सहीद घोषणा गर्न माग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ भदौ २०७२, बिहिवार

                         
काठमाडौ                                                               
थरुहट थारुवान संयुक्त संघर्ष समितिबाट कैलालीको धनगढीमा साउन ३२ गते आयोजना गरिएको जनसभामा जाँदै गर्दा अखण्ड पक्षधर समूहले सांघातिक आक्रमण गर्दा सख्त घाइते भएका थापापुर–२ महदेउलीका चिन्कु डंगौरा थारुको भदौ १ गत निधन भएको छ । उनी शिक्षण अस्पताल महाराजगंजमा उपचाररत थिए ।
थरुहट थारुवान संयुक्त संघर्ष समितिले विज्ञप्ती जारी गर्दै मृतकलाई अविलम्व सहीद घोषणा गरी उचित क्षतिपूर्ती उपलब्ध गराउन सरकारसंग माग गरेको छ । साथै, आन्दोलनको क्रममा घाईते भएका आन्दोलनकर्मीहरुको उपचारको लागि निःशुल्क व्यवस्था गर्न पनि माग गरिएको छ । दोषीलाई पक्राउ गरी कारवाही गर्न तथा अधिकारका लागि भईरहेको शान्तिपूर्ण आन्दोलनमा गृह प्रशासनबाट दमन, धरपकड नगर्न पनि विज्ञप्तीमा जनाइएको छ ।

आक्रमणप्रति फोनिजको ध्यानाकर्षण

अर्को समाचार अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का साधारण सदस्य तथा कैलालीस्थित घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र समाचार प्रमुख निलम चौधरीमाथि अखण्ड पक्षधरबाट साउन ३२ गतेका दिन अघि सांघातिक आक्रमण भएको घटनाप्रति फोनिजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
फोनिजका महासचिव गजुरधन राईद्वारा भदौ २ गते प्रेषित विज्ञप्तिमा भनिएको छ–  समाचार संपे्रषणको काममा संलग्न संचारकर्मीमाथी कुनै पक्षबाट कुनै प्रकारको अवरोध सिर्जना गर्नु हुदैंन । संघीयताको वहस भइरहेको अवस्थामा सबैले आफ्नो हक अधिकार खोज्नु स्वभाविक नै हुन्छ । यस्तो अवस्थामा निष्पक्ष र स्वतन्त्र समाचार सम्प्रेषण गरेकै आधारमा धम्की दिने, आक्रमण गर्ने जस्तो निन्दनीय कामको फोनिज घोर भत्र्सना गर्दछ । आक्रमणमा संलग्नहरुको छानवीन गरी दोषीमाथि कडा कारबाही गर्न पनि फोनिजले माग गरेको छ ।

प्रतिक्रिया