जेलमा पुस्तक लेख्दै लक्ष्मण थारु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ असोज २०७२, बुधवार
जेलमा पुस्तक लेख्दै लक्ष्मण थारु

धनगढी

टीकापुर घटनामा पक्राउ परेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय सदस्य लक्ष्मण थारु जेल बसाइको एक महिनामा पुस्तक तयार पारेको बताएका छन् । भदौ २३ गते भैरहवाबाट पक्राउ गरिएका उनी हाल जिल्ला कारागार कैलालीमा पुर्पक्षका लागि थुनामा छन् ।

इण्डिजिनियस भ्वाइससंग टेलिफोन कुराकानी गर्दै फोरम (लोकतान्त्रिक) को राजनीतिक समितिको सदस्य समेत रहेका लक्ष्मण थारुले भने– हामीहरुलाई विना कुनै प्रमाण भुठा मुद्धामा फँसाइएको छ । तर जेल बसाइ पनि लाभदायक हुँदैछ । एक महिना बसाईमा राजनीतिक बिषयबस्तु समेटिएको पुस्तक लेखेर तयार गरेको छुँ । रिहाइ लगत्तै सम्पादन गरेर प्रकाशित गर्नेछुँ । अर्को प्रसंगमा लक्ष्मण थारुले पार्टी सरकारमा गएकोले छिटै रिहा हुने पनि बताए ।

लक्ष्मण थारुले भने– हामीहरुलाई विना कुनै प्रमाण भुठा मुद्धामा फँसाइएको छ । तर जेल बसाइ पनि लाभदायक हुँदैछ । एक महिना बसाईमा राजनीतिक बिषयबस्तु समेटिएको पुस्तक लेखेर तयार गरेको छुँ ।

लक्ष्मण थारुसंगै मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का कैलाली क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर चौधरी तथा क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा कैलालीका जिल्ला अध्यक्ष लाहुराम चौधरी सहित २० जना  पुर्पक्षका लागि थुनामा छन् । रामप्रसाद चौधरी फोरम (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरीका आफ्नै भतिजा हुन् । पार्टी सुत्रका अनुसार अवको मंत्रीमण्डल बिस्तारमा रामजनम चौधरी पनि मंत्री हुने सूचीमा छन् ।

प्रतिक्रिया