अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालमा पनि विविध कार्यक्रम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ फागुन २०७१, शुक्रवार


फागुन ९, काठमण्डौं । आज अन्तराष्ट्रिय भातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठन नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत मातृभाषाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभन्न कार्यक्रम गर्दैछन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानले दिउँसो मातृभाषाको कविता महोत्सव गर्ने जनाएको छ । प्रतिष्ठान मातृभाषा विभाग प्रमुखका श्रवण मुकारुङका अनुसार प्रधामन्त्री सुशील कोइरालाले उद्घाटन  गर्ने महोत्सवमा ४६ मातृभाषाका कविता वाचन हुनेछन् । कार्यक्रमअघि विभिन्न जनजातिका झाँकी समेत प्रदर्शन गरिने मुकारुङले बताउनु भयो । यसअघि हिजो नेपाल प्रज्ञाप्रतिष्ठान र युनिस्कोको संयुक्त आयोजनामा मातृभाषा सम्बन्धि बिचार गोष्ठी आयोजना गरिएको थियो । गोष्ठिमा विभिन्न ६ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २ हजारदेखि मातृभाषा दिवस मनाउन थालिएको हो । सन् १९५२ मा तत्कालिन पूर्वी पाकिस्तानमा बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 

प्रतिक्रिया