ताप्लेजुङस्थित मुक्कुम्लुङ् अर्थात पाथिभारामा चलिरहेको आन्दोलनका क्रममा सञ्चारकर्मीहरुलाई कुटपिट गरेको भन्दै विरोध जनाएको छ । मुक्कुम्लुङमा चलिरहेको आन्दोलनका क्रममा समाचार सम्प्रेषण तथा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि कुटपिटसँगै अपहरण गरि क्यामेरा समेत खोसिएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
शुक्रबार रिपोर्टर कल्बमा एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त झडपमा महाकुलुङ मिडिया प्रालिका रिपोर्टर रेगन राईको क्यामेरा खोसिएर कुटपिट गरेको छ भने गोल्डेन टिभिका संचालक अनुप योङ्हाङलाई अपहरण गरिएको जानकारी दिनुभयो । निर्माणाधिन केबलकारका ठेकेदार इन्द्र केदेम लगायतको समुहले काफ्लेपाटीमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि एक्कासी आक्रमण गरि क्यामेरा खोसेका पत्रकार सम्मेलनमा जनाएको छ ।
पत्रकार सम्मेलनमा अजय अलङ्कार कुलुङले सुरक्षाकर्मीले पहिचान माग्नेहरुमाथि अनावश्यक बल प्रयोग गरेको र पत्रकारलाई समेत निसाना बनाएको गुनासो गर्नुभयो ।
सोही अवसरमा पहिचानवादी नेता यासेली योङहाङले पत्रकार र संघर्षरत पक्षमाथि गरिएको सुरक्षाकर्मीको बल प्रयोगले पञ्चायतकालीन घटनाको स्मरण गराएको बताउनुभयो।
अधिवक्ता विनोदमणि भट्टराईले समाचार संकलन गर्न गएका पत्रकारमाथि समेत कुटपिट गर्नु दुःखद भएको बताउनुहुँदै मुकुम्लुङ क्षेत्रको पहिचान जोगाउन त्यहाँको स्थानीयहरु लागे पनि व्यापारीक समूहले पहिचान खोस्ने प्रयास गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा कुश्लब केसी, नेत्र परियार, लवन न्यौपाने लगायतले पहिचानवादी पक्षसँग सरकारले संवेदनशील भएर वार्ता गरी समस्या समाधान गर्न सुझाव दिनुभयो ।
महाकुलुङ मिडिया प्रा.लिले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै केबलकार पक्ष र नो केबलकारबिच झडप हुँदा सञ्चारकर्मीमाथि कुटपिट गरेकोमा निन्दा व्यक्त गरेको छ भने छानबिन गरि कडाकारवाहीको माग गरेको छ ।
फागुन ६ देखि ८ गतेसम्म मुक्कुम्लुङ शान्ती पदयात्राको आयोजना गर्दै नो केबलकार पक्ष अहिले ताप्लेजुङ स्थित पबित्र तिर्थस्थल मुक्कुम्लुङ क्षेत्रमा केन्द्रित भएका छन । विभिन्न राजनितीक दलका शिर्ष नेताहरु, बुद्विजिवी,सामाजिक अभियन्ताहरु केबलकारको बिरोध गर्दै पदयात्रामा सामेल भएका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको उपस्तिथिमा फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मुक्कुम्लुङ मन्दिरसम्म केबलकार विरोधी पदयात्रा गरेको छन् । पदयात्रामा करिब ३०० बढीको सहभागीता रहेको छ ।