शेर्पा प्रदेशको माग गर्दै बन्द कार्यक्रम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२० भदौ २०७२, आइतवार
शेर्पा प्रदेशको माग गर्दै बन्द कार्यक्रम


काठमाडौं

संघीय समाजवादी फोरम नेपालको शेर्पा प्रदेश समितिले शेर्पा प्रदेश कायम गर्न माग गरेको छ । पहिलो संविधानसभाले गठन गरेको राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको १४ प्रदेशलाई यथावत राख्दै सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, भोजपुर र संखुवासभा जिल्लामा पर्ने भूभाग समेटेर शेर्पा प्रदेश कायम गर्न माग गरिएको हो ।

माग सम्बोधन नगरिए भदौ २७ र २८ गते दुई दिन शेर्पा प्रदेश वन्द गर्ने घोषणा गर्ने निर्णय गरेको छ । वन्दको कार्यक्रमलाई सफल पार्न सोलुखुम्बुका लागि जिल्ला उपाध्यक्ष गंगा थापामगर र सचिव महेश रानामगर, त्यस्तै सोलुखुम्बुकै लुक्ला क्षेत्रका लागि उपाध्यक्ष वाङछु शेर्पालाई जिम्मा दिइएको छ । ओखलढुंगाका लागि संयोजक लाक्पाजी शेर्पा, आङकामी शेर्पा र सार्की शेर्पालाई जिम्मेवारी दिइएको छ । दोलखाका लागि जिल्ला अध्यक्ष नोर्साङ शेर्पा, रामेछापका लागि संयोजक युवराज भट्टराई र सोनाम तामाङ, संखुवासभाका लागि दिपक याख्खालाई जिम्मेवारी दिइएको  छ । समग्र आन्दोलनको संयोजन प्रदेश इन्चार्ज आङदेण्डी शेर्पाले गर्ने जनाइएको शेर्पा प्रदेश समितिका अध्यक्ष नोर्साङ शेर्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


 

प्रतिक्रिया