इन्डिजिनिय टेलिभिजनकर्मी यात्रुसमेत आठ सञ्चारकर्मीलाई फोनिज अवार्ड

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ साउन २०७८, बिहिवार
इन्डिजिनिय टेलिभिजनकर्मी यात्रुसमेत आठ सञ्चारकर्मीलाई फोनिज अवार्ड

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले  हरेक बर्ष प्रदान गर्ने आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)बाट इन्डिजिनियस भ्वाइसमा आवद्ध वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु, तामाङ सम्मानित हुनु भएको छ । उहाँ समेत अन्य आठजना पत्रकार र दुई पत्रिकालाई पनि सो अवसरमा पुरस्कार प्रदान गरिएको थियो । 

इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालका प्रमूख कार्यकारी कार्यक्रम निर्माता यात्रु फोनिज गठन हुन पूर्ब रहेको अनिजका संस्थापक उपाध्यक्ष हुनु हुन्छ ।  

फोनिज अवार्ड प्राप्त गर्नेमा प्रेस काउन्सिलका पूर्ब अध्यक्ष भवानी बराल पनि हुनु हुन्थ्यो । बराल धरानबाट पत्रकारिता गर्दे आउनु भएको छ । लिम्बूवान आन्दोलनमा समेत  सम्लग्न बरालका पहिचानजनित पुस्तक पनि प्रकासित छन् । 

सोही अवसरमा फोनिज अवार्डबाट नेवा भाषाकी समाचार वाचिका रचना श्रेष्ठ, जलजला रेडियो रोल्पाका मौसम रोक्काले पनि रेडियो बिधाको फोनिज अवार्ड प्राप्त गर्नु भएको छ ।  

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले  हरेक बर्ष प्रदान गर्ने आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)बाट इन्डिजिनियस भ्वाइसमा आवद्ध वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु, तामाङ सम्मानित हुनु भएको छ । उहाँ समेत अन्य आठजना पत्रकार र दुई पत्रिकालाई पनि सो अवसरमा पुरस्कार प्रदान गरिएको थियो । 

छापा, टेलिभिजन, रेडियो र अनलाईन बिधामा फोनिज अवार्ड प्राप्त गर्ने अन्यमा राजकुमार दिक्पाल,  आङदावा शेर्पा, तिलक पुन मगर, इन्द्रजीत मुखिया समेत हुनु हुन्छ । मातृभाषामा प्रकासित तान्छोक्पा (लिम्बु भाषा) र पहुरा (थारु भाषा) लाई पनि सो अवसरमा सम्मान गरिएको थियो । 

पुरस्कार वितरण समारोहमा बोल्दै सूचना आयोगका प्रमूख आयुक्त महेन्द्रमान गुरुङले आदिवासीहरुको पहिचानजनित पत्रकारिता आजको आवश्यकता भएको बताउनु भयो  । उहाँले सूचनाको हक कार्यन्वयनमा मातृभाषामा सूचना पाउने अधिकार सुरक्षित गर्न आफनो प्रयास जारी रहेको बताउनु भएको थियो ।  
फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मनोज घर्ती मगरले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष गजुरधन राईले राख्नु भएको थियो । 

कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डलाई पालना गर्दै आयोजना गरिएको कार्यक्रममा शुभकामनाका लागि नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टसमेतको उपस्थिति थियो । 

नेपाली पत्रकारितामा आदिवासी जन्य समाचार सामाग्री प्रेषणमा आदिवासी पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । देशभरी करीव ४ हजार आदिवासी पत्रकारहरु फोनिजमा आवद्ध रहेका छन् ।

प्रतिक्रिया