अमृत योञ्जन तामाङ

तामाङ भाषा विज्ञ हुनुहुन्छ । अनुसन्धानकर्ता र प्रशिक्षक मात्र नभै उहाँले आदिवासीहरुको मातृभाषा पाठ्यक्रम विकास निर्माण तथा पठनपाठन गर्ने सवालमा महत्वपुर्ण योगदान पुराउनु भएको छ । उहाँ लामोसमयसम्म शिक्षा मन्त्रालय अन्र्तगत सञ्चालित मातृभाषामा शिक्षा कार्यक्रमको प्राविधिक सल्लहाकार रहनु भयो, भने संयुक्तराष्ट्रसंघ विकास नियोग (युयानडिपि), अन्र्तराष्ट्रिय श्रमसंगठन, युनेस्को लगायत विभिन्न अन्र्तराष्ट्रिय संस्था तथा विकास नियोगमा अनुसन्धानकर्ता, प्रक्षिक्षक र कन्सल्टैन्टको रुपमा काम गर्नु भएको छ । यस्को अलवा विशेषगरी आदिवासीहरुको भाषाको विषयमा दजनौ पुस्तक, शब्दकोशहरु लेखन गर्नुभएको छ भने, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरबाट प्रकाशित जर्नलमा लेखहरु लेखन तथा सम्पादनको साथै सभा सम्मेलनहरुमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ । उहाँ आदिवासीहरुको विभिन्न संघसंस्थाहरुमा विशेषगरी तामाङ समुदायहरुद्धारा संचालित विभिन्न संघसंस्थाहरुमा सल्लाहकार हुनुहुन्छ ।थप जानकारीकालागि यहाँ क्लिक गर्नुहोस ।