जातीय कार्यलाई मार्गदर्शन बनाएको भन्दै तिव्वतमा ऐतिहासिक उपलव्धी हासिल गरेको चिनिया दावी 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ फागुन २०८२, बिहिवार
जातीय कार्यलाई मार्गदर्शन बनाएको भन्दै तिव्वतमा ऐतिहासिक उपलव्धी हासिल गरेको चिनिया दावी 

संवैधानिक निकाय आदिवासी जनजाति आयोग र चीनको राष्टिय जातीय मामिलाबीच समझदारी पत्र हस्तक्षर भएको एक बर्ष पुरा भएको अवसरमा राजधानीमा कार्यन्वयनको समीक्षा सहित छलफल सम्पन्न भएको छ । 

आयोगका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. कुमार इङ्नाम लगायत सरकारी पदाधिकारी तथा कुटनीतिक क्षेत्रका अगुवाहरुको सहभागिता थियो । 

सो कार्यक्रममा चिनिया दुतावासका तर्फबाट  प्रमुख कन्सुलर छिन क्विन्सीको सहभागिता थियो । 

कार्यक्रममा सम्बोधन गर्दै क्विन्सीले चीन र नेपाल बीच सम्पन्न द्विपक्षीय समझादरीले सहकार्यको नयाँ अध्याय सुरु भएको बिचार राख्नु भयो । उहाँले शिक्षा, संस्कृति आदानप्रदानका लागि सजिलो भएको पनि बताउनु भयो ।   

नेपालको बहुजातीय समाजको विशिष्ट सास्कृतिक सम्पदा बहुजातीय देशको प्रेरक र शक्तिको आधार रहेको चर्चा गर्दै आदिवासी जनजाति आयोग जनताको संघर्षबाट स्थापित भएकोमा नेपाली जनतामा बधाई  तथा शुभकामना पनि व्यक्त गर्नु भयो । 

चीनले पनि बहुलतालाई एकताको शुत्र बनाएको बताउनु हुँदै प्रमुख कन्सुलर क्विन्सीले चिनिया कम्युनिष्ट पार्टीले जातीय कार्यलाई मार्गदर्शन बनाएको र चीनका अल्पसंख्यक र विशेष गरी तिव्वतमा ऐतिहासिक उपलव्धी हासिल गरेको  दावी गर्नू भयो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. कुमार इङ्नामले चीन र नेपाल बीचको सम्बन्ध अतुलनीय रहेको टिप्पणी गर्दै चीनको जातीय विकास र आर्थिक उन्नतिको प्रशंसा गर्नू भयो । 

आयोगका अध्यक्ष राम बहादुर थापा मगरले नेपालको आदिवासी जनजाति आयोग बीच भएको समझदारी जनस्तरसम्म सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो । 

गत बर्ष २६ फेब्रुअरीमा आदिवासी जनजाति आयोग र चीनको राष्ट्रिय जातीय मामिलाबीच द्विपक्षीय समझदारी सम्पन्न गरेको थियो । 

आदिवासी आयोगका सदस्य डा. मिन श्रीशका अनुसार सो समझदारी पत्रमा पर्यटान, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने उल्लेख  छ । 

प्रतिक्रिया