मधेसीहरुप्रति सहानुभुतिभन्दा भारतको विरोध गर्ने मसला

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० मंसिर २०७२, बिहिवार
मधेसीहरुप्रति सहानुभुतिभन्दा भारतको विरोध गर्ने मसला


तुलानारायण साह

आजकल नेपाली समाजमा बोल्नुपर्ने र गर्नुपर्ने केही कामहरुको बाँडफाँट भएको छ । कोशी पश्चिम भारदह लगायत सप्तरीका विभिन्न ठाउँमा हालै नेपाली प्रहरीहरुले आन्दोलनकारीमाथि गोली चलाउँदा एकथरीलाई बढी दुख्यो । तिनीहरु बढी बोले । लगत्तै कोशी पूर्व भारतीय प्रहरीहरुले अर्काथरी मधेसीहरुमाथि गोली प्रहार गर्दा अर्का थरी मानिसहरु बढी बोलिराखेका छन् । तर तिनलाई दुखेको भने कम छ । ती बोलीहरुमा घाइते मधेसीहरुप्रति सहानुभुतिभन्दा पनि भारतको विरोध गर्ने एक मसला पाएकोमा स्पष्ट हुन्छ ।

हामी मध्ये कसैलाई सप्तरीको घटना सामान्य लाग्छ भने, कसैलाई सुनसरीको । कसैले सुनसरीमा बढी अन्याय देख्छ भने कसैले सप्तरीमा । हाम्रा चिन्तनहरु सम्प्रदायको आधारमा विभाजित हुन पुगेको छ, जुन दुर्भाग्यपूर्ण छ । तर यथार्थ के हो भने ती दुबै विषय समाज र राज्यबीचको सम्बन्धसँग जोडिएका विषयहरु हुन् । सीमान्चलका बासिन्दाहरुको लागि प्रहरी प्रशासनको ज्यादती कुनै नौलो होइन । करीब चार बर्ष पहिले सप्तरीको बिसनपुर गाउँमा अखिलेन्द्र यादव नामका युवालाई सीमापारीबाट एक बोरा मल ल्याउँदा प्रहरीसँग विवाद गरेको आरोपमा नेपालका शसस्त्र प्रहरीले गोली हानी मारिदिएका थिए । अहिले सुनसरीको भण्टाबारीमा पनि त्यस्तै घटना सुुनिएको छ ।

हामी मध्ये कसैलाई सप्तरीको घटना सामान्य लाग्छ भने, कसैलाई सुनसरीको । कसैले सुनसरीमा बढी अन्याय देख्छ भने कसैले सप्तरीमा । हाम्रा चिन्तनहरु सम्प्रदायको आधारमा विभाजित हुन पुगेको छ, जुन दुर्भाग्यपूर्ण छ । तर यथार्थ के हो भने ती दुबै विषय समाज र राज्यबीचको सम्बन्धसँग जोडिएका विषयहरु हुन् ।

दुबै घटनामा केही समानताहरु छन् । दुबैमा प्रहरीले गोली चलाएको छ । दुबै घटनामा नागरिकहरुले प्रहरीमाथि आक्रमण गरेको कारण प्रतिरक्षाको लागि गोली चलाएको प्रहरीहरुको दाबी छ । घटनासँग सम्बन्धित थप केही सत्यहरु पनि छन् । जस्तो दुबै घटनामा नागरिकहरुले सरकारी नियमलाई उल्लघंन गर्ने प्रयास गरेको देखिन्छ । एउटामा जीविकोपार्जनको लागि भने अर्कोमा अधिकारको लागि । तर त्यसबाहेक पनि केही महत्वपूर्ण भिन्नता उल्लेख्य छ ।

सप्तरीमा घोषित जनआन्दोलन थियो, सुनसरीमा तस्करीको आरोप छ । सुनसरीका अधिकांश घाइतेहरुको कम्मरमुनि गोली लागेको छ भने सप्तरीमा अधिकांश मृतक र घाइतेहरुको कम्मरमाथिको भागमा मात्र गोली लागेको छ । भारदह लगायत सप्तरीको घटनामा प्रहरीले लाठी चलाएनन्, केवल अश्रु ग्याँस र गोली मात्र चलाए । नेपालमा आन्दोलन सकिएला तर सिमान्चलमा वारीपारी गएर किनमेल कहिल्यै रोकिनेवाला छैन । त्यसैले मैले भन्दै आएको मधेस भित्र पनि तिनवटा मधेस छ । पहिलो राजमार्ग वरिपरि, दोश्रो सिमा क्षेत्र र तेस्रो बीचको । सिमा क्षेत्रको समाज, अर्थराजनीति र समाज, राज्यबीचको सम्बन्धको बारेमा उदार दिलका साथ थप छलफल हुनुपर्छ । नभए जटिलता बढ्दै जानेछ ।

प्रतिक्रिया