दोलखाकी लक्ष्मी तामाङ बनिन् मिस तामाङ २०१५

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ माघ २०७१, सोमवार
दोलखाकी लक्ष्मी तामाङ बनिन् मिस तामाङ २०१५

सन्चु ब्लोन  

माघ १९, काठमण्डौं ।  दोलखाकी लक्ष्मी मोक्तान तामाङले मिस तामाङ २०१५ को ताज जित्नु भएको छ । एभरेष्ट फेसन होमद्धारा आयोजित मिस तामाङको आठौं संस्करणमा देशभरका ३३ प्रतियोगीलाई पछि पार्दै लक्ष्मी मिस तामाङ बनेकी हुन् । शनिबार सा“झ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा सम्पन्न प्रतियोगितामा लक्ष्मीले पुरस्कार स्वरुप ताज र विभिन्न उपहार पाइन् । उनलाई पछयाउ“दै मनीÈा योञ्जनले मिस टयालेन्टस“गै फस्ट रनरअप र सुजाता तामाङले सेकेन्ड रनरअपको ताज पहिरिन् ।

यस्तै, पारु गोलेले बेस्ट पर्सनालिटी, सजनी तामाङले वेस्ट ड्रेस, सरस्वती तामाङले फोटोजेनिक, नवाङ मोक्तानले बेस्ट क्याटवाक, पेमा घिसिङले डिसिप्लिन, निशा तामाङले ब्युटिफुल हेयर, छिरिङ लामाले एस.एम.एस भोटिङ, सोनम लामाले भ्युअर च्वाइस, जुना लामाले बेस्ट स्माइल, सुष्मा तामाङले मिस फ्रेन्डसिप, सन्तोÈी लोप्चनले अर्गनाइजर च्वाइस, बबिता तामाङले बेस्ट फिगर र संगीता पाख्रिनले ब्युटी विथ पर्पोजको उपाधि पाए ।
मिस तामाङको निर्णायकहरुमा व्यवसायी तामाङ, दानबहादुर तामाङ, विद्यार्र्थी नेता नवीना लामा, सञ्चारकर्मी रोजी लोप्चन तामाङ लगायत थिए । नया“ पुस्तामा तामाङ संस्कृति र मौलिकता प्रवद्र्धन गराउने उदेश्यल प्रतियोगिता गरिएकोे आयोजक एभरेस्ट फेसन होमकी अध्यक्ष रन्जिता ब्लोन बताइन् ।  

प्रतिक्रिया