आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ साउन २०७२, मङ्गलवार


 

काठमाडौं

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ (आइभिए अवार्ड) बाट पुरस्कृत हुनेको नाम  साउन १९ गते घोषणा गरेको छ ।

एशियामा आदिवासी जनजाति गठबन्धन (एआईपिपि) को सहयोगमा हरेक वर्ष विश्व आदिवासी दिवसको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष छापा, रेडियो तथा टेलिभिजनका गरी ६ जना पत्रकारहरुलाई फोनिजले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सुरेशकिरण मानन्धर र हिमाल खबरपत्रिकाका देविका घर्तीमगर, टेलिभिजनतर्फ एबीसी टिभीका लोकबहादुर गुरुङ÷लाला र सगरमाथा टिभीका रोजिना लामा तथा रेडियोबाट ईलाम एफएमबाट सन्तोष नेम्वाङ र रेडियो जागरण रुपन्देहीबाट कमला चौधरी पुरस्कृत भएका छन् । पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो ।

पुरस्कारका लागि छापामा ३३, रेडियोमा २९ र टेलिभिजनमा २० जनासहित ८४ जनाको आवेदन परेकोमा प्रत्येक विधामा दुई÷दुई जना पत्रकारको नाम छनौट गरेको फोनिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रत्येक विधामा ४०÷४० हजारको पुरस्कार संयुक्त रुपमा प्रदान गरिनेछ । विश्व आदिवासी दिवसका अवसरमा साउन २३ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ ।   

 

 

 

प्रतिक्रिया