गिरफ्तार कार्यकर्ता रिहा नगरिए लिम्बुवान अनिश्चितकालीन बन्द गरिने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ भदौ २०७२, बुधवार
गिरफ्तार कार्यकर्ता रिहा नगरिए लिम्बुवान अनिश्चितकालीन बन्द गरिने


काठमाडौ
अरुण–संखुवा सप्तकोशी पूर्वका ९ जिल्ला लिम्बुवान राज्य संविधानमा हुनुपर्दछ भन्ने मागसहीत संघीय लिम्बुवान पार्टी, नेपालको भदौ १४ र १५ गते लिम्बुवान बन्दको कार्यक्रम शान्तिपूर्ण  रहेको जनाएको छ ।

बन्दको क्रममा विर्तामोडमा आन्दोलनरत पक्षले झापाका पत्रकार कृष्ण हुमागाँईलाई कुटपीट गरेको आरोपमा स्थानीय प्रशासनले पार्टीका ५ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मिलन बेघा, भीम राई, नीशा चापागाई, प्रविन लिम्बु र बलबहादुर मगर रहेको जनाइएको छ । गिरफतार गरिएकालाई अविलम्ब रिहाई गर्न आग्रह गरिएको छ । तत्कालै रिहा नगरिएमा भदौ १८ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द गरिने विज्ञप्तीमा जनाइएको छ ।

साथै, सो बन्दको सिलसिलामा विर्तामोडमा आन्दोलनरत पक्ष र पत्रकार कृष्ण हुमागाँईवीच केही असमझदारीका कारण हुन गएको घट्नाप्रतिले पार्टीले दुःख ब्यक्त गरेको छ । पार्टीका महासचिव सूर्य माखिमद्वारा भदौ १६ गते प्रेषित विज्ञप्तीमा भनिएको छ–आन्दोलनकारीहरुले झापा विर्तामोडको मुक्ति चौकलाई सवारी साधन निषेधित क्षेत्र बनाई बसिरहेको बेलामा पत्रकार कृष्ण हुमागाईले पत्रकारको परिचयपत्रसमेत नबोकी र सवारी साधनमा प्रेससमेत नलेखि श्रीमतिसहित आए । सवारी साधन निषेधित क्षेत्रमा प्रवेश गर्दा आन्दोलनकारीहरुले उहाँलाई सम्झाउने प्रयास गर्दा उहाँको श्रीमतिले आन्दोलनकारीहरुलाई एकपक्षीय रुपमा हातपात भएपछि सो दुखद घट्ना हुन पुगेको हो । गिरफ्तार गरिएकालाई तुरुन्त रिहा गर्नुपर्छ ।

   संघीय लिम्बुवान पार्टीका महासचिव सूर्य माखिमद्वारा प्रेषित विज्ञप्तीको पूर्ण पाठको लागि यहाँ क्लीक गर्नुहोस्

प्रतिक्रिया