आदिवासीहरु विरुद्ध भएको ऐतिहासिक उत्पीडनहरुप्रति क्षमा याचना गर्न सांसद तामाङको माग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ चैत २०८२, बुधवार
आदिवासीहरु विरुद्ध भएको ऐतिहासिक उत्पीडनहरुप्रति क्षमा याचना गर्न सांसद तामाङको माग

नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले राज्यको तर्फबाट आदिवासी लगायतका उत्पीडितहरुप्रति माफी माग्दै क्षमा याचनाको दिन घोषणा गर्न सरकारसंग माग गर्नु भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको सुन्य समयमा बोल्नु हुँदै उहाँले सो माग गर्नु भएको हो । 

सरकारले ल्याउन लागेको दलितसमुदायप्रति क्षमा माग्ने योजना ल्याएको कार्यक्रम प्रति सह्राहनीय व्यक्त गर्दै उहाँले आदिवासी जनजातिको सवालप्रति ध्यानआकर्षण गर्नु भएको छ । 

सांसद तामाङले गोर्खा राज्यले आदिवासीको स्वशासन र पुख्र्र्योली भूमि खोसेको, मातृभाषा निषेध गरेको र  आदिवासीको धर्म, संस्कृतिप्रति घृणाजारी राखेको उल्लेख गर्नु भयो । 

उहाँले राज्यले ‘मासिन्या मतवाली’ का रुपमा घोषणा गरेर मार्न मिल्ने, दास बनाउन पाइने जातीय कानुन ल्याएर आदिवासीको मानव भएर बाच्न पाउने अधिकार छिनेको विश्लेषण गर्नू भयो । 

संसदमा सांसद तामाङले ऐतिहासिक उत्पीडन र विभेदको भारीबाट अहिले पनि मुक्त हुन नसकेको स्मरण गर्दै आफु त्यही ‘मासिन्या मतवाली’को प्रतिनिधि रहेको टिप्पणी गर्नु भयो । 

उहाँले यो इतिहासको त्रुटी सच्याउन पनि क्षमा दिनको घोषणा गर्न संसद मार्फत सरकारलाई अपील गर्नु भएको छ । 

तामाङ नेपाल आदिवासी जनजाति महासंघको पूर्व महासचिव हुनुहुन्छ । उहाँ नेपाली कम्युनिष्ट पार्टीको समानुपातिकबाट सांसदमा निर्वाचित हुनु भएको हो । 

 

प्रतिक्रिया