टुँडिखेलमा मगरको माघी मनाइने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ पुष २०७२, शुक्रवार
टुँडिखेलमा मगरको माघी मनाइने

काठमाडौ

मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे संक्रान्ति माघ १ र २ गते काठमाडौं टुँडिखेलमा महोत्सवको रुपमा मनाइने भएको छ । नेपाल मगर संघ केन्द्रीय समिति लगायत काठमाडौं उपत्यकामा क्रियाशील मगर संघ संस्थाहरुको संयुक्त आयोजनामा माघे संक्रान्ति मनाइन थालिएको हो । जसमा मगर महिला संघ, मगर विद्यार्थी संघ, सांस्कृतिक संघ, युवा संघ, सम्पर्क समन्वय आबद्ध संस्थाहरु मगर समाज गंगबु, ललितपुर मगर सेवा समाज, म्याग्दी मगर समाज, मगर चलचित्रकर्मी संघ, मगर संघ काठमाडौँ, ललितपुर आदिको संयुक्त आयोजनामा कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रममा एक सय भन्दा बढी प्रदर्शनी तथा खानपिन एवम् पुस्तकहरुको स्टलहरु राखिनेछ 

महोत्सवमा मगरहरुको परम्परागत खानाहरुको परिकार, मौलिक पोशाकहरुको प्रदर्शनी, लोकदोहोरी प्रतियोगिता लगायतका सांस्कृतिक गतिविधिहरुका साथ आयोजना गरिने आयोजकहरुले जानकारी दिएका छन् । कार्यक्रममा एक सय भन्दा बढी प्रदर्शनी तथा खानपिन एवम् पुस्तकहरुको स्टलहरु राखिनेछ । यस कार्यक्रमको व्यवस्थापनका लागि रक्षबहादुर रैकामगर, संयोजकत्वमा एक सचिवालय बनाइएको छ । जसको सदस्यमा राजेन्द्र थापामगर, नरबहादुर रानामगर, पद्मा आलेमगर, गंगा खासुमगर, खड्ग बुढामगर, होमराज खपाङ्गी मगर छन् । यसअघि खुलामञ्चमा मगरहरुले माघी मनाउँदै आएकोमा यसपाली थारुहरु खुलामञ्च तथा दशरथ रंगशालामा गरी दुइ ठाउँमा माघी महोत्सव मनाउँदै छन् । 

प्रतिक्रिया