आदिवासी परम्परा र संस्कृतिलाई राष्ट्रिय संस्कृति नवनाइएकोमा सोधकर्ताहरुको अनुसन्धान निश्कर्ष, ज्ञान सम्म्मेलनमा ६६ कार्यपत्र प्रस्तुत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ माघ २०८२, बुधवार
आदिवासी परम्परा र संस्कृतिलाई राष्ट्रिय संस्कृति नवनाइएकोमा सोधकर्ताहरुको अनुसन्धान निश्कर्ष, ज्ञान सम्म्मेलनमा ६६ कार्यपत्र प्रस्तुत

आदिवासी जनजाति उत्थान राष्ट्रिय  प्रतिष्ठानले आयोजना गरेको तिन दिवशीय ज्ञान सम्मेलनमा १५ वटा विषयक क्षेत्रमा ६७ जनाले कार्यपत्र एक साथ प्रस्तुत गरेका छन् । 

‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण र भविष्यको निर्माण’भन्ने मूल नाराका साथ आयोजना गरिएको ज्ञान सम्मेलन प्रतिष्ठान स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत महोत्सवका रुपमा आयोजना गरिएको थियो । 

आदिवासी जनजाति सम्बन्धी काम गर्ने सरकारी निकाय प्रतिष्ठानले पहिलो पटक यस प्रकारको सम्मेलन आयोजना गरेको हो । 

सम्मेलन आयोजनाका लागि गठन भएको निर्देशक समितिका संयोजक समाजशास्त्री डा। गणेश गुरुङका अनुसार आदिवासी जनजातिमा निहित रहेको परम्परागत ज्ञान, सीप, अभ्यास तथा जीवन दर्शनको पहिचान, दस्तावेजीकरण, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि यो सम्मेलनको आयोजना भएको हो । 

सम्मेलनमा जलवायु परिवर्तन र आदिवासी ज्ञान सम्बन्धी चार जनाले आफनो कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । सम्मेलनमा सुशिला थापा, डा।ऋषिराम अधिकारी, विवेक गौतम र शुभकर्ण राईले कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । 

यसै गरी आदिवासी सिनेमा, लोकगाथा, र सौन्दर्यशास्त्रका बिषयमा युवराज मास्की, प्रबिण पुमा र डा। मीन श्रीशले प्रस्तुति राख्नु भएको थियो । 

आदिवासी महलिाको अवस्था र अनुभव बारे मायाुलु तामाङ, हेमा राई र डा. विष्णु कुमार सिंङ्जालीको प्रस्तुति थियो ।

आदिवासी महिला  र परम्परा बारे पाँच जनाले आदिवासी सिकाइ र शिक्षाका चुनौति बारे र परम्परागत संस्था र स्वशासन पद्धतिबारे पाँच पाँचजनाले बोल्नु भएको थियो ।  

आदिवासी महिला  र परम्परा बारे आफनो प्रस्तुति राख्दै सरिता राई र इन्दू थारु, भोला भट्टराइ, अकिना सिंह सुवाल, रुथ गुरुङ अगाडि आउनु भयो  । 

यस पछिको सत्रमा आदिवासी सिकाइ र शिक्षाका चुनौति बारे किशोर गुरुङ,  निर्मल चोङवाङ, कौशिला राई, दावा लामा र किरण बरामले आफनो अध्ययन राख्नु भयो । 

सोही सत्रमा दीपेन्द्र लामाले मनाङको अवस्था र परम्पराबारे बोल्नु भयो । यस पछि अष्टकुमार श्रेष्ठ, काली बहादुर साम्यु लिम्बु, र विपीन शेरचनले परम्परागत संस्था र स्वशासन पद्धतिबारे भनाइहरु साझा गर्नु भयो । 

कार्यक्रममा काठमाडौ  विश्वबिद्यालयका तर्फबाट लिना गुरुङ, माया मङ्राती र इन्द्रमणि राईको याम्फु समुदायमा प्रचलित खाद्य सन्चय परम्पराबारे अनुसन्धानको निचोड राख्नु भएको थियो । 
सोही सत्रमा डा। कमल थापाले निकुञ्जको प्रतिबन्ध पछि आदिवासीको प्रथाजन्य अभ्यासका बारे आफनो अध्ययन प्रस्तुत गर्नू भयो भन ेलक्ष्मी गुरुङ, अन्जली लिम्बु लावती, स्मृति लिम्बु र टेक बहादुर घर्तीले कृषि ज्ञानका बारे आफनो प्रस्तुतिहरु राख्नु भएको थियो ।

आदिवासीको मातृभाषा बारे पनि कार्यक्रममा बृहद् बहस भएको थियो । मातृभाषा अन्तर्गत अनिता श्रेष्ठले दोलखामा प्रचलित नेवारी भाषा, धनमान गुरुङले प्रचलित खेमा लिपी, किशोर शेर्पाले शेर्पा भाषा र कुसुम श्रेष्ठले याक्खा भाषाका बारे अनुसन्धानहरु राख्नु भएको थियो । 

विकासले पारेका भेदभावका बारे विश्वास चेपाङ, अच्युत तिवारी, निरज लुवाजु, र निष्णु थिङले बोल्नु भएको थियो । 

यसै गरी खिम घले, याम बहादुर थापा मगरर बेचैन उराउले आदिवासी संस्कारमा प्रतिरोध र सामुहिकता बिषयमा बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत गर्नू भयो । 

आदिवासी अनुसन्धान सम्बन्धी डा। टेकबहादुर गुरुङ, राउटे सम्बन्धी साँस्कृतिक नीति बारे डा। लालबहादुर पुन तथा  सुनिल मल्ल र दीपकराज राई आदिवासी अनुसन्धानका बारे संक्षिप्त प्रस्तुति सुनाउनु भएको थियो । 

आदिवासी ज्ञान विज्ञान र विश्व दृष्टिकोणका विषयमा निता गुरुङ, विएम योङ्या, गणेश राई, जिनेश सिन्धुरकार, आरके तामाङ र टेक लावतीको प्रस्तुति थियो । 
आदिवासी इतिहास, र सम्पदाका बिषयमा प्राडा। प्रेम खत्री, आरधना राई, विष्णु घर्ती, चनबहादुर भट्टचन, दिपेन्द्र श्रेष्ठ र सर्मिला महर्जनले बोल्नु भएको थियो । 

आदिवासीको उपचार विधिबारे कृष्ण योगीले जोगीको फेरि परम्पराबारे अनुसन्धान पेपर प्रस्तुत गर्नू भयो । कार्यक्रममा हित थापा, मुहान ढुंगाना, परशु बिराट राई र राज्इ लक्ष्मी गुरुङको धामी परम्परा बारे प्रस्तुति थियो । 

आदिवासी जनजातिको अधिकारबारे जैलव राई, कुमार यात्रु, प्रेम एक्तेन र इन्दिरा श्रीशले आफनो प्रस्तुति राख्नु भयो । राइले मुन्दुममा खोला संरक्षणको अभ्यासबारे, यात्रुले प्राकृतिक स्रोतबाट उठ्ने 

रोयल्टीमा आदिवासीको अधिकार सम्बन्धी, प्रेम एक्तेनले संंस्था दर्ता प्रक्रिया र श्रीशले वनकरियाहरुको भूमि दावीबारे प्रस्तुति राख्नु भयो । 

सम्मेलन पछि आयोजित कार्यक्रममा संयोजक गुरुङले इीतहासमा नै पहिलो पटक बृहद् ज्ञान सम्मेलन आयोजना गरिएको जानकारी दिनु भयो । 

 

 

प्रतिक्रिया