इन्डिजिनियस टेलिभिजनकर्मी पाम सुनुवार पुरस्कृत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३२ साउन २०७८, सोमवार
इन्डिजिनियस टेलिभिजनकर्मी पाम सुनुवार पुरस्कृत

टेकबहादुर सुनुवार विष्णुमाया सुनुवार स्मृति कोषले हरेकवर्ष प्रदान गर्ने पुरस्कारबाट इन्डिजिनियस टेलिभिजनमा आवद्ध सञ्चारकर्मी पामबहादुर सुनुवार पुरस्कृत हुनु भएको छ । 

इन्डिजिनियस टेलिभिजन र आईटिभी नेपालका प्रमुख प्रविधिक सुनुवार कोइँचहरुको भाषा संस्कृति प्रवद्र्धन गर्न २००७ देखि सुनुवार आदिवासी समुदायकोलागि मुख्यरुपमा लक्षित सुनुवार डट ओआरजिका निरन्तर रुपमा सञ्चालन गर्दै आउनुभएको छ । 

टेकबहादुर सुनुवार विष्णुमाया सुनुवार स्मृति कोषले हरेकवर्ष प्रदान गर्ने पुरस्कारबाट इन्डिजिनियस टेलिभिजनमा आवद्ध सञ्चारकर्मी पामबहादुर सुनुवार पुरस्कृत हुनु भएको छ । 

सोही वेभ साइड मार्पmत पाम सुनुवार कोइँच भाषा संस्कृतिसम्बन्धि निरन्तर समाचार, साँस्कृतिक लेखरचना, विभिन्न साहित्यीक सिर्जनाका साथै कोइँच भाषाको पहिलो रेडियो कार्यक्रम किङ–लो चुप्लु, टेलिभिजन कार्यक्रम कोइँच चुप्लु, कोइँच म्युकि भिडियो, वृत्तचित्र प्रसारण, दोमोका दार्शो सेरेम फु, नाम्सि फु गीति एल्वमहरुको उत्पादन गर्नुका साथै कोइँचा भाषा लिपी प्रशिक्षणमासमेत अहम् भूमिका निर्वाह गर्नु भएकोले हुनुभएको हो । यही वेवसाइडबाट संसारभर छरिएर रहेका कोइँचहरुले कोइँचहरुको विशेष सूचना, जानकारी र मनोरञ्जन प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया