दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन आजबाट

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ साउन २०७८, बिहिवार
दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन आजबाट

दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन आजबाट शुरु भएको छ । यो सम्मेलन भदौ १७ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । सम्मेलनमा विश्वभरबाट करिव पाँच सय आदिवासी जनजाति महिलाको सहभागिता हुने आयोजनको भनाई रहेको छ । 

विश्वका आदिवासी जनजाति महिलाहरुको सञ्जाल, इन्टरनेशनल इन्डिजिनियस उमन्स फोरम (International Indigenous Women's Forum/Foro Internacional de Mujeres Indígenas) ले यो सम्मेलन आयोजना गरेको हो । 

‘लोक कल्याण र पृथ्वी आमाको लागि सँगसँगै’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनले विश्वव्यापीरुपमा आदिवासी जनजाति महिलाहरुबीच साझा सहमति निर्माण गर्ने र वृहत सामुहिक एजेण्डा निर्माण गर्ने अपेक्षा राखिएको छ । साथै आदिवासी जनजाति महिलाको व्यक्तिगत र सामुहिक अधिकारसम्वन्धी कमीकमजोरीहरु, सुधार गर्नु पर्ने विषयहरु र चुनौतीहरुका सम्बन्धमा कसरी स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा पैरवी गर्ने भन्ने सम्बन्धमा बृहत छलफल हुनेछ । त्यसैगरी सम्मेलनले आदिवासी जनजाति महिलाहरुको आवश्यकता तथा प्राथमिकता अनुसार विश्वव्यापी एजेण्डाहरुको अनुगमनका लागि संयन्त्र र रणनीतिका सम्बन्धमा बृहत सहमति कायम गर्ने अपेक्षा छ ।

दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन आजबाट शुरु भएको छ । यो सम्मेलन भदौ १७ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । सम्मेलनमा विश्वभरबाट करिव पाँच सय आदिवासी जनजाति महिलाको सहभागिता हुने आयोजनको भनाई रहेको छ । 

सम्मेलनमा आदिवासी जनजाति महिलाहरुको अधिकारको पहिचान र संरक्षणका सम्बन्धमा राज्यहरुको प्रतिबद्धता र बाध्यकारी व्यवस्थाको सन्दर्भमा आएका चुनौती र कार्यान्वयनमा उनीहरुको सहभागिता, आदिवासी जनजातिका मुख्य मुद्दालाई मूलप्रवाहमा ल्याउन अन्तर्राष्ट्रिय राजनीतिक घोषणा तथा एजेण्डाको विकासका साथै विभिन्न तहमा आदिवासी जनजाति महिलाहरुको आन्दोलनको अवस्थाबारे पनि सम्मेलनले समीक्षा गर्ने छ ।

सम्मेलनमा नेपालबाट आदिवासी जनजाति महिलाको अधिकारका क्षेत्रमा काम गरिरहेका चारवटा संस्थाहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी महिला कानुनी सचेतना समूह, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ सहभागी हुँदैछन ।
 
प्रथम विश्व आदिवासी जनजाति महिला सम्मेलन सन् २०१३ अक्टोबरमा पेरुको लिमा शहरमा भएको थियो । उक्त सम्मेलनले लिमा अडानपत्र तथा कार्ययोजना जारी गरेको थियो ।

प्रतिक्रिया