आफ्नो ज्यान मार्न ललकारे लक्ष्मण थारुले

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० भदौ २०७२, बिहिवार
तस्विरः थारुवान डटकम



काठमाडौ
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हतियार उठाउने चेतावनी दिएका छन् । उनले सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छन् भने आफूलाई मार्न चेतावनी दिएका छन् । ‘टीकापुरमा छु, सक्छौं भने हामीलाई मार । किन थारुको घरमा आगो लगाउँछौं ?’ उनले आफ्नो फेसबुकमा स्ट्याटसमा लेखेका छन् । साथै, उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको प्रतिरोध भएको उल्लेख गरेका छन् ।

वार्ताको लागि शर्त

यसैगरी, थारूवान, थरुहट संयुक्त संघर्ष समितिले वार्ताको लागि ४ शर्त अघि सारेको छ । जारी आन्दोलनका क्रममा गिरफ्तार कार्यकर्ता र समर्थक छाड्नुपर्ने, मुद्दाहरू फिर्ता हुनुपर्ने, सेना परिचालन फिर्ता लिनुपर्ने, बेपत्ता थारूहरू सार्वजनिक गर्नुपर्ने, कफ्र्यु लागेका बेला घर र पसलमा भएका तोडफोडको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पूर्वसर्त राखिएको हो । ‘यी सर्तहरू पूरा नभएसम्म वार्तामा बस्नुको कुनै औचित्य छैन,’ थारू कल्याणकारिणी सभा अध्यक्ष धनीराम चौधरीले बताए । यता सरकारले वार्ता टोली गठन नगरी सतही रुपमा वार्ताको लागि आह्वान गरेको छ ।

प्रतिक्रिया