संविधान जारीः कतै दीपावली, कतै ब्ल्याक आउट

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी३ असोज २०७२, आइतवार
संविधान जारीः कतै दीपावली, कतै ब्ल्याक आउट

काठमाडौ

अन्धा र बहिरोहरु दीपावली मनाइरहेछन्
देश खाने किरोहरु दीपावली मनाइरहेछन्
हेर्नुस् दूर्दशा देशको, घरभित्र आगो लगाएर
नेपालका निरोहरु दीपावली मनाइरहेछन् ।

दाङदेउखुरीका कवि छविलाल कोपिलाले असोज ३ गते फेसबुकमा अपडेट गरेको कविताको पंक्ति हो यो । केहीले संविधान २०७२ जारी भएकोमा दीपावली मनाउने तर्खर गरिरहँदा उनी भने सिर्जनामार्फत् संविधानको विरोध गरिरहेका थिए । नेपाली नेताहरुको तुलना रोम जलिरहँदा पनि बाँसुरी बजाउन मग्नमस्त निरोहरुसंग गरिरहेका थिए ।
दाङदेउखुरीकै अर्का कवि खगेश्वर भण्डारी तान्का पोष्ट गरे

असोज ३
कोतपर्व
ईतिहासको एक खण्ड
श्री ३ को उदय ।

भण्डारीले ३ दलका मुखियाहरुलाई श्री ३ को उपमा दिए । सिन्धुलीका अधिकारकर्मी काजीमान थिङ भने असोज ३ गते नेपालीहरुको कालो दिन हो भन्ने हस्तलिखित पोष्ट फेसबुकमा अपडेट गरिरहेका थिए (हेर्नुहोस् तस्विर) । उता कञ्चनपुरकी अधिवक्ता गीता दृष्टि विलौना गर्दै थिइन्, मेरा दौतरीहरु बस्ने घर जलेको छ । असोज ३ गते आजको दिन मेरा थारु साथीले मनाउने अटवारी, जुन दाजुभाइ, दिदीबहिनीको भातृत्व, सद्भाव र मेलमिलापको लागि मनाइन्छ, त्यो दिन सेना परिचालन र कर्फयु लागेको छ । मेरा मधेसी मित्रहरुले गणेश चतुर्थीलाई शोकमै बिदा गर े। चाडवाड सबैको हो भन्थे तर यो दीपावली कसैले उज्यालो दिन भन्दै मानाउँदैछन्, कसैले कालो दिन । हाम्रो यो सुन्दर शान्त नेपाल, अब म कथित नागरिकले कसरी भन्ने ? कुन आधारमा भन्ने ?

अनुसन्धाकर्मी मनु ठाडा मगर, नेपालको संविधान जारी भएको दिनलाई एकै वाक्यमा कटाक्ष गरे, कागलाई बेल पाक्यो, हर्ष न बिस्मात । 

अनुसन्धाकर्मी मनु ठाडा मगर, नेपालको संविधान जारी भएको दिनलाई एकै वाक्यमा कटाक्ष गरे, कागलाई बेल पाक्यो, हर्ष न बिस्मात । उता बर्दियाका औषषी व्यावसायी विजेन्द्र दहित ६५ प्रतिशत जनताको विरुद्धमा जारी हुन लागेको संविधानले निम्त्याएको कालो दिन, देशभर कालो पट्टि बाँधी विरोध शुरु गर्नुपर्छ भनेर कालो पट्टि बाँधेको तस्विर अपलोड गरेका थिए ।

ककटेल सम्झौता

मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र गिरि कोपिलाको फेसबुकमा लामै कमेण्ट थियो, जसमा उनले लेखे, आज जारी हुन लागेको संबिधान तीन पार्टीका राजनितिक स्वार्थ र सत्ता रणनितिको खिचडी वा ककटेल सम्झौता मात्रै हो । यो तीन दलको राजनितिक सहमतिको दस्ताबेज हो उनिहरु नै भन्दै छन् । जनताका प्रतिनिधिले बनाएको संविधान हो भन्दैमा यो उत्तम हुन्छ भन्न सकिन्न । तसर्थ असोज ३ गते काङ्ग्रेस, एमाले र माओबादीहरुले फुर्केर दीपालली गर्नु जति स्वाभाविक देखिन्छ, त्यति नै तीन दल बाहेकका अरु शक्तिहरुले आजको दिनलाई कालो दिवस मनाउनु पनि स्वाभाविकै देखिन्छ ।

