसमा जयनन्द लामाको निकै ठुलो देन रह्यो। तामाङ कलाकारहरूलाई संवर्धन गर्न तामाङ डम्फु समुह (पछि नेपाल तामाङ समाज बन्यो)को भूमिका निकै अहम् रहेको थियो।
वि.सं. पचासको दसकमा हामी निकै नजिक थियौँ। मेरो बसाइँ पुरानो बानेश्वरमा थियो। उनी नियमित जस्तै मकहाँ गफ गर्न आउँथे। अनि हामी एउटा रेस्टुरेन्टमा बसेर २/३ घन्टा नै गफ गर्दथ्यो। गफ समसामयिक विषयमा हुन्थ्यो विशेष गरी सामाजिक र फिल्मको सन्दर्भहरूमा। उनीले निर्देशन गरेका पछिल्ला फिल्महरू फल्प भएका थिए। उनी फिल्म हलमा नपुक्दै मेरो फिल्म फल्प हुन्छ भनेर अनुमान लगाउँथे।
सन् २०१७ तिर म अमेरिका पुगेको बेला डिकबहादुर तामाङ, जो अमेरिका स्थित नेपाली राजदूतावासामा निकै लामो समयसम्म कार्यरत् थिए, भेटिएँ। उनी नाताले मेरा सम्दी पनि पर्दा रहेछन्। उनीसँगको भलाकुसारीको क्रममा उनले ‘जयनन्दले अमेरिकामा ग्रिनकार्ड पाएका थिए तर सो नलिइकन उनी नेपाल फर्के। यस घटनाले उनको आफ्नो देशप्रतिको माया कति रहेछ भनेर देखाउँछ।
वि.सं. पचासको दसकमा हामी निकै नजिक थियौँ। मेरो बसाइँ पुरानो बानेश्वरमा थियो। उनी नियमित जस्तै मकहाँ गफ गर्न आउँथे। अनि हामी एउटा रेस्टुरेन्टमा बसेर २/३ घन्टा नै गफ गर्दथ्यो। गफ समसामयिक विषयमा हुन्थ्यो विशेष गरी सामाजिक र फिल्मको सन्दर्भहरूमा। उनीले निर्देशन गरेका पछिल्ला फिल्महरू फल्प भएका थिए। उनी फिल्म हलमा नपुक्दै मेरो फिल्म फल्प हुन्छ भनेर अनुमान लगाउँथे।
वास्तवमा उनी चेन स्मुकर नै थिए। रक्सी त उनी खान्थे तर एक गिलास सिध्याउन एक घण्टा नै लगाउँथे। पछिल्ला दुइ दसक हाम्रो भेटघाट औपचारिकतामा सिमित हुन्थ्यो। केही वर्ष अगाडि उनी मकहाँ आफ्नो जीवनवृत्ती लिएर आएका थिए र छतमा बसेर केही बेर सुखदुखमा कुरा गरेका थिए। पछिल्ला समय उनी टेली सिरियलामा बढी व्यस्त थिए।
यिनै शब्दका साथ म मेरा मित्र जयनन्द लामालाई श्रद्धाञ्जली अर्पण गर्दछु र पूर्खालोकमा उनको बास होस् भन्ने कामना गर्दछु।
११ फागुन २०७८