हायु समाजको अध्यक्षमा लक्षमण हायु दोहोरिए, भाषा संरक्ष्ँणमा जोड

Admin
Admin२५ जेठ २०८३, सोमवार
हायु समाजको अध्यक्षमा लक्षमण हायु दोहोरिए, भाषा संरक्ष्ँणमा जोड

आदिवासी जनजातिमा सूचिकृत लोपोन्मूख हायु जातिको जातीय संस्था हायु समाज नेपालको महाधिवेशनले लक्ष्मण हायुलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।


राजधानीमा आइतबार सम्पन्न महाधिवेशनले लक्ष्मणको अध्यक्षता नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन  गरेको हो ।  अध्यक्षमा पुनः निर्वाचित भए पछि लक्ष्मण हायुले  समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षणका लागि थप सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नू भएको छ । 


उहाँले हायु समुदायको भाषा, संस्कृति, पहिचान र अधिकार संरक्षणलाई संगठनको मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले  समुदायको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सबै पक्षबीच सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।


महाधिवेशनबाट उपाध्यक्षमा प्रकाश हायु, सचिवमा सुजन हायु तथा कोषाध्यक्षमा विमला हायुलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरूमा ललिता हायु, पुष्पा हायु राई, रमेश हायु, गणेश हायु, कुन्दन हायु, युँबहादुर हायु तथा अरुणा हायु राई चयन हुनुभएको छ ।


महाधिवेशनकै अवसरमा २०८३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका २५ जना हायु विद्यार्थीलाई सम्मान गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै आगामी दिनमा उच्च शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 
यसैगरी, हायु भाषाको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यले भाषा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया