प्रकृति–कुलपित्र–चेली पूजाको साँस्कृतिक राष्ट्रिय पर्वका रुपमा माघे सकराती मनाइदै, काठमाडौको टुडिखेलमा विशेष कार्यक्रम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ पुष २०८२, सोमवार
प्रकृति–कुलपित्र–चेली पूजाको साँस्कृतिक राष्ट्रिय पर्वका रुपमा माघे सकराती मनाइदै, काठमाडौको टुडिखेलमा विशेष कार्यक्रम

नेपाल मगर संघ केन्द्रिय समिति तथा विभिन्न मगरजन्य संघसंस्थाहरुको आयोजनामा  काठमाडांैको टुडिखेलमा २ दिने माघेसकराती मेलाको आयोजना गरिएको नेपाल मगर संघले एक पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । काठमाडौको टुडिखेलमा पुष ३० र माघ १ गते भव्य कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

मगर माघे सकराती शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको  प्रधानमन्त्री शुशिला कार्कीले समुद्घाटन गर्नुहुने पत्रकार सम्मेलन मार्फत नेपाल मगर संघ  केन्द्रिय समितिका महासचिव टेक नाम्जाली मगरले जानकारी दिनुभएको छ । 

नेपाल तथा विश्वभरि छरिएर रहेका मगर समुदायले चेली, पितृ तथा प्रकृति पुजेर साथै पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यस पर्वलाई मनाउने गर्दछन् ।

मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघे सकराती–२०८२ लाई मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघे सकराती–२०८२ को अवसरमा “मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔैं, गरौं मगर हुनुमा गर्व ।

प्रकृति–कुलपित्र–चेली पूजाको मूल साँस्कृतिक चाडको रुपमा मनाऔं माघे सकराती पर्व ।।” भन्ने मूलनाराका साथ मगर जातिका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचिमा सुचिकृत गराउँदै विश्वव्यापी गराउने उद्देश्यले २ दिने मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको आयोजना गर्न लागिएको  नेपाल मगर संघका अध्यक्ष साथै मुल आयोजक समितिका संयोजक ज्ञानेन्द्र पुन मगरले जानकारी दिनु भएको छ । 

कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी साथैतारो हान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र भलिबल प्रतियोगिता पनि आयोजना गरिने भएको छ । 

२०८२ पौष ३० गते, टुडिखेल काठमाडौंमा बिहान १० बजे देखिमौलिक मगर साँस्कृतिक प्रस्तुतिहरु राख्ने कार्यक्रम रहने छन् । जसमा मगर मौलिक सांस्कृतिक प्रस्तुतिहरु मगर कौराहा, मगर फाङ्क नाँच, मगरभुमे, मगरधाँसी संस्कृति, मगर स्याम्बो,  मगर डिग्रे, मगर हुर्रा, मगर थाली नाँच, मगर सिमला बारुला, मगरयानीमाया, मगर सालैज्यो जस्ता प्रस्तुतिहरु साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको आकर्षक सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिने भएको छ । 

त्यस्तै माघ १ गते, मुख्य समारोह हुनु भन्दा अगाडि विहान १० बजे भृकुटी मण्डपबाट मौलिक झाँकी सहितको र्र्यालीनिकालिने जनाइएको छ । 

माघे सकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धूरी धूरी खाँबोमा पूजा गर्ने गरिन्छ । यस दिन छोरी चेलीहरुलाई माईती दाजुभाईहरुले पूजा गर्ने चलन रहेको छ । 

चामलको सेतो टिका र जौं पातीको फुल लगाई दक्षिणा अनि आर्शिवाद समेत दिने चलन रहेको छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने समेत गरिने गरिन्छ । 

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, तिर अर्थात तारा खेल्ने आदि समेत गरिन्छ । साँस्कृतिक हिसाबले यस चाडदेखि कौराडा नाँचको सुरुवात गर्ने र चर्को आवाज निकाल्ने मादल, बाजाहरु बन्द गर्ने गरिन्छ । 

माघेसकरातीको  दिनदेखि वेशीबाट लेकतिर बसाई सर्ने भएकोले यस पर्वलाई उभौली पनि भन्ने गरिन्छ । साँस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने माघे सकराती पर्व मगर जातिको प्रमुख साँस्कृतिक चाड भएको र जसलाई नेपाल सरकारबाट समेत २०६५ सालमा मगर समुदाय साथै थारुहरुको समेत प्रमुख राष्ट्रिय चाड भनेर घोषणा गरेको थियो ।

मगर संघसंस्थाहरुले माघेसकरातीलाई आफ्नो राष्ट्रिय पर्वको रुपमा हरेक बर्ष देश तथा विदेशमा विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरेर मनाउदै गर्दा यस पर्वले झनै झाङ्गीने र फैलने अवसर पाएको छ । साथै मगर जाति मात्रै नभएर थारु साथै अन्य सबै नेपालीहरुले समेत यस पर्वलाई विशेष रुपमा मनाउँदै गएको पाईन्छ । 

नेपाल मगर संघले देशमा रहेका सबै भाषिक, साँस्कृतिक तथा सामाजिक विविधताको संरक्षण–संबद्र्धन गर्दै पुस्तान्तरण हुदै देश समृद्ध बनोस भन्ने तर्फ नेपाल सरकार र राजनैतिक पार्टीहरुको ध्यानाकर्षण होस भन्ने कामना समेत विज्ञप्ति मार्फत गरेको छ । 

साथै मगर समुदायको प्रमुख साँस्कृतिक पर्व मगर माघेसकराती २०८२ लाई हरेक मगर घर आगन, टोल, गाउँबस्ती, जिल्ला, प्रदेश, प्रवास सबै तह र तप्कामा प्रमुख पर्वको रुपमा मनाउनुहुन समेत सबै समुदायमा नेपाल मगर संघले हार्दिक अपिल समेत गरिएको छ । 


 

प्रतिक्रिया