गजल गिरिको थप टिप्पणी छ, यो संविधान केवल कुनै एनजिओ वा कुनै ब्यापारिक कम्पनीको बिधान वा कार्यविधि जस्तो मात्र देखिन्छ । राष्ट्रिय सहमतिको दस्ताबेज भन्न मिल्ने फराकिलोपन र व्यापक दृष्टि यो संविधानमा छैन । नेपाली समाज र संस्कृतिको मौलिक अनुहार यो संबिधानमा झल्किएको छैन । यो संविधान युरोपेली साम्राज्यबादी शक्तिसित लडेर आफ्नो अस्तित्व र मौलिकता जोगाउंदै आएको नेपालजस्तो स्वाभिमानी देशको मौलिक संविधान नभएर युरोपेली शक्तिको उपनिवेश रहेको, आफ्नो धर्म संस्कृति र मूल्य मान्यता हराएको कुनै अफ्रिकन वा ल्याटिन अमेरिकन देशको संविधान जस्तो देखिन्छ । यो संविधान युरोपेली सिद्धान्तहरुलाई नेपालमा जबरजस्ती थोपरेर बनाइएको मात्र हो । यसले नेपाललाई नेपाली सस्कृति र मूल्यमान्यताको संरक्षण गर्दै अघि बढ्ने प्रेरणा दिदैन । जसले २०४७ सालको संविधान बनाए र आफै असफल पारे तिनै पात्रले बनाएको संविधानको हविगत यिनैको हातबाट उस्तै हुने निश्चित छ । यो नयाँ बोतलमा पुरानै रक्सी भरेर उपभोक्तालाई ठग्ने युरोपेली पुंजीबादको बाम्पन्थी प्रयोग मात्रै हो ।

असोज ३ गते बेलुकी माइतीघर मण्डलामा थारु बिद्यार्थी समाजको अगुवाइमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको संविधान जलाउने, कालो झण्डा देखाउने कार्यक्रम प्रहरीले बिथोलेको छ । 

असोज ३ गते बेलुकी माइतीघर मण्डलामा थारु बिद्यार्थी समाजको अगुवाइमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको संविधान जलाउने, कालो झण्डा देखाउने कार्यक्रम प्रहरीले बिथोलेको छ । प्रहरीले झण्डा, कालो पट्टी खोसेकोमा असोज ४ सो कार्यक्रम पुर्ण गरिने संजय चौधरी थारुले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीको कहर खेपिरहेका कैलालीका द्वारिका चौधरी लेख्छन्, असोज ३ गते धनगढीको हरेक गल्ली र चौक चौकमा सुरक्षा तैनाथ गरिएको छ । एक पक्षलाई रुवाएर, अर्को पक्ष यस्तो खुशीयाली मनाउन के जÞरूरी थियो र ? उता बर्दियाली थारु विकास मंचका अध्यक्ष सिताराम चौधरी थारु आदिबासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडा बर्गहरुको हक अधिकार र आत्मसम्मानलाई हत्या गर्दै बन्दै गरेको अर्थहीन संबिधानलाई बहिस्कार गर्दै असोज ३ को दिन हाम्रो लागि कालो दिनको रुपमा ईतिहास सम्झनेछ भनेका छन् ।

एकजना आदिवासी तामाङको आँखामा

एकजना आदिवासी तामाङको आँखामा नेपालको संविधान २०७२ शीर्षकमा भाषावीद अमृत योन्जन तामाङको टिप्पणी छ, संविधानको आवरण कथा हामी सबैलाई थाहा छ । तिन पार्टीका प्रमुखहरु सुशिल कोइराला, के.पी. ओली र पुष्पकमल दाहाल अर्थात् तिनजना बाहुनले यो संविधान बनाए र अरुले थप्पडी बजाए । हस्ताक्षर गर्ने बेलामा कमल थापा पनि सहभागी भएकाले यो बाहुनवादी संविधान हुनबाट बच्यो । तर नश्लवादी बन्न रोक्न सकिएन । गच्छदार भएको भए, त्यो आरोप पनि खप्नुपर्ने थिएन । तर उनलाई दुधमा परेको झिङा निकालेर फ्याकेझै अछुत बनाइदिए । १२५ जात जाति भएको मुलुकमा दुई जाति बाहुन, छेत्री, १२३ भाषा मुलुकमा एक मात्र (नेपाली) भाषी र आधा दर्जन धर्म भएको मुलुकमा एक धर्मालम्वी (हिन्दू) ले मात्र यो संविधान बनाए भन्न सकिने भयो । रैतीका रुपमा रहेका तामाङहरु २०६३ सालपछि जनता भएका थिए र यो संविधानले पनि जनताकै दर्जामा राख्यो । नागरिक हुन पाएनँ ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कृष्णराज सर्वहारी