मस्यौदा संविधानमा चेपाङको अस्तित्व पाएका छैनाँै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ भदौ २०७२, मङ्गलवार
मस्यौदा संविधानमा चेपाङको अस्तित्व पाएका छैनाँै

                                 जितेन्द्र चेपाङ,
                         केन्द्रिय अध्यक्ष, नेपाल चेपाङ संघ

 

मस्यौदा संविधानमा तपाईले आफनो समुदायको अस्तित्व कहाँ पाउनु भएको छ ?

जसरी हामीले सोचेका थियौँ चेपाङ स्वायत्त क्षेत्रका कुरा, यो मस्यौदामा चेपाङको अस्तित्व पाएका छैनाँै । अहिले ६८ हजार ३९९ जनसंख्या छ चेपाङको । चेपाङहरु ९ वटा जिल्लामा बसोबास गरे पनि मुख्यतः गोरखा, धादिङ, चितवन, मकवानपुर चारवटा जिल्लामा बस्छन् । चारवटा जिल्लालाई जहाँ राखे पनि एउटै ढिक्कामा राख्नुपर्छ भन्ने हाम्रो माग थियो । तर गोरखालाई टुक्रयाइएको छ । यो धादिङ, चितवन मकवानपुरलाई पनि काठमाडौँको प्रदेशसँग जोडिएको छ । त्यसैले यसले चेपाङको प्रतिनिधित्व गर्छ भन्ने महसुस गर्न सकिरहेका छैनौँ । चेपाङ समुदायले खोजेको धर्म निरपेक्षताका कुरा, भाषिक स्वतन्त्रताका कुरा, हरेक तह र तप्कामा चेपाङ समुदायको समावेशी समानुपातिक सहभागिताका कुरा यो कुरा हामीले पाएका छैनौँ ।

चेपाङहरुको कोरिडोर छुट्याइएको छ । यसलाई विशेष संरक्षित क्षेत्र बनाएर अथवा कसरी सम्बोधन गर्न सकिन्छ ?

विशेष संरक्षित क्षेत्र दिए पनि, जसरी दिए पनि अब बन्ने राज्यले त्यसलाई समावेश गर्छ गर्दैन, त्यसलाई प्रतिनिधित्व गराउन सक्छ कि सक्दैन, कसरी गर्छ ? हामीलाई थाहा छैन । त्यो राज्यको बन्ने संरचनामा भर पर्छ । तर अहिलेको समय परिवेशमा हामीले समावेशी तहगत अनुसारको प्रतिनिधित्व हुनु पर्छ भने हामी जसरी सोचिरहेका थियौँ, त्यो हुन्छ जस्तो हामीलाई लागिराखेको छैन ।

 चेपाङ समुदायको मुख्य माग के हो भने, सक्छ भने राज्यले चेपाङ समुदायले वर्षभरि खान पुग्ने जमिन उपलब्ध गराओस् । यदि सक्दैन भने जुन चेपाङ खोरिया छ, जहाँ चेपाङ समुदाय बसोबास गरेको क्षेत्र छ, त्यसको लालपूर्जासम्म उपलब्ध गराओस् । पूर्जा नभएर कुनै बैंकिङ, ऋण लेनदेनको काम पनि गर्न सकिएको छैन । 

विशेष संरक्षित क्षेत्र हुनु आवश्यक छ कि छैन त ?

एकदम आवश्यक छ नि । यदि त्यसरी राखिएन भने हरेक क्षेत्रमा र तहमा उनीहरुको प्रतिनिधित्व हुनै सक्दैन । त्यो समुदायले पाउने अधिकारको कुरा, स्रोत साधनका कुरा, पहुँचका कुरामा प्रतिनिधित्व नहुने भएकाले यो विशेष संरक्षित क्षेत्र आवश्यक छ ।

चेपाङहरुको हकमा प्रजा विकास केन्द्रको नाममा निकै वर्षदेखि कार्यक्रम लागु भएको छ । अहिले खासगरी भूमि, वनसँग सम्बन्धित कुरा छ । त्यसमा जुन उहाँहरुको अग्राधिकारको कुरा छ, चेपाङ वस्तीमा कस्तो पाउनु भएको छ ?

