लिम्बुवान राज्यको माग गर्दै आमहडताल जारी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ भदौ २०७२, बिहिवार
लिम्बुवान राज्यको माग गर्दै आमहडताल जारी


काठमाडौ

लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको दुई दिने आमहड्तालको पहिलो दिन अरूण–सप्तकोशीपूर्वका नौ जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीहरू सडकमा उत्रेर यातायात, बजार, कलकारखना, शैक्षिक संस्था बन्द गर्न सक्रिय रहेका थिए । समितिबाट भदौ २४ र २५ गते लिम्बुवान आमहडतालको कार्यक्रम गरे अनुरुप आमहडताल जारी रहेको छ । किरात याक्थुङ चुम्लुङसहित सात राजनीतिक दलआबद्ध सङ्घर्ष समितिले आमहड्ताल गरेका हुन् ।

बन्दका कारण लामा तथा छोटा दूरीका सवारी साधनहरू चल्न सकेनन् । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले भने, ‘प्रतिगमनकारी १६ बुँदे र सात प्रदेशको खाकाले लिम्बुवानको ऐतिहासिकतालाई उपेक्षा गरेका कारण आन्दोलित भएका हौं ।’ पार्टीको लिम्बुवान प्रदेश समिति अध्यक्ष समेत रहेका चेम्जोङले लिम्बुवान आन्दोलन निर्णायक चरणमा प्रवेश गरिसकेको जनाउँदै भदौ २५ गतेसम्म राज्यबाट कुनै प्रतिक्रिया नआए कडा सङ्घर्षको कार्यक्रम घोषणा गर्ने बताए ।

बन्दका क्रममा धरान र इटहरीमा साँझ केही तनाव बढे पनि कुनै मानवीय क्षति भने नभएको समितिका सदस्य एवम् राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी सचिव विवेक राईले जानकारी दिए ।

यसैगरी, धरानमा प्रदर्शनकारीहरूले बन्दको अवज्ञा गरेको भन्दै करिब दुई सय सवारी साधन कब्जामा लिएर साँझ अबेर छाडिदिएका थिए । त्यस्तै, चतरा लाईनमा तीनवटा पसलहरूमा समेत तोडफोड गरी क्षति पु¥याएका थिए । बन्दका क्रममा धरान र इटहरीमा साँझ केही तनाव बढे पनि कुनै मानवीय क्षति भने नभएको समितिका सदस्य एवम् राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी सचिव विवेक राईले जानकारी दिए ।

    यस्तै व्यङ्ग्यात्मकल साङ्केतिक आन्दोलन स्वरुप लिम्बुवान आमहड्तालको पहिलो दिन धरानमा आन्दोलनकारीहरूले सडकमै फुटबल खेलेका छन् । फुटबलमा पहिचानविरोधी, लिम्बुुवानविरोधी, धर्मनिरपेक्षताविरोधी र तीन ठूला दलका शीर्षस्थ नेताहरूको नाम उल्लेख गर्दै भानुचौकमा सडक फुटबल खेलिएको समितिका सदस्य सविना याम्फूले बताइन् ।

बिहीबारको.बन्दमा इलामसहित पा“चथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र संखुवासभाको जनजीवन प्रभावित बन्यो । लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन सञ्चालन भएनन् । बजार, पसल, उद्योग, कलकारखाना तथा शैक्षिक संस्था ठप्प रह्यो । ‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान’ भन्ने मूल नाराका दोश्रो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत संघर्ष समितिले पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको हो ।

विभिन्न आठ राजनितिक दल र संघसंस्था सम्मिलित संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुणपूर्वको भूभागलाई लिम्बुवान घोषणा गरिनु पर्ने माग गरेको छ । त्यस्तै धर्मनिरपेक्षताको निरन्तरता, राष्ट्रिय जनावर परिवर्तन, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र र राज्यको सबै अंगमा समानुपातिक समावेशी सुनिश्चितता, युएनड्रीप, अन्तराष्ट्रिय श्रम संगठन १६९ कार्यान्वयन, विशेष संरक्षित क्षेत्रको स्थापना, बहुभाषिक शिक्षा नीति लगायतको माग अघि सारेको छ । त्यस्तै लिम्बुवान क्षेत्रमा थातथलो खुलेका समुदायहरुको विशेष स्वयत्त क्षेत्र वा संरक्षित क्षेत्र साथै गैरभौगोलिक क्षेत्रहरुको सुनिश्चितता हुनुपर्ने माग राखेको छ ।

भदौ २४ गते लिम्बुवान संयुक्त सङ्घर्ष समितिले घोषणा गरेको आन्दोलनकै बेला सुनसरीको मध्य भागमा बसोबास गर्ने राजधामी समुदायले समेत लिम्बुवान आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ । 

चार दलको सहमतिमा अरुण कोशी पश्चिमका उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुसमेत समेटेर पुर्वमा १ नम्बर प्रदेशको सीमांकन गरेपछि कोशी पुर्वका ९ जिल्लामात्रै लिम्बुवान राज्य घोषणाको माग गरिरहेका लिम्बुवानवादी संगठनहरु आन्दोलनमा छन् । सीमांकनप्रति असन्तुष्टी जनाउ“दै लिम्बु जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको पहलमा भदौ पहिलो साता लिम्बुवानवादी दल र संगठनहरुको संयुक्त संघर्ष समिति गठन भएको थियो ।

संघर्ष समितिमा एमाओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा एकीकृत सम्बद्ध लिम्बुवान स्वशासित संघ (एकीकृत), संघीय लिम्बुवान पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, संघीय गणतान्त्रिक जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान राज्य परिषद, संघीय लिम्बुवान पार्टी, नेपाल, संघीय समाजवादी फोरमसम्बद्ध लिम्बुवान प्रदेश समिति र सामाजिक लोकतान्त्रिक पार्टी समेत छन् । संघर्ष समितिले भदौ पहिलो सातादेखि नै सुनसरीको धरानबाट लिम्बुवान कब्जा अभियान पनि सुरु गरेको छ ।

राजधानीमा सांकेतिक धर्ना

अरुणपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वयत्त राज्य माग गर्दै आएका लिम्बुवान संयुक्त सङ्घर्ष समितिले राजधानी माइतिघर मण्डलामा भदौ २४ गते साङ्केतिक धर्ना कार्यक्रम गरेको छ । शान्तिपूर्ण साङ्केतिक धर्नामा ‘लिम्बुवान स्वयत्तता सुनिश्चित गर’ भन्ने प्ले कार्ड बोकर आन्दोलनको सहभागीहरु उभिएका थिए

लिम्बुवान आन्दोलनलाई राजधामी समुदाय समर्थन

पूर्वी नेपालमा लिम्बुवान आन्दोलन चर्किदै जाँदा यसप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न आदिवासी समुदायले समर्थन गर्ने क्रम जारी छ । भदौ २४ गते लिम्बुवान संयुक्त सङ्घर्ष समितिले घोषणा गरेको आन्दोलनकै बेला सुनसरीको मध्य भागमा बसोबास गर्ने राजधामी समुदायले समेत लिम्बुवान आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ । बक्लौरीमा नेपाल राजधामी उत्थान मञ्च र सङ्घर्ष समितिबीच सम्पन्न संवादले लिम्बुवान प्रदेशको स्थापना र त्यसभित्र राजधामी स्वायत्त क्षेत्र सुनिश्चितताका लागि एकसाथ आन्दोलित हुने निष्कर्षमा पुगेको सहजकर्ता भवानी बरालले बताए ।

लिम्बुवान मिडिया मिसनबाट

प्रतिक्रिया