आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको तिन दिवशीय ज्ञान सम्मेलनमा १५ वटा विषयक क्षेत्रमा ६७ जनाले कार्यपत्र एक साथ प्रस्तुत गरेका छन् ।
‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण र भविष्यको निर्माण’भन्ने मूल नाराका साथ आयोजना गरिएको ज्ञान सम्मेलन प्रतिष्ठान स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत महोत्सवका रुपमा आयोजना गरिएको थियो ।
आदिवासी जनजाति सम्बन्धी काम गर्ने सरकारी निकाय प्रतिष्ठानले पहिलो पटक यस प्रकारको सम्मेलन आयोजना गरेको हो ।
सम्मेलन आयोजनाका लागि गठन भएको निर्देशक समितिका संयोजक समाजशास्त्री डा। गणेश गुरुङका अनुसार आदिवासी जनजातिमा निहित रहेको परम्परागत ज्ञान, सीप, अभ्यास तथा जीवन दर्शनको पहिचान, दस्तावेजीकरण, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि यो सम्मेलनको आयोजना भएको हो ।
सम्मेलनमा जलवायु परिवर्तन र आदिवासी ज्ञान सम्बन्धी चार जनाले आफनो कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । सम्मेलनमा सुशिला थापा, डा।ऋषिराम अधिकारी, विवेक गौतम र शुभकर्ण राईले कार्यपत्र प्रस्तुत गर्नू भएको थियो ।
यसै गरी आदिवासी सिनेमा, लोकगाथा, र सौन्दर्यशास्त्रका बिषयमा युवराज मास्की, प्रबिण पुमा र डा। मीन श्रीशले प्रस्तुति राख्नु भएको थियो ।
आदिवासी महलिाको अवस्था र अनुभव बारे मायाुलु तामाङ, हेमा राई र डा. विष्णु कुमार सिंङ्जालीको प्रस्तुति थियो ।
आदिवासी महिला र परम्परा बारे पाँच जनाले आदिवासी सिकाइ र शिक्षाका चुनौति बारे र परम्परागत संस्था र स्वशासन पद्धतिबारे पाँच पाँचजनाले बोल्नु भएको थियो ।
आदिवासी महिला र परम्परा बारे आफनो प्रस्तुति राख्दै सरिता राई र इन्दू थारु, भोला भट्टराइ, अकिना सिंह सुवाल, रुथ गुरुङ अगाडि आउनु भयो ।
यस पछिको सत्रमा आदिवासी सिकाइ र शिक्षाका चुनौति बारे किशोर गुरुङ, निर्मल चोङवाङ, कौशिला राई, दावा लामा र किरण बरामले आफनो अध्ययन राख्नु भयो ।
सोही सत्रमा दीपेन्द्र लामाले मनाङको अवस्था र परम्पराबारे बोल्नु भयो । यस पछि अष्टकुमार श्रेष्ठ, काली बहादुर साम्यु लिम्बु, र विपीन शेरचनले परम्परागत संस्था र स्वशासन पद्धतिबारे भनाइहरु साझा गर्नु भयो ।
कार्यक्रममा काठमाडौ विश्वबिद्यालयका तर्फबाट लिना गुरुङ, माया मङ्राती र इन्द्रमणि राईको याम्फु समुदायमा प्रचलित खाद्य सन्चय परम्पराबारे अनुसन्धानको निचोड राख्नु भएको थियो ।
सोही सत्रमा डा। कमल थापाले निकुञ्जको प्रतिबन्ध पछि आदिवासीको प्रथाजन्य अभ्यासका बारे आफनो अध्ययन प्रस्तुत गर्नू भयो भन ेलक्ष्मी गुरुङ, अन्जली लिम्बु लावती, स्मृति लिम्बु र टेक बहादुर घर्तीले कृषि ज्ञानका बारे आफनो प्रस्तुतिहरु राख्नु भएको थियो ।
आदिवासीको मातृभाषा बारे पनि कार्यक्रममा बृहद् बहस भएको थियो । मातृभाषा अन्तर्गत अनिता श्रेष्ठले दोलखामा प्रचलित नेवारी भाषा, धनमान गुरुङले प्रचलित खेमा लिपी, किशोर शेर्पाले शेर्पा भाषा र कुसुम श्रेष्ठले याक्खा भाषाका बारे अनुसन्धानहरु राख्नु भएको थियो ।
विकासले पारेका भेदभावका बारे विश्वास चेपाङ, अच्युत तिवारी, निरज लुवाजु, र निष्णु थिङले बोल्नु भएको थियो ।
यसै गरी खिम घले, याम बहादुर थापा मगरर बेचैन उराउले आदिवासी संस्कारमा प्रतिरोध र सामुहिकता बिषयमा बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत गर्नू भयो ।
आदिवासी अनुसन्धान सम्बन्धी डा। टेकबहादुर गुरुङ, राउटे सम्बन्धी साँस्कृतिक नीति बारे डा। लालबहादुर पुन तथा सुनिल मल्ल र दीपकराज राई आदिवासी अनुसन्धानका बारे संक्षिप्त प्रस्तुति सुनाउनु भएको थियो ।
आदिवासी ज्ञान विज्ञान र विश्व दृष्टिकोणका विषयमा निता गुरुङ, विएम योङ्या, गणेश राई, जिनेश सिन्धुरकार, आरके तामाङ र टेक लावतीको प्रस्तुति थियो ।
आदिवासी इतिहास, र सम्पदाका बिषयमा प्राडा। प्रेम खत्री, आरधना राई, विष्णु घर्ती, चनबहादुर भट्टचन, दिपेन्द्र श्रेष्ठ र सर्मिला महर्जनले बोल्नु भएको थियो ।
आदिवासीको उपचार विधिबारे कृष्ण योगीले जोगीको फेरि परम्पराबारे अनुसन्धान पेपर प्रस्तुत गर्नू भयो । कार्यक्रममा हित थापा, मुहान ढुंगाना, परशु बिराट राई र राज्इ लक्ष्मी गुरुङको धामी परम्परा बारे प्रस्तुति थियो ।
आदिवासी जनजातिको अधिकारबारे जैलव राई, कुमार यात्रु, प्रेम एक्तेन र इन्दिरा श्रीशले आफनो प्रस्तुति राख्नु भयो । राइले मुन्दुममा खोला संरक्षणको अभ्यासबारे, यात्रुले प्राकृतिक स्रोतबाट उठ्ने
रोयल्टीमा आदिवासीको अधिकार सम्बन्धी, प्रेम एक्तेनले संंस्था दर्ता प्रक्रिया र श्रीशले वनकरियाहरुको भूमि दावीबारे प्रस्तुति राख्नु भयो ।
सम्मेलन पछि आयोजित कार्यक्रममा संयोजक गुरुङले इीतहासमा नै पहिलो पटक बृहद् ज्ञान सम्मेलन आयोजना गरिएको जानकारी दिनु भयो ।








