सुरक्षाको हिसाबले हेरिए समाधान नआउने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ भदौ २०७२, शुक्रवार
सुरक्षाको हिसाबले हेरिए समाधान नआउने


भोजराज पोखरेल

जताततै आन्दोलनको अवस्थामा संविधान नआओस् नै भन्छु म । आइहाल्यो भनेदेखि त्यसले झन् आन्दोलनलाई उर्जा दिने पो देखिराखेको छु त । त्यसैले अहिलेको परिस्थितिलाई यथावत राखेर संविधान ल्याउने भनेको चाहिँ थप आन्दोलनमा मुलुक लैजान खोजेको हो कि जस्तो लागिराखेको छ ।

थारु आन्दोलनकारीले आफ्नो आन्दोलन जारी राखेको बताइरहेका छन् । तर आन्दोलन त भएकै रहनेछ । यदि भएको हुँदो हो त, काठमाडौंले सुनिहाल्थ्यो नि । किनभने कतैको आन्दोलन सुनियो, सुनुवाई भयो । थारुहरुको आन्दोलन त भएकै रहनेछ । र, त काठमाडौंले सुनेन । त्यसैले काठमाडौंले कस्तो आन्दोलन खोजेको हो, त्योबारे सोच्ने हो कि ?

नहुनुपर्ने टीकापुर घटना भयो । त्यो घटना त्यसै भएको होइन । हजारौं वर्ष गाँसिएर आएर भएको घटना हो । तर यी कुरा बुझाउनलाई अझै पनि गाह्रो भइरहेको छ । शासकका कान अझै बाक्लो छ कि जस्तो लाग्यो, सुन्ने अवस्थामा छैनन् । लिने र दिने जुन परिस्थिति बन्यो, त्यो नै सबैभन्दा खतरनाक बनिराखेको छ । लिडरसिपले मुलुकको यथार्थता बुझन सकिराखेको छैन, ग्याप छ । हाम्रो कमजोरी पनि छ । सत्ताको हतारो र बहुमतको मातले गर्दा खेरी यस्तो अवस्था आयो, त्यो नहुनुपर्ने थियो । नेताहरु त्यही भएर बहमतीयतिर धकेलिएका छन् ।

अहिलेको परिस्थित राजनीतिक हिसाबले हेर्न जरुरी छ । सुरक्षाको हिसाबले हेरियो भने समाधान आउँदैन । आन्दोलनकारीले शीर्ष नेताहरुलाई दबाब दिन पनि आवश्यक भएको देखेको छु । उनीहरुलाई पर्याप्त दबाब अहिले पनि पुगेको छैन । 

अहिलेको परिस्थित राजनीतिक हिसाबले हेर्न जरुरी छ । सुरक्षाको हिसाबले हेरियो भने समाधान आउँदैन । आन्दोलनकारीले शीर्ष नेताहरुलाई दबाब दिन पनि आवश्यक भएको देखेको छु । उनीहरुलाई पर्याप्त दबाब अहिले पनि पुगेको छैन । अहिलेसम्म उहाँहरुले के गर्नुभयो ? त्यो कुरा बुझ्न जरुरी छ । थरुहटको समस्याहरुलाई साँच्चिकै समाधान गर्ने हो भने समाधानहरु धेरै छन् ।

सबैले मुलुकको अवस्था साँचिक्कै मनन गर्ने हो भने समस्याका समाधानहरु छन् तर आत्मबोध गर्नको लागि हामी चुकेका छौँ । संविधान आएर द्वन्द्व निश्चित छ भने त्यसको विकल्पहरु खोज्नुप¥यो । समाजमा एक किसिमको आतंक फैलिएको छ, त्यसलाई सामान्यीकरण कसरी गर्ने ? त्यो पनि हामी सबैको जिम्मेवारी हो । दबाब नै सबैभन्दा ठूलो कुरा हो । बुझ्नु नपर्ने मान्छेले नबुझेको अवस्था हो ।

भदौ २१ गते काठमाडौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्व मुख्य निर्वाचन आयुक्त तथा नागरिक अगुवा पोखरेलको व्यक्त बिचार ।

प्रस्तुतीः बुनु चौधरी

प्रतिक्रिया