शेर्पाहरुको जातिय संस्था नेपाल शेर्पा संघको महाधिवेशन जेष्ठमा गर्ने घोषणा गरेको छ । संघको सातौँ एतिहासिक महाधिवेशन यहि जेष्ठ २३ र २४ गते आयोजना गने घोषणा गरेको हो ।
सोलुखुम्बुको सल्लेरी सोलुदुधकुण्ड नगरपालिकामा बसेको बैठकले महाधिवेशन राजधानी काठमाडौँमा गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकले संघको महाधिवेशन हुनुअगि वडा र गाउँपालिकामा रहेका संघको अधिवेशन वैशाखको १५ गतेभित्र गर्न भनेको छ भने जिल्ला अधिवेशन वैशाख २५ गतेभित्र गर्नु भनेको छ ।
नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पाको अध्यक्षतामा भएको बैठकले सातौ महाधिवेशनले शेर्पालुङ सभा घोषणा गर्ने समेत बताएको छ ।