नेकपा (माओवादी केन्द्र) पाँचपोखरी थाङ्पाल पालिका कमिटीले ईन्द्रावति तेस्रो नेसनल हाईड्रो पावरलाई ज्ञापनपत्र बुझाएको छ । बिहिबार ७ बुदे विभिन्न मागहरु सहित ज्ञापनपत्र बुझाएको कमिटिका अध्यक्ष दिल बहादुर वाइबाले बताउनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिका भित्र रहेको ईन्द्रवति तेस्रो नेसनल हाईड्रो पावर क. लि. को लापरवाहीको कारण प्रत्यक बर्ष पालिका भित्रको जनताले ठुलो क्षति ब्योहोर्नु परिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा उल्लेख ७ बुँदे माग तत्काल कार्यान्वयनका लागि अग्रह गरेको छ । सम्झौत कार्यान्वयनको लागी विहिबार १४ गते बाट ७ दिन भित्र पहाल सहितको जवाफ दिईयोस भनि यो ज्ञापन पत्र बुझाईएका छौ पत्रका लेखिएको छ । ७ दिनभित्र जवाफ नआए पालिकाको सम्पुर्ण जनता आनदोलन गर्न बाध्य हुने र उक्त आन्दोलनबाट पुगेको क्षतिको जिम्मेवार स्वयम कम्पनि आफै हुने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा उल्लेख ७ बुँदे मागहरु
१. नेसनल हाईड्रो पावर क. लि. को ड्यामको हाईट पहिलाको इआईए नुसार हुन पर्नेमा पछि ३ मि. थपिएको हुदा सो हाईटले नदिको सतहा बढाएको र सो क्षेत्रको कटान बढेकोले तिपेनि हस्पिल लगाएत त्यहाको बस्ति र खेतियोग्य जमिनमा ठुलो क्षति पुगेको हुदा तत्काल ड्यामको हाईट ३ मि. घटाउनु पर्ने
२. ईन्द्रावति नदिको बाढीले क्षति पुगेको ड्याम साईड, तरुन धारा र उत्तिस घारी खण्ड सडक तत्काल मर्मत गर्नुपर्ने ।
३. नेसनल हाईड्रो पावर क. लि. को कारण ईन्द्रावति नदिले क्षति पुगेको खेतीयोग्य जमिनहरुको किसानलाई क्षतिपुर्ति दिनुपर्ने ।
४. ईन्द्रावति नदिको दाया बाँया खेतियोग्य जमिन तथा बस्ति संरक्षणको लागी चिन्टे देखि खस्रेबालुवा सम्मा च्ऋऋ वाल लगाउनु पर्ने ।
५. नेसनल हाईड्रो पावर क. लि. को कारण क्षति भएको झोलुङ्गे पुलहरु निर्माण गर्नुपर्ने ।
६. नेसनल हाईड्रो पावर क. लि. को ड्यामको कारण जम्म भएको ढुंगा र बालुवा तत्काल निकालि नदिलाई पुरानै धारमा ल्याउन पर्ने ।
७. अनावस्यक ब्लास्टीङ पड्काएर सो ब्लास्टिङको कम्पनले जमिनमा असर गरी १ नम्बर वडाको भुभागमा पहिरो गई खेति योग्य जमिनमा क्षति पुगेको र सो पहिरोले पालिकाको एक मात्र तिपेनि हस्पिलमा क्षति पुग्ने भएको हुँदा तत्काल संरक्षण गरी पहिरोले क्षति पुगेको जमिनको क्षतिपुर्ति दिनु पर्ने ।