चेपाङ समुदायको जुन बासस्थान छ, त्यहाँ खेतीयोग्य जमिन छैन । तै पनि चेपाङ समुदायहरु त्यो ठाउँमा बस्न बाध्य भएका छन् । चेपाङ समुदायको मुख्य माग के हो भने, सक्छ भने राज्यले चेपाङ समुदायले वर्षभरि खान पुग्ने जमिन उपलब्ध गराओस् । यदि सक्दैन भने जुन चेपाङ खोरिया छ, जहाँ चेपाङ समुदाय बसोबास गरेको क्षेत्र छ, त्यसको लालपूर्जासम्म उपलब्ध गराओस् । पूर्जा नभएर कुनै बैंकिङ, ऋण लेनदेनको काम पनि गर्न सकिएको छैन । चेपाङ बसोबास गर्ने भूगोलको जुन नामाकरण छ, चेपाङ भाषामै रहेको छ, त्यो क्षेत्र चेपाङको पुख्र्यौली थलो हो भनेर दाबी गर्छौँ ।

आरक्षणले चितवन क्षेत्रमा पिरोलेको छ । पहाडमा चाही कवुलियती वन, सामुदायिक वनले हस्तक्षेप गर्दै आइराखेको छ । किनकी चेपाङ समुदाय त्यै जंगलमै निर्भर छन् । त्यहाँको काठदाउरा, जडिबुटी, घाँस, कन्दमुल सबै त्यही जंगलबाट पाउँछन् ।  अहिले राज्यको नीतिले हस्तक्षेप गरेको छ  । खोरियाहरु फाँडेर बसेका छन्  करीब ९५ प्रतिशतले लालपूर्जा पाएका छैनन् ।

आरक्षणले चेपाङ बस्तीलाई पिरोलेको कुनै घटना छ ?

आरक्षणले चितवन क्षेत्रमा चाहिँ पिरोलेको छ । पहाडमा चाही कवुलियती वन, सामुदायिक वनले हस्तक्षेप गर्दै आइराखेको छ । त्यो कवुलियती वन र सामुदायिक वन विरुद्ध चेपाङ समुदाय  छ । किनकी चेपाङ समुदाय विहान बेलुका त्यै जंगलमै निर्भर छन् । त्यहाँको काठदाउरा, जडिबुटी, घाँस, कन्दमुल सबै त्यही जंगलबाट पाउँछन् । त्यो कुरालाई अहिले राज्यले ल्याएको नीतिले हस्तक्षेप गरेको छ,  विस्थापित गरेको अवस्था छ । खोरियाहरु फाँडेर बसेका छन् तर करीब ९५ प्रतिशतले लालपूर्जा पाएका छैनन् ।

यो विभिन्न ठाउँमा डेलिगेसनहरु जाँदाखेरि राउटेहरु पनि आए, मस्यौदा संविधानमा राउटेले वन निर्वाध रुपमा प्रयोग गर्न पाउनु प¥यो भनेर । नेपाल चेपाङ संघले केही दबाबको कार्यक्रम राख्यो त ?

हामीले धेरैपटक राखेका थियाँै । अहिलेको सरकारमा, राजनीतिक दलहरुसँग, अन्य राजनीतिक संवाद समितिसँग पनि धेरैपटक अन्तक्र्रिया पनि गरेका थियौँ । संस्थागत रुपमा त्यति वृहत कार्यक्रम भने गर्न सकिएन । कुरा चाहिँ राखेका छौँ । तर कुनै सुनुवाइ भएको छैन ।


                                                                               प्रस्तुतीः कृष्णराज सर्वहारी

प्रतिक्रिया